latest
सुशासन, छरितो सेवा र विकास निर्माणमा जोड : पाल्पाका नयाँ प्रजिअ पाण्डेको प्रतिबद्धता  ||    एचआइभी सङक्रमितलाइ मासिक ५ सयः तानसेनकाे नीति तथा कार्यक्रम  ||    शीत परिकल्पनाको छैटौं स्थापना दिवस  ||    गाउँमै विशेषज्ञस्तरको स्वास्थ्य सेवाः खस्यौली स्वास्थ्य केन्द्रले जित्दै बिरामीको मन  ||    पत्रकार बौडेललाई ज्यान मार्ने धम्की, नेपाल पत्रकार महासंघ पाल्पाको गम्भीर ध्यानाकर्षण  ||    रम्भामा स्थानीय पत्रकारको क्षमता विकाससम्बन्धी तालिम  ||    रम्भामा शिक्षकहरुको लागि शिक्षक पेशागत विकास कार्यक्रम  ||    नयाँ विद्यार्थीहरूका लागि पाणिनी कलेजले गर्यो दीक्षान्त प्रवेश अभिमुखीकरण  ||   
मंगलबार , असार ९, २०८३

नक्कली शरणार्थी बनाएर ठगी धन्दा गरेकाे प्रकरणमा मुछिएका नेकपा एमालेका सचिव टाेपबहादुर रायमाझी सम्पर्कविहीन भएका छन् । जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेपछि पूर्वमन्त्रीसमेत रहेका सांसद रायमाझी सम्पर्कविहीन भएका हुन् ।

बुधबार गृहजिल्ला अर्घाखाँचीबाट काठमाडाैं जाने भनेर हिँडेका उनी राति ९ बजेपछि सम्पर्कविहीन भएका प्रहरी स्राेतले बताएकाे छ । रायमाझीले भैरहवाबाट काठमाडाैं आउन बुधबार साँझका लागि काटेकाे जहाजकाे टिकटसमेत रद्द गरेकाे बुझिएकाे छ ।

‘राति ९ बजेपछि उहाँ सम्पर्कविहीन हुनुभएकाे छ । माेबाइल पनि अफ गरिएकाे छ’, प्रहरी स्राेतले भन्याे, ‘सम्भावित स्थानमा प्रहरी अलर्ट भएर बसेकाे छ ।’

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका रायमाझीका छोरा सन्दीपलाई भने प्रहरीले बुधबार नै बुटवलबाट पक्राउ गरिसकेकाे छ । बुधबार जिल्ला अदालत काठमाडौंले रायमाझी बाबुछोरालाई पक्राउ गर्न पुर्जी जारी गरेको थियो ।

याे प्रकरणमा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राइ र उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेसहितका व्यक्तिहरू पक्राउ परिसकेका छन् । शिलापत्रबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय