बिहिबार , कार्तिक १३, २०८३

पाल्पा — पाल्पा जिल्लामा पहिलो पटक होटल व्यवस्थापन तथा आतिथ्य सत्कार सम्बन्धी डिप्लोमा तहको अध्ययन अध्यापन सुरु भएको छ। तानसेनस्थित पाणिनी कलेजले लुम्बिनी विश्वविद्यालय मान्यता सहित एकवर्षे डिप्लोमा इन हस्पिटालिटी म्यानेजमेन्ट कार्यक्रम सञ्चालनमा ल्याएको हो। एसईई वा एसएलसी ननग्रेडेडले समेत डिएचएम अध्ययन गर्ने अवसर पाउने पाणिनि कलेजले जनाएको छ ।

होटल व्यवस्थापनसम्बन्धी अध्ययनका लागि बुटवल वा काठमाडौं जानुपर्ने बाध्यता हटाउँदै पाणिनि कलेजले तेस्रो शाखा पाल्पा जिल्लामा गुणस्तरीय र व्यावहारिक शिक्षा प्रदान गर्ने उद्देश्यले सञ्चालन गरेको हो । कलेजमा आधुनिक तथा प्रयोगात्मक अभ्यासमा आधारित प्रयोगशाला र सुविधायुक्त कक्षाकोठाको व्यवस्था गरिएको छ। यस कार्यक्रममार्फत विद्यार्थीले होटल तथा पर्यटन क्षेत्रमा आवश्यक ज्ञान, सीप र व्यावसायिक दक्षता हासिल गर्न सक्नेछन ।

पाणिनि कलेजमा डिएचएम, बारिष्टा, बेकरि, हाउस किपिङ लगायतका कोर्षको पढाई हुने गर्दछ । यहाँ डिएचएम सहित अन्य कार्यक्रममा ५० जनाभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको कलेज प्रमुख लक्ष्मण बश्यालले जानकारी दिनुभयो ।

एकवर्षे डिप्लोमा कार्यक्रमअन्तर्गत विद्यार्थीले पहिलो ६ महिना कलेजमा सैद्धान्तिक तथा प्रयोगात्मक प्रशिक्षण लिनेछन् भने बाँकी ६ महिना फोर तथा फाइभ स्टार होटल र रिसोर्टमा इन्टर्नसिप गर्ने अवसर प्राप्त गर्नेछन्। यसबाट विद्यार्थीले अध्ययनसँगै व्यावहारिक अनुभव हासिल गरी भविष्यमा रोजगारी तथा स्वरोजगारका अवसर प्राप्त गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

त्यसैगरी, कलेजले कुकिङ, बारिस्टा, बारटेन्डिङ, वेटर/वेट्रेस तथा हाउसकिपिङलगायतका विभिन्न छोटो अवधिका व्यावसायिक तालिमसमेत सञ्चालन गरिरहेको छ। होटल तथा पर्यटन क्षेत्रमा रुचि भएका युवालाई लक्षित गरी सञ्चालन गरिएका यस्ता कार्यक्रमले दक्ष जनशक्ति उत्पादन गर्न र स्थानीय युवालाई व्यावसायिक रूपमा सक्षम बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ । होटल तथा पर्यटन क्षेत्रको विस्तारसँगै दक्ष जनशक्तिको माग बढिरहेको अवस्थामा पाणिनी कलेजले तानसेनमै यस्तो अध्ययनको अवसर उपलब्ध गराएपछि विद्यार्थीलाई समय र खर्च बचत गर्दै व्यावसायिक शिक्षा हासिल गर्न सहज हुने देखिएको छ ।

पाणिनी कलेजमा अध्ययन गरेपछि विद्यार्थीले होटल तथा पर्यटन क्षेत्रमा आवश्यक सीप, ज्ञान र व्यावहारिक अनुभव हासिल गर्न सक्नेछन्। यसले स्वदेशमै छिटो रोजगारी प्राप्त गर्न तथा विदेशमा होटल, रेस्टुरेन्ट र रिसोर्ट क्षेत्रमा रोजगारीका अवसर खोज्न सहयोग पुग्ने कलेजले जनाएको छ। विशेषगरी वैदेशिक रोजगारीमा जान चाहने युवाका लागि व्यावसायिक सीप र अनुभव हासिल गरी आफ्नो करियरलाई थप सुरक्षित र उज्ज्वल बनाउन यो कार्यक्रम उपयोगी हुने विश्वास गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय