latest
२० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्ताको महसुल तानसेन नगरपालिकाले व्यहोर्ने  ||    लोपोन्मुख तथा सीमान्तकृत समुदायको पहिचान र अधिकार सुनिश्चित गर्न प्रदेश सरकारको ध्यानाकर्षण  ||    डिप्लोमा ईन हस्पिटालिटी म्यानेजमेन्ट-DHM तानसेनमा  ||    नेपाली कांग्रेस रामपुर नगर कार्यसमितिको पदस्थापन  ||    सरकारले गर्‍यो १२ मन्त्रालयअन्तर्गत नियुक्ति ६११ राजनीतिक नियुक्ति  ||    रामपुर नगरपालिकाद्वारा एकल आमाहरुका लागि घर हस्तान्तरण  ||    पाल्पाका १० स्थानीय तहसहित ३५ बढी कार्यालयको समीक्षा, साझा एजेन्डामा जोड  ||    पाल्पा ग्याँस डिलर्स संघको अधिवेशन : पर्शुराम पौड्याल सर्वसम्मत अध्यक्ष निर्वाचित  ||   
शुक्रबार , कार्तिक १४, २०८३

तानसेन नगरपालिका र नेपाल विद्युत प्राधिकरणबीच महसुल छुटसम्बन्धी सम्झौता

तानसेन — तानसेन नगरपालिका क्षेत्रभित्रका नगरवासीले खपत गर्ने न्यूनतम विद्युत महसुलमा छुट व्यवस्थापन गर्न नगरपालिका र नेपाल विद्युत प्राधिकरण, पाल्पा वितरण केन्द्रबीच सम्झौता भएको छ।

यो सम्झौता न्यूनतम विद्युत महसुल छुटसम्बन्धी कार्यविधि, २०७९ का आधारमा गरिएको छ। नगरपालिकाले सिफारिस गरेको ३ हजार ३ सय २४ जनाको नामावलीका आधारमा एकमुष्ट रु. ८ लाख ३६ हजार ६ सय ४० अग्रिम रूपमा प्राधिकरणको खातामा उपलब्ध गराउने व्यवस्था छ। प्राधिकरणले उक्त सूचीका आधारमा अनुदान प्राप्त गर्ने उपभोक्ताको महसुल कट्टा गरी जाने र सोको विवरण नगरपालिकालाई उपलब्ध गराउनेछ। उपभोक्ताको खातामा रकम बचत रहेमा बाँकी रकम चालु आर्थिक वर्षभित्र नगरपालिकाको खातामा फिर्ता गर्नुपर्नेछ।

प्राधिकरणले ५ एम्पियर स्वीकृत क्षमता भएका र २० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्ताको मात्र महसुल कट्टा गर्नेछ। खपत बढी हुने उपभोक्तालाई यो नियम लागू हुने छैन।

अनुदान लिने उपभोक्ताले आफ्नो घरको मिटर रिडिङ भएबमोजिम जरिवाना नलाग्ने गरी महसुल भुक्तानी गर्नुपर्नेछ। जरिवानाका लागि भुक्तानी गरेको महसुलमा नगरपालिकाले अनुदान दिन बाध्य हुने छैन।

नगरपालिकाले निवेदनका आधारमा अनुदान पाउने उपभोक्ताको एक्सेल सिट तयार गरी प्राधिकरणलाई उपलब्ध गराउनेछ। नामावलीमा हेरफेर गर्नुपरेमा सोको विवरण प्राधिकरणलाई दिनुपर्नेछ भने हेरफेर गर्ने अधिकार नगरपालिकालाई मात्र हुनेछ।

अनुदान लिने उपभोक्ताले आफ्नो घरको मिटर रिडिङ भएबमोजिम जरिवाना नलाग्ने गरी महसुल भुक्तानी गर्नुपर्नेछ। तानसेन नगरपालिकाले जनाएको छ।

 

कार्यक्रमअन्तर्गत आवश्यक कागजात नगरपालिकाले उपलब्ध गराउनेछ। यस कार्यक्रमको जिम्मेवारी नगरपालिका र प्राधिकरण, पाल्पा वितरण केन्द्र दुवै पक्षको हुनेछ।

दुवै पक्ष सम्झौताका सर्त र प्रचलित कानून पालना गर्न तयार रहेको तथा आपसी सहमतिमा कुनै विषय हेरफेर गर्न सकिने व्यवस्था पनि सम्झौतामा उल्लेख छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय