latest
२० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्ताको महसुल तानसेन नगरपालिकाले व्यहोर्ने  ||    लोपोन्मुख तथा सीमान्तकृत समुदायको पहिचान र अधिकार सुनिश्चित गर्न प्रदेश सरकारको ध्यानाकर्षण  ||    डिप्लोमा ईन हस्पिटालिटी म्यानेजमेन्ट-DHM तानसेनमा  ||    नेपाली कांग्रेस रामपुर नगर कार्यसमितिको पदस्थापन  ||    सरकारले गर्‍यो १२ मन्त्रालयअन्तर्गत नियुक्ति ६११ राजनीतिक नियुक्ति  ||    रामपुर नगरपालिकाद्वारा एकल आमाहरुका लागि घर हस्तान्तरण  ||    पाल्पाका १० स्थानीय तहसहित ३५ बढी कार्यालयको समीक्षा, साझा एजेन्डामा जोड  ||    पाल्पा ग्याँस डिलर्स संघको अधिवेशन : पर्शुराम पौड्याल सर्वसम्मत अध्यक्ष निर्वाचित  ||   
शनिबार , कार्तिक १५, २०८३

कपिल देवकोटा
पाल्पा, भाद्र १८

पाल्पाको पूर्वखोलामा तीज गीत प्रतियोगीता सम्पन्न भएको छ । मंगलबार नव प्रतिभा बचत तथा ऋण सहकारी संस्था लि सेवा केन्द्र पूर्वखोला र पूर्वखोला गाउँपालिका वडा नं ३ को संयुक्त आयोजनामा तिज गित प्रतियोगिता सम्पन्न भएको हो।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा पूर्वखोला गाउँपालिका अध्यक्ष नुन बहादुर थापाले यस्ता प्रतियोगिताले महिलाहरुलाई बचत गर्न प्रेरित गर्नुका साथै उद्मशिलता तर्फ अगाडि बढ्न सहयोग पुग्ने बताउनुभयो । उहाँले महिला उद्यमी भए घुर परिवार नै आर्थिक रुपले सवल हुने बताउनुभयो ।
यस्तै विशिष्ट अतिथिमा प्रमुख प्रशासकिय अधिकृत सुन्दर प्रसाद श्रेष्ठ रहनुभएको थियो । प्रतियोगीतामा योग केन्द्र पूर्वखोलाका प्रमुख माधव शर्मा लगायतको उपस्थिति थियो ।

कार्यक्रममा पूर्वखोला ३ का वडा अध्यक्ष कृष्ण प्रसाद भट्टराई , वडा सदस्य बासुदेव न्यौपाने, उद्बबुद् कलेजका प्रमुख हरि प्रसाद न्यौपाने , उद्बुद् मा वि का सहायक प्र अ सुशील न्यौपाने , नव प्रतिभा साकोस पूर्वखोलाका प्रमुख शिव प्रसाद पौडेल , कन्दरा न्युजका प्रतिनिधी नवीन आचार्य लगायतले हरितालिका तिजको शुभकामना दिनुभएको थियो ।

महिला विकासमा गाउँपालिका र सहकारीको भूमिका विषयक प्रतियोगितामा जम्मा ७ समुहको सहभागीता रहेको थियो , उक्त प्रतियोगितामा उद्बुद् मा वि का शिक्षक अनन्त राम पाण्डे , गाउँपालिकाकी कर्मचारी शान्ति काम्मु तथा नव प्रतिभा साकोस पूर्वखोला कि उपसमिति सदस्य विष्णु कुमारी आचार्य निर्णायकको रूपमा रहनु भएको थियो ।
प्रतियोगितामा रिङ्नेरह स्वास्थ्य चौकीको समूह प्रथम , उद्बुद् मा वि को समूह द्वितीय र प्रगतिशील आमा समूहले तृतीय स्थान हासिल गर्न सफल भएका थिए । प्रथम , द्वितीय र तृतीय हुने समुहका साथ साथै सहभागी समुहहरूलाई समेत नगद पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रम महिला सशक्तीकरण रिङ्नेरहकी अध्यक्ष कुबिजा भण्डारी भट्टराईको अध्यक्षता, यम कान्ति न्यौपानेको स्वागत र संचालन नव प्रतिभा साकोस पूर्वखोला उपसमिति संयोजक सम्झना न्यौपानेले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय