बिष्णु खनाल
पाल्पा, भदौ ३
पाल्पामा बजार अनुगमन गरिएको छ । अनुगमनबाट जिल्लामै पहिलो पटक सात ब्यापारी कारवाहीमा परेका छन् । जिल्ला सदरमुकाम तानसेनमा रहेका गल्ला तथा किराना पसल अनुगमनबाट मापडण्ड बिपरित कारोवार गरेका ब्यापारी कारवाहीमा परेका हुन । आईतबार तानसेनको टक्सारटोल, सिल्खानटोल, बिपि चोक र मखनटोलमा रहेका ९ वटा किराना तथा गल्ला पसल अनुगमन गरिएको थियो । अनुगमन गरिएका मध्ये सात वटा पसलहरुलाई पहिलो चरणको कारवाही स्वरुप ५ हजारका दरले जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी भक्तिसरा रानाले बताउनुभयो । उहाँले केही गल्ला पसलमा चामलको बोरामा ७५ देखी २१० ग्रामसम्म कम तौल भएको पाइएको बताउनुभयो । यो पहिलो चरणमा सामान्य कारवाही गरिएको बताउदै ब्यबसायीलाई सुझब सहित मापडण्ड पालना गर्न निर्देशन दिईएको र फेरि पनि सुझाब तथा निर्देशन पालना भएको नपाइएमा कडा कारवाही हुने सहायक प्रजिअ रानाले बताउनुभयो ।

अनुगमनका क्रममा पसलहरुले प्याकेजिङ्ग नभएको सामान बेचेको, उत्पादन मिति र उपभोग्य मिति नखुलेको सामान बेचेको, खाद्यबस्तु खुला रुपमा बेचेको, तथा तौल समेत कम पाईएकोे खाद्य प्रबिधी तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख नरेश श्रेष्ठले बताउनुभयो ।
अनुगमनका क्रममा उपभोग्य मिति पार भएका दश प्रकारका खाद्यबस्तु फेला परेको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख देबीराम भण्डारीले जानकारी दिनुभयो । जसमा ४ हजार ५ सय बराबरको अखाद्य सामाग्री पत्रकार, प्रहरी, उद्योग बाणिज्य संघ, पाल्पा ब्यापार संघ उपभोक्ता मन्च तथा जिल्ला प्रशासनको रोहवरमा नष्ट गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय