latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

योगदानमा आधारित सामाजिक सुरक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम तानसेनमा सम्पन्न भएको छ। नेपाली कांग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले श्रमिक वर्ग कुनै पनि मुलुकको मेरुदण्ड भएकाले उनीहरूको अधिकार र सुरक्षाको सुनिश्चितता विना समृद्धि सम्भव नहुने बताउनुभयो।

नेपाल ट्रेड युनियन कांग्रेस, लुम्बिनी प्रदेशद्वारा तानसेन, पाल्पामा गरिएकाे कार्यक्रममा सभापति श्रेष्ठले श्रमिकका हक–हित, तलब, सेवा सुविधा, सामाजिक सुरक्षा कोष, स्वास्थ्य सुरक्षा तथा रोजगारको स्थायित्वजस्ता विषयमा गरिएको छलफल सकारात्मक रहेको बताउनुभयो ।  श्रमिकमाथिको अन्याय, शोषण र असमान व्यवहार अन्त्यका लागि कानुनी प्रावधान मात्र पर्याप्त नरहेको र तिनको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको उल्लेख गर्दै नेपाली कांग्रेस सधैं श्रमिक पक्षधर रहेको बताउनुभयेा । साथै काङ्गेस सामाजिक न्यायका पक्षमा उभिइरहने धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा विशिष्ट अतिथि तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले स्थानीय तहमा करार सेवामा कार्यरत कर्मचारीहरूका लागि पेन्सन सुविधा नभएको उल्लेख गर्दै नगरपालिकाले ३८ लाख रुपैयाँको सामाजिक सुरक्षा कोष स्थापना गरेको जानकारी दिनुभयो । 

नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय सदस्य लक्ष्मण रायमाझीले सामान्य आम्दानी गर्ने श्रमिक वर्गलाई सामाजिक सुरक्षाबाट लाभान्वित बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । नेपाल शिक्षक संघका केन्द्रीय उपाध्यक्ष दीपक ज्ञवालीले सरकारले शिक्षा विधेयक ल्याउन ढिलाइ गरिरहेको भन्दै ट्रेड युनियन कांग्रेसले त्यसमा दबाब दिनुपर्ने बताउनुभयो । नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय वरिष्ठ उपाध्यक्ष तेजेन्द्र कार्कीले मजदुरका हकहित र अधिकारका लागि संगठन सधैं क्रियाशील रहेको उल्लेख गर्नुभयो।

महासंघका केन्द्रीय कोषाध्यक्ष सञ्जय दाहालले सामाजिक सुरक्षाको कार्यान्वयन र सांगठनिक संरचनालाई अझ सक्रिय बनाउन आवश्यक छलफलहरू भइरहेको जानकारी दिनुभयो।

कार्यक्रममा नन्दा ज्ञवालीले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने स्वागत मन्तव्य नेपाल ट्रेड युनियन कांग्रेस पाल्पाका सभापति नीलकण्ठ देवकोटाले गर्नुभएको थियो भने कार्यक्रमको अध्यक्षता नेपाल ट्रेड युनियन कांग्रेस, लुम्बिनी प्रदेशका अध्यक्ष काजिमान श्रेष्ठले गर्नुभएको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय