पाल्पा, चैत २७

नेपाल टेलिकम दुरसञ्चार कार्यालय पाल्पाले वायरलेस नमस्ते वाइफाई वितरण शुरु गरेको छ । पहिलो दिनमै ६ जना ग्राहकहरुलाई कार्यालय प्रमुख ढाकाराम पौड्यालले उक्त नमस्ते वाइफाइ राउटर वितरण वितरण गर्नुभएको थियो ।

सरकारी स्वामित्वको नेपाल टेलिकमले भर्खर मात्र शुरु गरेको यो वायरलेस इन्टरनेट सेवाले अप्टिकल फाइबर इन्टरनेट नपुगेका क्षेत्रमा ब्रोडब्यान्ड कनेक्टिभिटी प्रदान गर्नेेछ । यो सेवा यसको अहिलेसम्मकै सर्बशुलभ मुल्यमा र पोर्टेबिलिटीको कारण ग्राहकमाझ लोकप्रिय छ । नेपाल टेलिकमले बेसिक तथा प्रिमियम अनलिमिटेड डाटा सहित भ्वाइस प्याकेजहरू पनि उपलब्ध गराएको छ । बिशेष गरि फोरजी कनेक्टिभिटी भएका ग्रामिण क्षेत्रमा यो सेवा प्रभावकारी हुने नेपाल टेलिकम पाल्पाका सुचना अधिकृत श्रीराम रेग्मीले जानकार दिनुभयो । यसबाट अनलिमिटेड फोरजी इन्टरनेटका साथै ल्याण्डलाइन टेलिफोन चलाउन सकिने छ ।

इन्टरनेटमात्र चलाउन अनलिमिटेड बेसिक प्याकेज अन्तर्गत ६ महिने प्याकेजको लागि रु ५,९९९ र वार्षिक जडानको लागि रु १०,४९९ लाग्नेछ । यस्तै अनलिमिटेड प्रिमियम अन्तर्गत ६ महिने प्याकेजको लागि रु ८,९९९ र वार्षिक प्याकेज रु १६,४९९ लाग्नेछ । इन्टरनेट सहित ल्याण्डलाइन चलाउन अनलिमिटेड बेसिक प्याकेज अन्तर्गत ६ महिने प्याकेजको लागि रु ७,४९९ र वार्षिक जडानको लागि रु १३,४९९ लाग्नेछ । यस्तै अनलिमिटेड प्रिमियम अन्तर्गत ६ महिने प्याकेजको लागि रु १०,४९९ र वार्षिक प्याकेज रु १९,४९९ लाग्नेछ ।

यी प्याकेजहरुमा राउटर गाउँ गाउँमा जता पनि लैजान सकिने, लाइन नभएको बेला पनि चलाउन सकिने भएकाले कामका लागि बिभिन्न ठाउँमा हिडिरहनुपर्ने ब्याक्ति, भाडामा बस्ने विद्यार्थी, बिभिन्न पेशामा आवद्ध ब्याक्ति तथा गाडीहरुमा पनि प्रभावकारी हुने नेपाल टेलिकम दुरसञ्चार कार्यालय पाल्पाका ब्यापार अधिकृत भुपति तिवारीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय