latest
राष्ट्रिय कर दिवस : बुटवलमा उत्कृष्ट करदातालाई सम्मान  ||    पुष्कर शाहसहित २०० साइकलयात्री पाल्पा आउँदै, मंसिर ५ देखि हेरिटेज राइड  ||    विशेषज्ञ चिकित्सकदेखि एनामली स्क्यानसम्म: २४ घण्टे सेवा लाइफकेयर सञ्चालन  ||    बर्तुङ बहुउद्देश्यीय सहकारीको आठौँ वार्षिक साधारणसभा सम्पन्न  ||    २० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्ताको महसुल तानसेन नगरपालिकाले व्यहोर्ने  ||    लोपोन्मुख तथा सीमान्तकृत समुदायको पहिचान र अधिकार सुनिश्चित गर्न प्रदेश सरकारको ध्यानाकर्षण  ||    डिप्लोमा ईन हस्पिटालिटी म्यानेजमेन्ट-DHM तानसेनमा  ||    नेपाली कांग्रेस रामपुर नगर कार्यसमितिको पदस्थापन  ||   
बुधबार , मंग्सिर ३, २०८३

राष्ट्रिय कर दिवसको अवसरमा बुटवलमा उत्कृष्ट करदातालाई सम्मान गरिएको छ । आन्तरिक राजस्व कार्यालय बुटवलले आफ्नो कार्यक्षेत्रभित्र सबैभन्दा बढी कर तिर्ने तीन संस्थालाई सम्मान गरेको हो ।
कार्यालयमा आयोजित करदाता सम्मान तथा कर सप्ताह शुभारम्भ कार्यक्रममा जनउत्थान सामुदायिक वित्तीय संस्था, सिद्धार्थ केबलकार लिमिटेड र सगुन कन्स्ट्रक्सन इन्जिनियरिङ प्रालिलाई सम्मान गरिएको हो । उनीहरूलाई रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल र कार्यालयका प्रमुख कर अधिकृत हरि बस्यालले सम्मानपत्र र दोसल्लासहित सम्मान गरेका थिए ।
कार्यालयका कर अधिकृत चिरञ्जीवी बस्यालका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा जनउत्थान सामुदायिक वित्तीय संस्थाले २ करोड २९ लाख ३९ हजार ६७० रुपैयाँ, सिद्धार्थ केबलकार लिमिटेडले २ करोड २३ लाख ५५ हजार २८१ रुपैयाँ र सगुन कन्स्ट्रक्सन इन्जिनियरिङ प्रालिले २ करोड ५ लाख ४९ हजार २५२ रुपैयाँ कर बुझाएका थिए ।
कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष नरिश्वर शर्मा पौडेल, चेम्बर अफ कमर्स लुम्बिनीका अध्यक्ष जेपी कँडेल, रुपन्देही व्यापार संघका अध्यक्ष प्रकाश ढकाल, रुपन्देही उद्योग संघका अध्यक्ष कृष्णप्रसाद पराजुली, आइक्यान रुपन्देहीका अध्यक्ष प्रमोद पन्थी र अडान रुपन्देहीका अध्यक्ष रामप्रसाद पौडेललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
आन्तरिक राजस्व कार्यालय बुटवलले राष्ट्रिय कर दिवस-२०८३ को अवसरमा विभिन्न कार्यक्रमसहित कर सप्ताह मनाउने भएको छ । सप्ताहको पहिलो दिन आज मंगलबार उत्कृष्ट करदातालाई सम्मान गर्नुका साथै बुटवलमा कर सचेतनामूलक प्रभातफेरी आयोजना गरिएको थियो । कार्यक्रममा कार्यालयका कर्मचारी, व्यबसायिक संघसंस्था तथा उद्याेगी, व्यवसायीहरुकाे सहभागिता रहेकाे थियाे ।
कर अधिकृत बस्यालका अनुसार मंसिर ३ गते बिहीबार पाल्पामा कर शिक्षा कार्यक्रम तथा पाल्पाकाे रिब्दीकोट गाउँपालिकामा कर सेवा हस्तान्तरण कार्यक्रम गरिनेछ । त्यस्तै, मंसिर ४ गते गुल्मीमा कर शिक्षा कार्यक्रम, ५ गते कार्यालयमा रक्तदान, ६ गते रुपन्देहीमा कर शिक्षा तथा कार्यालयमा आन्तरिक ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिनेछ ।
मंसिर ७ गते उत्कृष्ट कर्मचारीलाई पुरस्कार प्रदान गर्दै कर सप्ताह समापन गरिने बस्यालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय