
पाल्पा, माघ ३०
पाल्पाको तानसेनमा दुई सवारी एक आपसमा ठक्कर खाँदा दुई जना घाईते भएका छन् । घाईतेहरुको उपचारका लागि श्री एयरलाईन्सको हेलिकप्टर मार्फत् काठमाण्डौं पठाइएको छ ।
तानसेन हार्थोक सडक खण्डको तानसेन ११ जोगीपानीमा ईभी र मोटरसाईकल एक आपसमा जुधेका हुन् । हार्थोक देखी तानसेन तर्फ आउदै गरेको लु प्र ०१००१ ज ००७१ नम्बरको ईभी गाडी बिपरित दिशाबाट जादै गरेको लु १७ प ८८६४ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुदा गुल्मी छत्रकोट गाउँपालिका १ हुँगा बस्ने बर्ष ३८ का प्रकाश पाण्डे र बर्ष ३१ की कमला पाण्डे घाईते भएको जिल्ला प्रहरी पाल्पाले जनाएको छ । प्रकाशको अवस्था मध्यम र कमलाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
मोटरसाईकलमा सवार दुवै जनाको युनाईटेड मिशन अस्पतालमा उपचार भैरहेकोमा थप उपचारको लागि ट्रमा सेन्टर काठमाण्डौं रिफर गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुनिल मल्लले बताए ।


