latest
सुशासन, छरितो सेवा र विकास निर्माणमा जोड : पाल्पाका नयाँ प्रजिअ पाण्डेको प्रतिबद्धता  ||    एचआइभी सङक्रमितलाइ मासिक ५ सयः तानसेनकाे नीति तथा कार्यक्रम  ||    शीत परिकल्पनाको छैटौं स्थापना दिवस  ||    गाउँमै विशेषज्ञस्तरको स्वास्थ्य सेवाः खस्यौली स्वास्थ्य केन्द्रले जित्दै बिरामीको मन  ||    पत्रकार बौडेललाई ज्यान मार्ने धम्की, नेपाल पत्रकार महासंघ पाल्पाको गम्भीर ध्यानाकर्षण  ||    रम्भामा स्थानीय पत्रकारको क्षमता विकाससम्बन्धी तालिम  ||    रम्भामा शिक्षकहरुको लागि शिक्षक पेशागत विकास कार्यक्रम  ||    नयाँ विद्यार्थीहरूका लागि पाणिनी कलेजले गर्यो दीक्षान्त प्रवेश अभिमुखीकरण  ||   
मंगलबार , असार ९, २०८३

पाल्पा,रामपुर नगरपालिका–४, खोप्टारमा रहेको धर्मशालामा लक्ष्मीनारायण पाटी संग्राहालय समुद्घाटन गरिएको छ । लक्ष्मीनारायण गुठी द्वारा सञ्चालित ऐतिहासिक पाटी भवन धर्मशालामा स्थापना गरिएको संग्राहालयको बुधबार उट्घाटन गरिएको हो ।

 लक्ष्मी नारायण पाटी संग्राहालय समितिले कुनै समय गाउँघरमा प्रचलनमा रहेका पुराना ऐतिहासिक वस्तु तथा विभिन्न जातजातिका भेषभूषा संग्रह गरी संग्राहालय शुभारम्भ गरेको हो । संग्राहालयको समुद्घाटन गर्दै रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले पुर्खाहरुले प्रयोग गरेको सामग्री, तत्कालीन समयको परिवेश र इतिहास बारे नयाँ पुस्तालाई जानकारी दिन संग्राहालयले सहयोग गर्ने बताउनुभयो । पाटी भवन रामपुरको इतिहास मात्र नभै पर्यटकिय गन्तव्य रहेको बताउँदै नगरपालिका धर्मशालाको संरक्षण तथा संग्राहालयको व्यवस्थापनमा आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । स्थापना संगै निरन्तरता दिनु महत्वपूर्ण हुने भन्दै उहाँलेनगरपालिकाले आवश्यक बजेटको व्यवस्था गर्ने बताउनुभयो ।

रामपुर ४ का वडा अध्यक्ष राम बहादुर रानाले संग्राहालयको संरक्षण र सम्वद्र्धन गर्नु सबैको दायित्व रहेको बताउँदै वडाले पनि आवश्यक साथ र सहयोग गर्ने बताउनुभयो । संरक्षणका लागि वरपरका समुदायको अझ सक्रियताको खाँचो रहेको बताउनुभयो । रामतुलसी माविका प्रधानाध्यापक बालकृष्ण लम्सालले ऐतिहासिक पाटीले बटुवालाई आश्रय दिनुका साथै हालको रामतुलसी मावि समेत यही पाटीमा सञ्चालन भएको बताउनुभयो । उहाँले विद्यालयले पनि संग्राहालय स्थापनाको तयारी गरिरहेको जानकारी गराउनुभयो । लक्ष्मीनारायण गुठी सञ्चालन संस्थाका अध्यक्ष बुद्धिप्रकाश रेग्मीले धर्मशालाको ऐतिहासिक पृष्ठभुमिको बारेमा जानकारी दिदै संग्राहालय गुठी मातहतमा रहेपनि स्थानीयहरु बाट नै सञ्चालन हुने बताउनुभयो । उहाँले  संग्राहालय सञ्चालनका लागि गुठीले आवश्यक सहयोग गर्ने बताउनुभयो ।

लक्ष्मी नारायण पाटी संग्राहालय समितिका अध्यक्ष कविता मल्लले नगरपालिका र स्थानीयको साथ सहयोग बाट संग्राहालय स्थापना गरिएको जानकारी दिनुभयो । व्यवस्थापनका अन्य कार्यहरु बाँकी रहेकाले क्रमश थप व्यवस्थापन गर्दै जाने बताउनुभयो । उपाध्यक्ष क्याप्टेन ओमनारायण श्रेष्ठले रामपुर नगरपालिका ३ देखि ७ सम्मका विभिन्न व्यक्तिहरुले निःशुल्क प्रदान गर्नु भएको सामाग्री संकलन गरी संग्राहालयमा राखिएको बताउनुभयो । विभिन्न जातजाति संग सम्बन्धित संस्थाहरुको समन्वयमा जातिय पोशाकहरु संग्राहालयमा राखिएको छ । धर्मशालाको तल्लोतलामा विगतमा प्रचलनमा रहेका पुराना सामग्री र दोस्रो तलामा विभिन्न जातजाति संग सम्बन्धित पोसाकहरु राखिएको छ । लक्ष्मी नारायण पाटी संग्राहालय समितिका सचिव इन्द्र बहादुर घर्तीले रामपुर नगरपालिका बाट प्राप्त दुई लाख बजेटले यस वर्ष कम्पाउण्डको केही काम गरिएको र वडा नं. ४ बाट विनियोजित एक लाख रकमले संग्राहालयमा लाईटको व्यवस्था गरिएको जानकारी दिनुभयो ।

संग्राहालय समुद्घाटनको अवसरमा स्थापनाको लागि सहयोग गर्नुहुने विभिन्न संस्था तथा व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो । लक्ष्मी नारायण पाटी संग्राहालय समितिका अध्यक्ष कविता मल्लको अध्यक्षतामा भएको कार्यक्रम रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाको प्रमुख आतिथ्यतामा भएको थियो । उपाध्यक्ष क्याप्टेन ओमनारायण श्रेष्ठको स्वागत बाट सुरु भएको कार्यक्रममा सहभागीहरुलाई धन्यवाद वडा नं. ४ का वडा अध्यक्ष राम बहादुर रानाले ज्ञापन गर्नु भएको थियो भने सञ्चालन सचिव इन्द्र बहादुर घर्तिले गर्नु भएको थियो। कालीगण्डकी बेसीको धार्मिक तथा सांस्कृतिक महत्व बोकेको दुई सय वर्ष पुरानो धर्मशालालाई २०७२ को भूकम्प बाट क्षति भएपछि पुरातत्व विभागको तीन करोड छ लाख ५३ हजारको लागतमा पुनः निर्माण गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय