शनिबार , मंग्सिर ६, २०८३

पाल्पा साहित्य समाजले पाल्पाली आदिकवि छविलाल नेपालको १७७ औँ जन्मजयन्ती, शास्त्रकवि माधवप्रसाद देवकोटाको १२३ औँ जन्मजयन्ती र नाटककार अम्बिकाप्रसाद लकोजूको १२५ औँ जन्मजयन्तीसहित आफ्नो ३२ औँ वार्षिकोत्सव समारोह सम्पन्न गरेको छ।

​बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयको प्रमुख आतिथ्यमा सम्पन्न सो समारोहमा उहाँले  पाल्पा साहित्य समाजले साहित्य को माध्यमद्वारा ऐतिहासिक व्यक्तित्वका योगदानलाई स्मरण गराउदै वौद्धिक विकासमा योगदान पुर्याएकोमा गर्व लागेको , पाल्पा तानसेनले गर्ने कार्यहरूमा बुटवल नगरपालिकाको साथ, सहयोग र समर्थन रहिरहने बताउनुभयो।

​यस अवसरमा समाजले विभिन्न व्यक्तित्वहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ: ​छविलाल नेपाल पाल्पाली प्रतिभा पुरस्कार: गोविन्द भट्टराई,​भैरव तुलसीसिंह स्मृति पुरस्कार: मंगलप्रसाद बज्राचार्य,​अथक रेग्मी साहित्य साधना पुरस्कार: कोशलराज पौड्याल ,​राधा इन्द्रभारती समस्या सम्मान: अम्बिका पौड्याल,​गणेश केशव लक्ष्मी स्मृति स्रष्टा सम्मान: पुरुषोत्तम अर्याल,​पाल्पा साहित्य समाज पासास सम्मान: केदारलाल श्रेष्ठ, पूरणबहादुर शाक्य, अनुपमान सैंजू र चन्द्रकान्त न्यौपाने सम्मानित भएका छन् ।

​समाजको सफलताको कामना र सम्मानित कार्यक्रमको प्रशंसा गर्दै पत्रकार भोजराज भट्टराई ,साहित्यकार रामप्रसाद अर्याल, सम्मानित व्यक्तिहरू अम्बिका पौड्याल र अनुपमान सैंजुले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। विक्रम संवत् २०५१ सालमा स्थापना भएको पाल्पा साहित्य समाजले निरन्तर रूपमा यस किसिमका साहित्यिक गतिविधिहरू गर्दै आएको छ।
समाजले पुष्कर राज रेग्मीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । सदस्य रामजी शर्माको स्वागत , अस्तित्व रेग्मीको स्वागत गीत र सचिव सविता भट्टराईद्वारा संचालित  कार्यक्रम पुष्कर राज रेग्मीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय