latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा, माघ ३०
पाल्पाको तानसेनमा दुई सवारी एक आपसमा ठक्कर खाँदा दुई जना घाईते भएका छन् । घाईतेहरुको उपचारका लागि श्री एयरलाईन्सको हेलिकप्टर मार्फत् काठमाण्डौं पठाइएको छ ।
तानसेन हार्थोक सडक खण्डको तानसेन ११ जोगीपानीमा ईभी र मोटरसाईकल एक आपसमा जुधेका हुन् । हार्थोक देखी तानसेन तर्फ आउदै गरेको लु प्र ०१००१ ज ००७१ नम्बरको ईभी गाडी बिपरित दिशाबाट जादै गरेको लु १७ प ८८६४ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुदा गुल्मी छत्रकोट गाउँपालिका १ हुँगा बस्ने बर्ष ३८ का प्रकाश पाण्डे र बर्ष ३१ की कमला पाण्डे घाईते भएको जिल्ला प्रहरी पाल्पाले जनाएको छ । प्रकाशको अवस्था मध्यम र कमलाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

मोटरसाईकलमा सवार दुवै जनाको युनाईटेड मिशन अस्पतालमा उपचार भैरहेकोमा थप उपचारको लागि ट्रमा सेन्टर काठमाण्डौं रिफर गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुनिल मल्लले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय