LATEST ARTICLES

परम्परागत रहेको टपरी बनाउने बिधि आधुनिक प्रविधिको प्रयोग

0

दयाराज न्यौपाने
पाल्पा फागुन ४ ÷ बगनासकाली गाउँपालिका ६ यम्घा ठुलापोखरामा मेसिनबाट सालको पातको टपरी बनाउने ५ दिने तालिम सम्पन भएको छ । घरेलु तथा साना उद्योग कार्यालयको आयोजना, जिल्ला समन्वय समिति र स्मार्ट नेपालको समन्वयमा भएको तालिम समापन समारोहलाई संबोधन गर्दै जिल्ला समन्वय समिति पाल्पाका प्रमुख दयाराज बस्यालले परम्परागतरुपमा रहेको टपरी बनाउने बिधि आधुनिक प्रविधिको प्रयोगले समयको सदुपयोग सगै आर्यआर्जनमा टेवा पुग्ने भन्दै प्रबिधिको सहि काममा उच्चतम प्रयोग हुनु आवस्यक रहने कुरामा जोड दिनु भएको थियो ।
कार्यक्रमका बिशिष्ट अतिथी जिल्ला समन्वय समितीका उप प्रमुख मिरा मरासीनीले तालिमले सिप ,आर्थिक अवस्था र महिलाहरुको अवस्थामा सुधारले समाजलाई सकारात्मक प्रभाव पार्ने बताउनु भएको थियो ।
नेपाल सरकारले रोजगारी सृजना गर्ने उदेश्य र स्थानिय कच्चा प्रदार्थमा आधारीत भएकोले पनी र मागको आधारमा घरेलु तथा साना उद्योग कार्यालय पाल्पाबाट मेशिन उपलब्ध गराईएको घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका प्रमुख बालकृष्ण गैरेले बताउनु भयो । सालको पातलाई लाफा बनाई घाममा सुकाई ओईलाई मेशिनको डाईको सहयोगले टपरी र दुना बनाउन सकिने र एक ठाउँबाट बिक्री गरी लैजान सहज हुने आकार भएको र पलाष्टीक जन्य बस्तुको प्रयोगलाई समेत न्युन गर्ने सकिने भएकाले पनी महिलाहरुको सक्रियता र मेशिनको माघ बढेको कार्यलय प्रमुख बालकृष्ण गैरेको भनाई थियो ।
२६ जना महिलाहरुको सहभागी रहेको आधुनिक मेशीनबाट टपरी बनाउने तालिम समापन कार्यक्रममा वडा सदस्य सीतादेवी पाण्डे,सहभागी सीता देवी बस्याल,पत्रकार दयाराज न्यौपाने स्मार्ट नेपालका सचिव एन्जिना खनाल ,उधम बिकास सहजकर्ता मनोज घिमिरे लगाएतले बोल्दै खेर गइरहेको पातबाट महिलाहरुले टपरी बनाएर आय आर्जन गर्न सक्ने बताउनु भयो । दुना टपरी बनाउने तालिम प्रशिक्षक दिलकुमारी थापाले सहजीकरण गर्नु भएको थियो ।

टिप्परको ठक्करबाट बालिकाको मृत्यु

0

पाल्पा, फागुन ५
निस्दी गाउँपालिका–७, पाल्पामा टिप्परको ठक्करबाट ५ वर्षिय बालिकाको मृत्यु भएको छ । रा १ ख १५११ नम्बरको ट्रिपरको ठक्करबाट अन्दाजी ९ वर्षिय ममिता सारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
होङसी शिवम् सीमेन्ट उद्योगका लागि चुनढुङ्गा लिएर जाँदै गरेको ट्रिपरको ठक्करबाट विद्यालय जाँदै गरेकी बालिकाको ज्यान गएको हो । निस्दी गाउँपालिका–७, ज्यामिरेको लामेटारका ठक्कर दिने टिप्परका चालकलाई नियन्त्रणमा लिएको पाल्पाका प्रहरी उपरीक्षक विश्वमणी पोखरेलले बताए । स्थानीयले बालिकाको शव बाटोमै राखेर प्रदर्शन गरिरहेका कारण उद्योग खानी जाने बाटो पूर्ण रुपमा बन्द भएको छ ।
स्थानीयको अवरोधपछि बन्द रहेको होङसी सीमेन्ट उद्योगको खानी शनिबार बेलुकादेखीमात्र सञ्चालनमा आएको थियो । स्थानीयको समस्या कम्पनीले नबुझेको भन्दै निस्दी गाउँपालिका–७, ज्यामिरेका स्थानीयले फागुन १ गतेदेखी टिप्पर सञ्चालनमा रोक लगाएका थिए । शनिबार स्थानीयको मागहरु पुरा गर्न कम्पनी तयार रहेको प्रतिवद्धतापछि कार्यदल बनाई अवरोध खुलेको थियो । पूनः खानीबाट चुनढुङ्गा ओसार्ने काम बन्द हुँदा सीमेन्ट उद्योग समेत प्रभावित बन्न पुगेको छ ।

क्यान मेलाको दोस्रो दिन दर्शकको उपस्थिति उत्साहजनक

0

बुटवल, फागुन ५

कम्प्युटर एशोसियसन नेपाल महासंघ(क्यान) रुपन्देहीको आयोजानमा स्टार्टअप वाईटेक क्यान ईन्फोटेक सूचना प्रविधिसम्बन्धी प्रर्दशनी बुटवलमा जारी छ ।   शुक्रबार बाट सुरु भएको क्यान मेलाको शनिवार उल्लेखनिय मात्रामा दर्शहरुले अवलोकन गरेका छन् ।

शनिवार विदाको दिन भएको कारणले पनि दर्शकहरुले उल्लेखनिय मात्रामा मेलाको अवलोन गरेका  आयोजकले जनाएका छन् । शनिवार प्रदेश नम्बर ५ का सभामुखि पुर्ण बहादुर घर्ती मगरले क्यान ईन्फोटेको अवलोकन गरेका छन् ।

मेला स्थलमा पुगेर उनले सम्पूर्ण स्टलहरुको अवलोकन गर्नुको साथै  विज्ञान प्रविधिका नयाँ कुरामा विशेष चासो  देखाएका थिए ।  ईन्फोटेमा शनिवार टोल बिकास सस्था का अध्यक्ष हरुलाई “समाज सेवा मा सुचना प्रबिधि को प्रयोग “ प्रयोग र “  विद्युततीय  सक्षरता’ बिषयमा अभीमुखिकरण तालिम  समेत प्रदान गरिएको छ । शनिवारको दिन सास्कृतीक कार्यक्रमले समेत दर्शकको मन जित्न सफल भएको थियो । क्यान महासंघ रुपन्देहीका सह सचिव सुरेश चन्द्र भट्राईका अनुसार नेपाल आईडलका उत्कृष्ठ प्रतिपष्र्धी कलाकार  प्रताप दास, लोक दोहोरी गायिका शिलु भट्राई  लगायतले विशेष प्रस्तुती देखाएका थिए ।

इन्फोटेकमा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन, मोबाइल एसेसरिज, डिलर र डिस्ट्रिब्यूर्टस, टेलिकम्युनिकेसन, आइएसपी, सफ्टवेयर सोलुसन्स लगायतका एक सय बढी स्टल रहेको क्यान रुपन्देहीका अध्यक्ष नारायण श्रेष्ठले जानकारी दिए ।

सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ र व्यवसायीहरुको छाता संगठन कम्प्युटर एसोसिएसन नेपाल(क्यान) महासंघको शाखा रुपन्देहीले आठौं क्यान इन्फोटेक २०१९ बुटवलमा आयोजना गरेको हो । सन् १९९२ मा स्थापना भएको क्यान महासंघले स्थापनाको तिन वर्षपछि सन् १९९५ देखि काठमाण्डौंमा आयोजना गर्दै आएको क्यान इन्फोटेकलाई केहि वर्ष देखि जिल्ला स्तरमा र यो बर्ष देखि प्रादेशिक रुपमा देशको सातै वटा प्रदेशको अस्थायी राजधानीहरुमा सञ्चालन गरेको हो ।

कम्प्युटर एशोसिएसन नेपाल महासंघ रुपन्देही शाखाले सन् २००२ देखी नै सुूचना प्रविधि सम्बन्धि जानकारी सर्वसाधारण सम्म पु¥याउने र लुम्बिनीलाई सूचना प्रविधि ग्रामको रुपमा विकास गर्ने लक्ष्य अनुरुप सन् २००२, २००५, २००७, २००९, २०११, २०१७ र २०१८ मा सूचना प्रविधि सम्बन्धि मेला क्यान इन्फोटेक सम्पन्न गरी सकेको छ । र यो आठौं संस्करण हो ।

इन्फोटेक अवलोकनका लागि सरकारी विद्यालयहरुबाट अग्रिम रुपमा लिखित अनुरोध सहितको नामावलीका आधारमा सम्बन्धित विद्यालयका विद्यार्थीहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।  अवलोकनका लागि सर्वसाधारणहरुलाई प्रवेश शुल्क रु ५० विद्यार्थीहरुलाई रु २५ तोकिएको छ ।

0

पाल्पा, फागुन ५
नारायण युवा क्लब तानसेनको आयोजनामा वडा स्तरिय रनिङ शिल्ड मेन्स (डबल) ब्याडमिन्टन प्रतियोगिता अमरनारायण फुलबारी परिसर सम्पन्न भएको छ । तानसेन नगरपालिका २ नं. वडा कार्यालयको आर्थिक सहयोग तथा जिल्ला ब्याडमिन्टन संघ, पाल्पाको समन्वयमा राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुदू भन्ने नाराका साथ प्रतियाेगिता सम्पन्न भएकाे हाे । खेलमा विभिन्न वडाबाट २१ टोलीको सहभागिता रहेकाे थियाे ।

प्रतियोगिता बेस्ट अफ थ्री अन्तर्गत २०(१७ को अन्तरले २ नं. वडाका विज्ञान श्रेष्ठ (बिबेक बज्राचार्यको टोली प्रथम, खिम रहु मगर विकाश कार्कीको टोली दित्तीय र ३ नं. वडाका सगर चित्रकार ( विनय खातीको टोली तृतीय हुन भएका थिए ।

विजेता टोलीलाई क्रमस टिका, खादा, मेडल, शिल्ड, प्रमाण पत्र र नगद दश हजार, सात हजार र पाँच हजार रूपैयाँले सम्मान सहित पुरस्कृत गरियो । प्रतियोगिताको उत्क्रिस्त टोली ४ नं. वडाका खिम रहु मगर ( विकाश कार्कीले हात पारे २ नं। वडाले रनिङ्ग शिल्ड सहित नगर परिक्रमा समेत गराए । विनायक महर्जनको स्वागत मन्तव्यमा संचालन भएको उक्त कार्यक्रममा नगर प्रमुख अशोक कुमार शाही प्रमुख अतिथि, नारायण युवा क्लबका संस्थापक अध्यक्ष हिमाल दत्त श्रेष्ठ विशिस्त अतिथि, २ नं। वडाका वडा अध्यक्ष बरुण प्रसाद रेग्मी अतिथि एवं राष्ट्रिय खेलाडीहरुको समेत उपस्थिति रहेको थियो । क्लबका निवर्तमान अध्यक्ष महेश्वर प्रसाद श्रेष्ठले प्रतियोगिताको उद्देश्यबारे प्रकाश पारेका थिए उक्त कार्यक्रम क्लबका सचिप प्रविन राज शाक्यले संचालन गर्नुभएको थियो भने किशोर दर्शन बज्राचार्यले धन्यवाद मन्तब्य सहित कार्यक्रम समापन गर्नुभएको थियो ।

संस्कार सहितको शिक्षा आजको आवश्यकता : प्रदेश सांसद राना

0

इमान सिं राना
पाल्पा (रामपुर)

प्रदेश नं. ५ का सांसद विर बहादुर रानाले संस्कार सहितको शिक्षा आजको आवश्यकता रहेको बताएका छन् । भानुभक्त माध्यमिक विद्यालय रामपुर नगरपालिका ९ पाल्पाको स्वर्ण महोत्सव उद्घाटन गर्दै रानाले सर्टिफिकेट संगै संस्कार युक्त शिक्षाले मात्र विद्यार्थी पूर्ण हुने बताए । उनले भने, ‘सर्टीफिकेटले मात्रै विद्यार्थी सफल हुन सक्दैन । संस्कार युक्त शिक्षाले मात्र घर र समाज प्रति जवाफ देहि हुन सिकाउँछ ।’

विद्यालयको ५० औं वसन्त पार गरि ५१ औं वर्ष प्रवेशको अवसरमा आयोजित स्वर्ण महोत्सव समारोहको उट्घाटन सहित स्वर्ण स्तम्भ अनावरण, र स्वर्ण स्मारिका विमोचन गर्दै रानाले समय अनुसारको संस्कार युक्त शिक्षाको लागि शिक्षकहरु पनि अध्ययनशिल हुनु आवश्यक रहेको बताए । उनले पछिल्लो समय सामुदायिक विद्यालयहरुमा पुग्दै गर्दा भौतिक पूर्वाधारले सुविधा सम्पन्न भए पनि एकातिर शैक्षिक गुणस्तर खस्केको र अर्को तिर विद्यार्थी संख्या न्यु भएको पाईएकाले यस्ता प्रवृतिले सामुदायिक विद्यालयले सार्थकता पाउन नसक्ने बताए । विद्यार्थीहरुको संख्या घट्नुमा पनि विविध कारणहरु रहेको बताउँदै विद्यार्थीको मन जित्न र अभिभावकहरुको आकर्षण वृद्धि गर्न लागी सरोकारवालाहरु अघि बढ्नु आवश्यक रहेको उल्लेख गरे ।

त्यस्तै स्वर्ण जयन्तीको अवसरमा जिल्ला शिक्षा समन्वय इकाई पाल्पाका प्रमुख मोतिलाल शर्माले शिक्षा समन्वय ईकाईको ५६ लाख लागतमा निर्माण भएको ८ कोठे भवनको उट्घाटन गरे । उनले विद्यालय भनेको सामुहिक क्रियाकलाप बाट सामुहिक प्रतिफल प्राप्त गर्ने थलो भएको उल्लेख गर्दै शिक्षकहरुले विश्वको जुन सुकै स्थानमा विक्ने जनशक्ति तयार गर्न सिकाईका नितीहरु परिवर्तन गर्नु आवश्यक रहेको बताए ।

रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले राज्यले ऐन र कानुन निर्माण नगर्दा शिक्षा क्षेत्रको विकासको लागि नगरपालिकाले उचित कदम चाल्न सनकेको बताउँदै स्थानियहरु नजागे सम्म विद्यालय शैक्षिक सुधार हुन नसक्ने बताए । कार्यक्रममा रामपुर नगरपालिकाका उपप्रमुख विष्णु देवि घिमिरे आचार्य, सहिद बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख मुरारी प्रसाद काफ्ले, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष मोहन प्रसाद श्रेष्ठ, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि हजुल दिनमियाँ, नेपाल कम्युनिष्ट पार्टी नेकपा रामपुरका अध्यक्ष कमलराज भट्टराई, नेपाली कांग्रेस रामपुरका सभापति नेत्र प्रसाद भट्टराई, पूर्वखोला गाउँपालिका १ का वडा अध्यक्ष भोक बहादुर थापा, पूर्व प्रधानाध्यापक शालिकराम पंगेनी र पुर्व विद्यार्थी यज्ञ प्रसाद पंगेनी लगाएतले बोल्दै विद्यालयले समाज रुपान्तरणमा खेलेको भुमिकाको चर्चा गर्नु गरेका थिए ।

प्रधानाध्यापक पिताम्बर कार्कीले विद्यालयको प्रगति विवरण सहित वार्षिक प्रतिवेदन प्रस्तुत गदै भावि कार्यदिशाको बारेमा जानकारी दिएका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञान बहादुर गाहाको अध्यक्षतामा भएको कार्यक्रम विद्यालयका सहायक प्रधानाध्यापक विष्णु प्रसाद धनोञ्जयको स्वागत बाट सुरु भएको थियो । कार्यक्रमको सञ्चालन शिक्षक प्रेम प्रकाश आचार्य र विक्रम घिमिरेले गरेका हुन् । स्वर्ण महोत्सव समारोहको पूर्व सध्यामा झाँकी ¥याली पनि निकालिएको थियो । वार्षिक उत्सवको अवसरमा विद्यालय स्थापना देखि हाल सम्मको अवस्थामा ल्याउन सहयोग गर्ने व्यक्तित्व संघ संस्थालाई सम्मान गरिएको थियो । साथै विद्यालयका विद्यार्थीहरुले आफ्ना प्रतिभा प्रस्तुत गरेका थिए ।

नेपाली सेनाको नेतृत्वमा १० किलोमिटर बाटो सरसफाई

0

पाल्पा फागुन ३
गोरखदल गण पाल्पाले बुटवल पाल्पा सडक खण्डमा सरसरफाई गरेको छ । तानसेनको बसपार्क, होलाङदी, बर्तुङ तथा लामिडाडा हुदै प्रभास सम्म करिव १० किलोमिटर बाटो सरसफाई गरेको गोरखदल गणका गणपति प्रमुख सेनानी सूरज थापाले जानकारी दिनुभयो ।
५ नं. प्रदेशमा नेपाली सेनाको संयोजकत्वमा वृहत सरसफाई कार्यक्रम गर्ने योजना अनुसार तानसेनमा पनि सरसफाई गरिएको नेपाली सेनाले जनाएको छ । सरसफाईमा नेपाली सेना, शसस्त्र प्रहरी, जनपथ प्रहरी, एन सी सी का विद्यार्थीहरु र स्थानीयहरुको सहभागिता रहेको थियो ।

कास्मिरको आतंकवादी हमलामा ४० सुरक्षाकर्मीको मृत्यु

0

३ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी राष्ट्र भारतको जम्मु–कास्मिरमा भएको आतंकवादी हमलाको भत्र्सना गर्दै दुःख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले बिहीबार साँझ भारतीय समकक्षी नरेन्द्र मोदीलाई टेलिफोन सम्पर्क गर्दै घटनाप्रति दुःख एवं मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री ओलीले एक ट्वीट गर्दै भारतीय समकक्षी नरेन्द्र मोदीलाई टेलिफोन सम्पर्क गरेर कास्मिर घटनाको भत्र्सना एवं दिवंगतप्रति श्रद्धाञ्जली व्यक्त गरेको जनाएका छन् ।

कास्मिरको पुलवालामा बिहीबार दिउँसो जैस–ए–मोहम्मद नामक आतंकवादी समूहले विस्फोटक पदार्थले भरिएको गाडी भारतीय सेन्ट्रल रिजर्भ पुलिस फोर्स चढेको गाडीमा लगेर ठोक्काएका थिए । जसमा ४० भन्दा बढी सुरक्षाकर्मी सवार थिए ।

सुरक्षाकर्मी चढेको बस  जम्मुकास्मिरबाट श्रीनगरतर्फ गइरहेको थियो । भारतीय सञ्चार माध्यमहरुले जनाएअनुसार, विस्फोटमा परी हालसम्म ४० सुरक्षाकर्मीको ज्यान गएको छ ।

कांग्रेस प्रवक्ता शर्मा को रोचक ‘लभ स्टोरी’ With Video

0

विश्वप्रकाश शर्मा जीवनको मूख्य उपलब्धी प्रेमलाई मान्छन्। प्रणय दिवसको पूर्वसन्ध्यामा काठमाडौंको सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा विश्वप्रकाशले केन्द्रीय समितिको बैठकपछि आफ्नो फुर्सद मिलाएका थिए। कार्यव्यस्ततासँगै उनी हामीसँग प्रेम गीत गुनगुनाउछन्,

‘त्यो मनदेखि यो मनसम्म मन बिछाई मनले मनलाई मन परायो,

‘त्यो आँखादेखि यो आँखासम्म आँखा बिछाई आँखाले आँखालाई मोह लगायो

भन्छन् – जोडी जमेछ

भन्छन् – जादू चलेछ’

https://www.youtube.com/channel/UC2Ai4UmZG4sn8E2GarQFfgg?view_as=subscriber

 

यो प्रेमिल र रसिक शैलीको रहस्य सोध्दा उनले प्रतिप्रश्न गरे, ‘कल्पना गर्नुस्, यदी रुखमा पात छैन भने, नदिमा पानी छैन भने, हावामा अक्सिजन छैन भने के हुन्छ ? धर्तीमा प्रेम छैन भने सबै समाप्त हुन्छ। संसारलाई संसारको रुपमा चलाउन प्रेम आवश्यक तत्व हो।’

प्रेममा परेर साहित्यिक हुनुभएको हो ?  भनी सोध्दा उनले सरल उत्तर दिए, ‘साहित्य कोही भोगाईमा परेर लेख्छन् त कोही कल्पनामार्फत लेख्ने गर्छन्। मेरो अधिकांश कवितामा कल्पना मिसिएका छन्।’

सामान्यतया युवा उमेरमा धेरैलाई मन पराउनु स्वाभाविक हो। तर माया गर्ने भन्ने कुरा अर्काे हुन्छ। एट्रयाक्सन र माया फरक कुरा हो।

प्रेमको विषयमा अलग्गै सोच राख्ने विश्वप्रकाश पहिलेको तुलनामा अचेल प्रेमको तार पातलिएको बताउछन्। अहिलेका पूस्ताले प्रेमको गाम्भिर्यतालाई नबुझको उनको ठम्याइ छ। उनी भन्छन्, ‘कुनैपनि घर सम्झौताले चल्यो भने राम्रो हुँदैन। त्यो घर समझदारीले चल्नुपर्छ। प्रेम भन्ने कुरालाई मात्रा वा आकर्षणसँग दाँज्नु हुँदैन। प्रेमको गहिराइमा पुग्नुपर्छ जस्तो मलाई लाग्छ।’

विश्वप्रकाशको वैवाहिक जीवन पनि प्रेमबाट सुरु हुन्छ।

उमेर पुगेपछि आफन्तहरुको बिहेप्रति चासो बढ्नु स्वाभाविक मानिन्छ। यस्तै विश्वप्रकाशलाई पनि थुप्रै प्रस्ताव नआएका होइनन्। तर पञ्चायतकालिन व्यवस्थाविरुद्ध राजनीतिक संघर्ष उनको मूख्य चुनौती थियो। यसमा विश्वप्रकाशको एउटै मात्र चिन्ता थियो, ‘मलाई आफ्नो जीवनमा उपयोगी जिवनसाथीको खोजी थियो। राजनीतिक मान्छे भोली सत्तामा पुग्न पनि सकिन्छ, भोली सहिद हुन पनि सकिन्छ। हेरेकै भरमा केटी रोज्नु हुन्न भन्ने मेरो बुझाई थियो।’

जीवन उपयोगी साथी खोज्ने क्रममा उनको भेट अनेरास्ववियूका सक्रिय नेता केदार पोखरेलकी बहिनीसँग भयो। धुलावारीको स्वास्थ्य चौकीमा उनले पहिलोपटक देखेका थिए कविता शर्मालाई। उनले आफ्नो राजनीतिक विचार र आस्था विपरित संस्कृतीको पारिवारिक वातावरणमा हुर्किएकी कवितालाई मन पराएको स्पष्ट पारे। उनी आफ्नो प्रेम कथा सुनाउछन्, ‘हामी एउटै जिल्लावासी हो। उनको दाजु मेची क्याम्पस पढ्नुहुन्थ्यो। अनेरास्ववियुमा आबद्ध हुनुहुन्थ्यो।’

जब राजनीतिको कुरा आउँछ, त्यहाँ आस्थाको कुरा आउँछ। जब त्यहाँ प्रेमको कुरा आउँछ, त्यहाँ आस्था होइन, आत्मियताको कुरा महत्वपूर्ण हुन्छ। उनको यो सोचका कारण उनलाई कम्युनिष्ट दाजुकी बहिनी हुन् भन्ने कुराले कुनै फरक पारेन। उनले भने, ‘मैले उनलाई हेरेको हो। उनको दाजुले कुन पार्टीलाई भोट हाल्छन् भन्ने विषयसँग मेरो सरोकार थिएन।’

अनौठो प्रस्ताव शैली

एकै नजरमा माया बसेको पनि होइन अथवा ‘आइ लभ यू’ भनेर कुदी हिड्ने खालको पनि नभएको उनी बताउछन्। ‘शालिन ढंगले परिपक्व रुपले गृहस्थ जिवनलाई केन्द्रमा राखेर गरिएको प्रेम थियो। उनको र मेरो उमेरबीच झन्डै साढे नौ÷१० वर्षको अन्तर छ।’

त्यो समयमा न मोबाइल, न त सञ्चारको कुनै भरपर्दाे माध्यम। ‘प्रेम पत्र नै पो लेखिएन हौ। हाकाहाकी कुरा हुन्थ्यो,’ उनी भन्छन्, ‘जब उनलाई मैले आफुले मन पराएको कुरा भने र सिधै बिहेको प्रस्ताव गरे। मेरो प्रेम प्रस्ताव शैली कुनै ननस्टप गाडीको रफ्तार भन्दा कम थिएन।’ बिहे गरौं भनेपछि तुरुन्तै बिहे त गरिएन। झन्डै एक वर्षपछि बिहे गरेको उनले बताए।

प्रस्ताव गर्दै गर्दा उनलाई मैले व्यवहारिकताका साथ बुझाउने प्रयत्न गरेको उनले बताए। ‘सम्भवतः उनलाई पनि मसँग बिहे गर्नु उपयुक्त छ वा छैन भन्ने थियो। हामीले त्यत्तीकै जियेगें, मरेगें सनम्… भन्ने गीत गाए जसरी अठोट लिएका थिएनौं। संयमता पूर्वक गरिएको प्रेम र धैर्यतापूर्वक गरिएको विवाह थियो।’

सिनेमामा जस्तै विश्वप्रकाशको प्रस्ताव कविताले सजिलै एसेप्ट गरेकी थिइनन्। उनले पनि प्रस्ताव गर्ने बित्तिकै सजिलै ‘हुन्छ’ त नभनेको उनलाई सम्झना छ। तर उनको जवाफमा ग्रीन सिग्नल अवश्य थियो, ‘म सोचेर भन्छु’। सोचेर भन्छु भनेपनि कविताको उत्तर ‘हुन्छ’ नै आउछ भन्ने उनलाई विश्वास थियो। उनले ठट्यौली पारामा सुनाए, ‘त्यो हुन्छ नि अनुमान। तपाईहरुको उमेरले त अलि बढी नै बुझ्छ। ‘ना ना करते प्यार तुम्ही से कर बैठें…’ भन्ने गीतमा जस्तै उत्तरमा ‘हुन्छ’ भन्ने आउछ भन्ने थियो।’

सामान्यतया विवाहअघिका कुराहरु लुकाउछन्। तर उनले निर्धक्क आफ्ना अनूभुतीहरु यसरी सुनाए, ‘नढाटी भन्नुपर्दा क्याम्पस लाइफमा धेरै केटीहरुलाई मन पराइयो। धेरै पटक ‘यो केटी राम्री छे’ भन्ने चाहीँ लाग्थ्यो। तर त्यो कुरा कुनै परिपक्व उमेरको थिएन। मसँग सामिप्यता राख्नखोज्ने केटी साथी पनि थिए, मैले घनिष्टता राख्न खोजेको केटी साथी पनि थिए।’

राजनीतिक कार्यव्यस्तताका कारण डेटिङ जाने अवसर कहिले नजुरेको उनी बताउछन्। पार्टीगत कार्यक्रमका अवसर पारेरै कवितालाई भेट्ने गरेको उनले सुनाए।

सबैभन्दा मिठो कुरा

कुनैबेला रेष्टुरेन्टमा खान जाँदा पत्नी कवितालाई संसारमा सबैभन्दा मिठो कुरा के हो भनी सोधेको कुरा उनी सुनाउछन्। कविताले भोकको सुरमा ‘चाउमिन’ भनेकी थिइन्। उनले कवितालाई बुझाउदै भनेको कुरा सम्झछन्, ‘चाउमिन त कुनै पदार्थ हो। सबै भन्दा मिठो कुरा बोली वचन हो।’

पहिला क्याम्पसमा विद्यार्थी जिवनबाटै ‘कविता लेख्छ’ भन्ने छवि बनाएका थिए। तर केही समय राजनीतिक व्यस्तताले कविता लेख्न छोडेका थिए। विहेपछि कविताले उनका कविताहरु पढिन्। कविताले नै त्यस्ता कविताहरुलाई बाहिर ल्याउनुपर्छ भनेर प्रेरित गरेको उनले बताए। उनी भन्छन्, ‘अहिले नेपाल जेसिसको कुनै पनि कार्यक्रममा जानुभयो भने जोकोहीले यो गीतको रचनाकार विश्वप्रकाश हो भन्छन्।’

मेरो कविता, गीतमा कहिल्यै ‘महिलाको वर्णन’ हुदैन। प्रेमकै विषयमा लेख्दा पनि

‘हिमालको देशमा हिउँ जस्तै चोखो माया,

गुरासको लेकमा फूलजस्तै कोमल माया

दिई तिमीलाई धेरै धेरै माया गर्छु

आईपरे तर म देशका लागि मर्छु।

लेखेको छु।’

यसमा मैले कसैप्रति उनको वर्णन नगर्दै उनीप्रति माया व्यक्त गरेको छु, साथै यसमा देशप्रेम पनि छचल्किएको छ। गएको वर्ष काकरभिट्टा क्याम्पसमा प्रणय दिवसको अवसरमा कार्यक्रम थियो। उनले नेविसंघका कार्यकर्ताहरुलाई लभ लेटर प्रतियोगिता राख्न अनुरोध गरेपछि कार्यक्रम रमाइलो भएको बताए।

भ्यालेन्टाइन्स डेलाई तडकभडकका साथ नमनाउने गरेको उनी बताउछन्। उनी भन्छन्, ‘भ्यालेन्टाइन्स डेको दिन कुनै आधीहुरी आउनुपर्छ जस्तो लाग्दैन। यसमा हामी दुवैजनाको एउटै मत छ। तर भ्यालेन्टाइन्स डे मनाउनै हुँदैन, यो पश्चिमा सँस्कृती हो भनेर आलोचना गर्ने पक्षमा पनि हामी छैनौं। दुनियाँमा जुनसुकै राम्रो कुरालाई हामीले अवलम्बन गर्नुपर्छ।’

यौन र प्रेम

प्रेम र यौन फरक काँटामा राखेर बुझ्छन्, विश्वप्रकाश। उनका अनुसार हरेक यौन सम्बन्धपछाडी प्रेमको महत्वपूर्ण तत्व हुन्छ भन्ने छैन। तर प्रेम गृहस्थमा पुग्दैगर्दा अन्तसम्म यौनमा पुग्नसक्छ। उनी भन्छन्, ’प्रेमको अलगरुपमा शाब्दिक मात्र होइन, मनोवैज्ञानिक अर्थ पनि छ। प्रेम र यौन गासेर हेर्नुहुँदैन। प्रेम भएका सबैसँग यौनसम्बन्ध हुन्छ भन्ने पनि हुँदैन। प्रेमले बोक्ने दायरा ठुलो छ। प्रेम बुवा, आमा, साथी, छरछिमेक सबैसँग हुन्छ। तर प्रेम र यौन जोड्ने एउटा सम्बन्ध हुन्छ, जुन निश्चित व्यक्तिसँग हुन्छ।’

प्रेममा सफलता

उनको विचारमा प्रेमको सफलता र असफलता भन्ने कुरा सापेक्ष हुन्छ। सम्बन्धलाई गृहस्थसम्म पुर्‍याएर मात्रै सफल मान्न सकिदैन। प्रेम गर्नेहरुबीचको ‘केमेस्ट्री’ कत्तिको मिल्छ त्यो हेर्नुपर्छ।

तपाईले कसलाई मन पराउनुहुन्छ त्यो भन्दा तपाईले कसले बढी मन पराउछ त्यो हेर्नु जरुरी हुन्छ। ‘मैले कवितालाई त मन पराएको थिएँ। तर त्यससँगै मलाई सतर्कता के थियो भने, उनले मलाई कत्तिको मन पराउछिन्। प्रेमको सफलता एक पक्षमा हुँदैन, दुई पक्षमा हुँदैन। प्रेममा कहिल्यै सिद्धान्त बनाउनु हुँदैन।’

सबै भन्छन् उभोबाट आकाश छुनुपर्छ

म त भन्छु उदो बनेर सागर चुम्नुपर्छ

तर तिम्रो पाइलाहरु नरोकिने हुनुपर्छ

खोला जस्तै नदी जस्तै बगिरहनुपर्छ

कविताबाटै उनले कहिले नसकिने कुराको पछि लागेर केही काम नभएको बताउछन्। उनी भन्छन्, ‘एकतर्फी प्रेम पनि त्यस्तै हो। निरन्तर एकतर्फी प्रेमको पछि कुदेर जीवन फकिर बन्छ, जिन्दगी सोचेजस्तो हुँदैन।’

 

अखिल नेताकी बहिनीसँग प्रेम

राजनीतिमा प्रखर नेताको पहिचान बनाएका विश्वप्रकाशको प्रेम तत्कालिन नेकपा एमालेनिकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का नेताकी बहिनी कविता शर्मासँग बसेको थियो। पछि उनैसँग विहे गरे।

मेरो लभपछि एरेञ्ज म्यारिज हो। सामान्यतया युवा उमेरमा धेरैलाई मन पराउने हुन्छ, यो स्वभाविक हो। तर माया गर्ने फरक कुरा हो। माया पनि दुई खालको हुन्छ। खासगरी १६ देखि २२ वर्ष उमेरमा पञ्चायतविरुको संघर्षमा लाग्दा कहिले जेल त कहिले भुमिगत बसियो। मैले ३० वर्षको उमेरमा विहे गरे। विहे गर्नका लागि केटी मामाले हेरे, फुपुले हेरे, अरुले हेरे। तर म आफ्नै हिसाबले विवाह गर्दैगर्दा राजनीतिक मान्छेलाई भोलि सत्तामा पनि पुगिन्छ, शहीद पनि हुन सकिन्छ। यी दुई कुरामा उपयोगी साहस राख्ने मान्छे चाहिन्छ भन्ने विचार गरेर प्रेम र बिहे गरे। प्रेममा मन पनि पर्नुपर्यो, व्यवहारिक पनि हुनुपर्यो। त्यस हिसाबले मैले कविता शर्माजीलाई माया पनि गरे, विहे पनि।

हामी एउटै जिल्लावासी। उहाँको दाजु केदार पोखरेल मेची क्याम्पस पढ्नुहुन्थ्यो। अनेरास्ववियुमा हुनुहुन्थ्यो। अखिलकै बहिनी विहे गरे भनौ न। अखिल कार्यकर्ताकी बहिनी नेविसंघले विवाह गर्यो यस्तो पनि देखियो। उहाँको दाईसँग सम्पर्क सम्बन्ध थियो। उनी (कविता) नर्सिङ पेसामा थिइन। धुलाबारी एउटा स्वास्थ्य केन्द्रमा कामले गइरहन्थे, विरामी भेट्न। त्यसबेलादेखि भेट हुन थाल्यो। पछि काठमाडौंमा हुँदा उनी सत्यसा स्कुलमा होस्टेलको वार्डेन थिइन। त्यस हिसाबले सम्पर्क हुने कुरा स्वभाविक हो। तर एकदमै अब एकै नजरमा माया बस्यो भन्ने खालको पनि होइन। अथवा ‘आइ लभ यु’ भनेर पनि होइन शालिन ढंगले परिपक्व हिसाबले हाम्रो प्रेम अघि बढ्यो। त्यसैले गृहस्थ जीवनलाई केन्द्रमा राखेर गरिएको प्रेम थियो यो।

हामीबीच १० वर्षको फरक छ। उनी आफ्नो पढाईपछि होस्टलमा थिइन, म विद्यार्थी राजनीतिमा। भेटघाट पनि कस्तो हुन्थ्यो भन्दा नेपाल विद्यार्थी संघको कार्यक्रममा उनलाई बोलाउने, अहिलेको जस्तो मोबाइल फोन प्रशस्त थिएन। मेरो कोठामा ल्याण्ड लाइन थियो। त्यहीबाट स्कुलको होस्टलमा फोन गरेर खबर आदानप्रदान हुन्थ्यो।

लभ लेटर लेखिएन। हाकाहाकी उनलाई मनपराएको कुरा भने। मैले प्रेमको कुरा भन्दा पनि सिधै विहेको कुरा अभिव्यक्त गरे। कुनै बीचमा नरोकिने ननस्टप गाडीजस्तो कुरा गरियो। विहे डेढ वर्षपछि गरियो।

उनको पनि विहे यसै गर्ने हो भन्ने थियो। उनलाई मैले व्यवहारिकताका साथ बुझाउने प्रयत्न गरेको थिए कि एउटा राजनीतिक मान्छेले कस्तो श्रीमती चाहन्छ भनेर। उनलाई पनि यो सँगको विवाह ठिक हुन्छ कि हुँदैन भन्ने थियो। त्यसकारण सोची समझदारीपूर्वक भएको थियो, संयममतापूर्वक गरिएको प्रेम र धेर्यतापूर्वक गरिएको विहे थियो।

४३ सालतिर आइए पढ्दै गर्दा बन्द राजनीतिका कारणले प्रेम पनि बन्द बन्द अवस्थामा थियो। अहिलेका युवाजस्तो अवस्था थिएन। प्रेमको कुरा दायरामा थियो।

खुल्ला भलिबलको उपाधी गल्याङ नगरपालिकालाई

0

पाल्पा, फागुन २
रामपुर नगरपालिका–९, जब्गादीमा सम्पन्न वडा स्तरीय खुल्ला पुरुष भलिवलको उपाधि गल्याङ नगरपालिका–७, स्याङ्जाले जितेको छ । विजेताले साठी हजार रुपैयाँ नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

भानुभक्त माध्यमिक विद्यालयको स्वर्ण जयन्तीको अवसरमा आयोजित प्रतियोगिताको फाईनल खेलमा घिरिङ्ग गाउँपलिका–१, तनहुँलाई ३÷२ को सेटमा पराजीत गर्दै गल्याङ्गले उपाधी हात पारेको हो । खेलको पहिलो, चौथो र पाँचौ सेट क्रमश २५÷२३, २५÷१९ र १५÷१२ अंक सहित गल्याङ्गले आफ्नो पक्षमा लिएको थियो ।

दोस्रो र तेस्रो सेट क्रमशः २८÷२६ र २५÷१७ अंक सहित घिरिङ्ग गाउँपलिका–१, तनहुँ दोस्रो स्थानमा सीमित बनेको हो । तेस्रो स्थानको लागि भएको खेलमा पूर्वखोला गाउँपालिका–६, हेक्लाङ्गलाई ३÷० को सोझो सेटमा पराजीत गर्दै रम्भा गाउँपालिका–२, कुरुङसे तेस्रो स्थान हात पार्न सफल भयो । पूर्वखोला गाउँपालिका–६, हेक्लाङ्ग सान्त्वना स्थानमा चित्त बुझाएको छ । दोस्रो, तेस्रो र सान्त्वना स्थान प्राप्त गर्नेहरुले क्रमशः नगद ४० हजार, २० हजार र १० हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

१० समूह सहभागीता रहेको प्रतियोगितामा वेष्ट प्लेयर घिरिङ्गका विजय थापा बने । वेष्ट सर्भर गल्याङ्गका पुरन थापा, वेष्ट सेटर रम्भाका प्रकाश फाल, वेष्ट स्टाईकर घिरिङ्गका धनबहादुर कुमाल र वेष्ट ब्लकर पूर्वखोलाका देउबहादुर सिंजाली घोषित भए ।

रानीमहलमा प्रणय दिवस मनाउनेहरु बढे, भीडियाे सहित

0

पाल्पा, फागुन २
रानीमहल प्रेमील जोडीहरुको साक्षी बन्दै गएको छ । प्रणय दिवसको दिन यहाँ सयौं जोडीहरुले प्रेम साटासाट गर्ने गर्दैछन् । युवापुस्तामा बढी लोकप्रिय, फ्रेबुअरी १४, अजको दिन यहाँ सयौं जोडीहरुले गन्तव्य बनाउँदै आएका छन् । सच्चा प्रेमको प्रतिक ठानिने रानिमहलमा यो दिवसमा दिन प्रेम जोडीहरुको प्रमुख गन्तव्य बन्ने गरेको छ । १९५० सालमा पाल्पा गौडाका तैनाथवाला प्रधान सेनापति खड्ग शमसेरले आफ्नी दिवंगत रानि तेजकुमारीको सम्झनामा रानिमहल निर्माण गरेका थिए । तानसेन नगरपालिका–१३, को बौघागुम्हा र वगनाशकाली गाउँपालिकाको खानीगाउँ गाउँको बिचमा अवस्थित छ, रानीमहल युवापुस्ताको पहिलो रोजाईमा पर्ने गरेको छ ।

‘भ्यालेन्टाईन वीक’ मनाउन रानीमहल आईपुगेका बर्दियाका युवाजोडी मनिष र दीपा (नाम परिवर्तन) ले सुनसान स्थानमा आफुहरुले फरक अनुभूति पाएको बताए । उनीहरुले वर्षै पुरानो रानीमहलमा भने रानी बस्दाका कुनै अवशेष नभेटिँदा आफुहरु दुःखीत बनेको बताए । जोडी खोज्दै गरेका तथा प्रेम प्रस्ताव राख्ने मनसाय बनाएका हरुका लागि पनि प्रणय दिवसलाई निकै उत्तम साइतको रुपमा लिइन्छ, भ्यालेन्टाईन डे अर्थात् प्रणय दिवस । गुलावको फूल उपहार दिएर प्रेम प्रस्ताव गर्ने दिन । श्रीमान श्रीमतीहरुले एकअर्कालाई उपहार आदनप्रदान गरेर मनाउने दिन हो । जसका लागि उत्तम स्थानको खोजी गरिएको हुन्छ, त्यो ठाउँ रानीमहल बनेको छ । मन परेको व्यक्तिलाई आफ्नो अव्यक्त प्रेमका बारेमा जानाकारी गराउने दिनको रुपमा समेत प्रणय दिवसलाई लिईन्छ । प्रेमीकाले प्रेम प्रस्ताव राख्ने दिनका रुपमा लिने गरेका छन् । यहि प्रेम व्यक्त गर्ने स्थानको खोजी भैरहेको हुन्छ पार्क, शान्त स्थान, सार्वजनिक मठ मन्दिर तथा भिलेजहरु । यहि बिचमा नयाँ प्रेमील जोडीको गन्तव्यको स्थान बनेको हो, रानीमहल ।
रानीमहलका होटल व्यवसायी युवा शुसील कुँवरले हजारौंको संख्यामा रानीमहलमा युवायुवतिहरु आईरहेको भएता पनि प्रयाप्त मात्रामा भौतिक सुविधाको व्यवस्था पुरा हुन नसकेको बताए । उनी भन्छन्, स्थानीय तहमा रानीमहल आएको छ । यसको बृहत योजना बनाएर एउटा नेपालकै नमूना प्रेम साटासाट गर्ने गन्तव्य बनाउन सकिन्छ । जुन कालीगण्डकी किनारमा अवस्थित छ । प्रेम शब्द आजकाल युवायुवति बिचको मायाको रुपमा परिभाषित हुँदै गएको रम्भाका दिनेश भट्टराईले बताए । उनले माया भन्ने कुरा युवायुवतिमात्र होईन सबैका लागि आवश्यक हुन्छ । यो स्थान गोष्ठी र सेमीनार सञ्चालन गर्ने उपयुक्तस्थान पनि बन्न सक्छ । प्रेम सबैचिज होईन तर केही चिज हो भन्नेहरु पनि छन् । तर प्रेम पुरुष र स्त्री बिचको कुरा मात्र भने होईन, उनले भने ।
१९५० सालमा शिलान्यास गरि १९५४ सालमा कालिनदिको चट्टान माथि पश्चिमी कला कौशलको बेजोड नमूनाले सिंगारेर बनाईएको छ नेपालको ताजमहल । यहि स्थानमा एक्लै रात बिताउँदा खड्ग समशेर कहिलेकहिले आफ्नी दिवंगत रानिलाई सम्झँदै भावविह्वल हुँदै मध्यरातमा रुँदै चिच्याउँथे भन्ने पनि गरिन्छ । १९६० सालमा खड्ग समशेरले श्री ३ को पद र उपत्यका कब्जा गर्ने सड्यन्त्र ग¥यो भन्ने श्री ३ चन्द्र समशेरले थाहा पाए । चन्द्र शमसेरले पाल्पामा सेना पठाइ तैनाथि आफ्नो हातमा लिए । आफुमाथि खतराको घण्टि बज्ने लक्षण देखा परेपछि सरकारी ढुकुटि लिएर उनि भारत पलायन भए । त्यसै दिनदेखि प्रेमको प्रतिक ठानिएको दरबार आजसम्म एक्लो अवस्थामा रहेको छ । तर वर्षमा एक दिन आइपुग्ने प्रणय दिवसका अवसरमा भने यो महलले राम्रै महत्व पाउने गरेको छ ।
पाल्पा र स्याङ्जाको सीमानामा पर्ने यो दरबार खड्ग शमसेरले युयानी शैलीमा बेलायती इन्जीनियरको डिजाईन अनुसार बनाएका हुन् । कालीगण्डकी जलविद्युत् आयोजनाले स्याङ्जाको मिर्मीमा पानी नथुन्दै यहाँ विदेशी पर्यटकको ओइरो लाग्दथ्यो । जुन समय दरबारलाई स्याङ्जाबाट झ्वाट्ट हेर्दा कालिगण्डकी माथि तैरिए जस्तो देखिन्थ्यो । अहिले यो किनारमा छ । दरबारको जगबाट कालीनदी बगेपनि हालसम्म दरबारलाई भने कुनै क्षति पु¥याएको भने छैन । करीब ११ रोपनी क्षेत्रफलमा रहेको नेपालको यो ताजमलमा २४ वटा कोठा रहेका छन । ताजमहलको परिसरमा मनमोहक बगैंचा, शिवलालय, पानीपोखरी, शिबलिङमा नागनागिनीले जल शेचनको दृश्य, भान्सा घर, घोडा बाध्ने तबेला ठूला घण्टहरु सहितको विभिन्न आकर्षक कलाकृतिहरु देख्न सकिन्छ । प्रणय दिवसको अवसरमा दरबारलाई साक्षी राखेर प्रतिक्षा गर्नेहरुको भीड लाग्ने गर्दछ । दरबारको भित्तामा आफ्नो नाम लेखियो भने आफ्नो प्रेम अजर अमर रहने जन विश्वास छ । त्यसैले होला भित्तामा आफ्नो नाम लेख्नेहरुको निकै होडबाजी पनि चल्ने गर्दछ ।
नेपालको ताजमहल भनेर चिनिने पाल्पाको रानीमहललाई युवायुवतीमात्र होईन सच्चा प्रेमको प्रतिक बन्ने गरेको छ । अब रानीमहल भित्ता, पोष्टर, पम्प्लेटमा मात्र होईन जनजनमा पुग्नुपर्ने सुमन थापाले बताए । साँचो र दीगो प्रेमको कामना गर्दै युवायुवती यहाँ पुग्ने गर्छन् । धार्मिक र प्रर्यटकीय रुपले अति महत्वपूर्ण रानीमहलमा जिल्ला सदरमुकाम तानसेनदेखि ३ घण्टाको पैदल दुरीमा पुग्न सकिन्छ ।