पाल्पा, फागुन २९
पाल्पा दरबार परिसर बाहिर रहेका घरसंरचना हटाइने भएको छ । तानसेन नगरकार्यपालिकाको बैठकले शितलपाटी मूलढोला क्षेत्र वरपर र मखनटोल क्षेत्रमा रहेका ५७ घरटहरा भत्काउने निर्णय गरेको नगर प्रवक्ता यादवसिंह कार्कीले बताउनुभयो ।
सोमबार बसेको तानसेन नगरकार्यपालिकाको नवौं बैठकले सर्वपक्षीय क्षेत्र प्राप्त सुझाव र सल्लाह अनुसार पाल्पा दरबारको सौन्दर्यकरणका लागि घरटहरा हटाउने निर्णय गरेको प्रवक्ता कार्कीले बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘पुरातत्व विभागको पत्र र यहाँको सर्वदलीय, सर्वपक्षीय छलफलको निष्कर्षका आधारमा कार्यपालिकाले यहाँको सौन्दर्यकरण तथा पर्यटकीय क्षेत्रको विकास तथा विस्तारका लागि ५७ घरटहरा भत्काउने निर्णय गरेको छ । अब ३५ दिने सूचना जारी गरि गरि प्रक्रिया अगाडी बढ्छ ।’

पुरातत्व विभागले माघ १० गते तानसेन नगरपालिकालाई संरचना हटाउने सम्बन्धमा पत्र लेख्दै अव्यवस्थित शहरीकरणाकाे कारणले दरबारकाे माैलिक स्वरूपलाइ प्रतिकूल असर पर्ने गरि दरबारकाे पर्खालमा जाेडेर नयाँ संरचनाहरू बनेकाेले तत्काल हटाइ दरकारकाे माैलिक स्वरूप कायम गर्न तानसेन नगर विकासका लागि संरचनाहरु हटाउन सहजिकरणको अनुरोध गरेको थियो ।

तानसेन नगरपालिका वडा नं. ४ मा तानसेन नगरपालिकाको आफ्नै नाममा रहेको १३ वटा घरटहरा सहित, घरेलु शिल्पकलाको १३, रेडक्रसको ३, कर्मचारी मिलन केन्द्रको ३, बालसंगठनको १ तथा २००२ देखी २०२२ सम्म राणाहरुले अर्को व्यवस्था नभएसम्मको लागि भन्दै दिएका २४ घरटहरा हटाउन लागिएको हो ।
नगर कार्यपालिकाको बैठकले नगरपालिकासँग सटर वहाल सम्बन्धी गरिएको सम्झौता रद्द गर्ने, अन्य संघसंस्था वा सरकारी निकायहरुलाई सटरमा रहेका वहालवालाहरुलाई हटाउन पत्राचार गर्ने समेत निर्णय गरेको छ । विश्व सम्पदा सूचीमा तानसेनमा रहेको पाल्पा दरबार सङ्ग्राहलयलाई राख्ने योजना सहित बजेट विनियोजन तथा विकासको योजना अगाडी सारिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय