“बा कप ब्याडमिन्टन प्रतियोगिता  २०८१”  प्रतियोगिताको उपाधी रैनादेबी छहराले हात पारेको छ । सि लेभलको प्रतियोगिताकाे उपाधी रैनादेबी छहरा गाउँपालिकाका बल बहादुर राना र थमन गाहाको समूहले हात पारेका हुन ।

नारायण युवा क्लबद्वारा आयोजित कार्यक्रमको अमर नारायण कभर्डहल व्यवस्थापन समितिको व्यवस्थापन तथा वडा न २ को समन्वयमा भएको ब्याडमिन्टन प्रतियोगिताकाे द्वितियमा रामपुर नगरपालिकाका आषिस शाही र मुक्ति कुमालले हात पारेका छन । त्यस्तै तृतीयमा तानसेन नगरपालिकाका कृष्ण अग्रहरि र राजेन्द्र खड्कीको समुह हाते पारेका छन । भने तृतीयमै दिल बहादुर खाम्चा र कुमार सिङ्जालीको समुहले प्राप्त गरेको छन । प्रतियोगितामा प्रथम हुने समूहलाई १५ हजार, द्वितिय हुनेलाई १० हजार र तृतीय हुनेलाइ  ५ हजार शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको नारायण युवा क्लबका सचिव विनायक महर्जनले जानकारी दिए । प्रतियोगितामा ५० समूहको सहभागीता रहेको थियो ।

कार्यक्रमका नेपाली काङ्ग्रेस पाल्पाका सभापति हिमाल दत्त  श्रेष्ठले क्लबले पाल्पा जिल्लामा खेलाडीहरूको उत्पादन गर्नका लागि नयाँ नयाँ कार्यक्रम ल्याउने गरेको बताए । अहिले सोह्र श्राद्ध चलिरहेको समयमा स्वर्गीय पिताहरूको स्मरण गरि क्लबले बा कप ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेकोमा प्रशंसा गरे । सभापति श्रेष्ठले अबको युग कर्म गर्नेको युग रहेको बताए । विगतको समयमा जाती विशेष,लिङ्ग विशेष,धर्म विशेषको युग थियो । तर अहिलेकाे युग परिवर्तनकाे युग ,कर्म गर्नेकाे युग रहेको बताए । अहिले युगमा जस्ले जस्तो कर्म गर्छ,उस्ले उस्तै फल पाउने भएकोले सबैले इमानदारीपूर्वक कर्म गर्न आवश्यक रहेको बताए । कार्यक्रमका विशिष्ट अतिथि क्लबका पुर्व अध्यक्ष एवम तानसेन वडा न २ का वडा अध्यक्ष महेश्वर श्रेष्ठले क्लबले सकारात्मक सन्देश प्रवाह गर्ने गरि स्वर्गीय पिताहरूलाई स्मरण गरि प्रतियोगिता आयोजना गरेकोमा धन्यवाद दिए । क्लबसँग समन्वय गरि वडा कार्यालयले प्रत्येक बर्ष प्रतियोगिता आयोजना गर्दै आएको बताउदै आगामी दिनमा पनि समन्वय र सहकार्य गरि अगाडि बढ्ने बताए ।

कार्यक्रममा क्लबका निवर्तमान अध्यक्ष किशोर दर्शन बज्राचार्यले स्वर्गीय बुवाहरूको नाममा प्रतियोगिता आयोजना गरिएको भन्दै क्लबले पाल्पा जिल्ला भरिका खेलाडीहरूको प्रतिभा प्रस्फुटन गरि राष्ट्रिय स्तरको खेल खेलाउने तयारी गरिरहेको जानकारी दिए । कार्यक्रमको अवसरमा पाल्पा जिल्लामा रहेका  ब्याडमिन्टन खेलमा योगदान पुर्याउने पूर्व खेलाडीहरूलाई खादा,माला,दोसल्लाले सम्मान गरिएको उनले बताए । कार्यक्रममा नारायण युवा क्लबका सल्लाहाकार नारायण कोइराला, युवराज पौड्याल, सकुन्तला बज्राचार्य, क्लबका कानुनी सल्लाहाकार शंकर बस्याल, जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरिक्षक कमल प्रधान,जिल्ला ब्याडमिन्टन संघ पाल्पाका अध्यक्ष बसन्त बज्राचार्य,प्याब्सन पाल्पाका अध्यक्ष महेशमान बज्राचार्य विभिन्न टोल विकास सस्थाका अध्यक्ष एवम प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । कार्यक्रम नारायण युवा क्लबका अध्यक्ष प्रविन राज शाक्यको अध्यक्षता र सचिव विनायक महर्जनको सञ्चालनमा सम्पन्न भएको थियो ।

क्लबद्वारा निल सागर सेवाश्रमका वृद्धाहरूलाई भोजन दान 

आइतबार क्लबले निल सागर सेवाश्रमका वृद्धवृद्धालाई एक छाक भोजन दान गरेको छ । क्लबले सामाजिक उत्तरदायित्वको भावना अनुरूप वृद्ववृद्वालाई भोजन दान गरेको हुन । तानसेन वडा न १ मा अवस्थित निल सागर सेवाश्रमले विगत लामो समय देखि सडकमा अलपत्र परेका नागरिकहरूलाई उद्वार गरि आश्रय प्रदान गरिरहेको छ । भोजनदान कार्यक्रमका क्लबका सस्थापक अध्यक्ष हिमाल दत्त श्रेष्ठ,क्लबका निवर्तमान अध्यक्ष किशोर दर्शन बज्राचार्य, क्लबका उपाध्यक्ष सुनिल बुद्वाचार्य लगाएतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय