latest
सुशासन, छरितो सेवा र विकास निर्माणमा जोड : पाल्पाका नयाँ प्रजिअ पाण्डेको प्रतिबद्धता  ||    एचआइभी सङक्रमितलाइ मासिक ५ सयः तानसेनकाे नीति तथा कार्यक्रम  ||    शीत परिकल्पनाको छैटौं स्थापना दिवस  ||    गाउँमै विशेषज्ञस्तरको स्वास्थ्य सेवाः खस्यौली स्वास्थ्य केन्द्रले जित्दै बिरामीको मन  ||    पत्रकार बौडेललाई ज्यान मार्ने धम्की, नेपाल पत्रकार महासंघ पाल्पाको गम्भीर ध्यानाकर्षण  ||    रम्भामा स्थानीय पत्रकारको क्षमता विकाससम्बन्धी तालिम  ||    रम्भामा शिक्षकहरुको लागि शिक्षक पेशागत विकास कार्यक्रम  ||    नयाँ विद्यार्थीहरूका लागि पाणिनी कलेजले गर्यो दीक्षान्त प्रवेश अभिमुखीकरण  ||   
मंगलबार , असार ९, २०८३

पाल्पा, बैशाख २०

“सुरक्षित सूचना प्रविधिः सुशासन र समृद्धि’’ भन्ने नाराका साथ मंगलबार तानसेनमा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइएको छ । कम्प्युटर एशोसिएशन अफ नेपाल (क्यान) महासंघ पाल्पा शाखाले सूचना तथा सञ्चार प्रविधि दिवसको सन्दर्भ पारेर आयोजना गरेको साप्ताहिक कार्यक्रम अन्तर्गत तानसेनमा मंगलबार प्रभातफेरी कार्यक्रम आयोजना गरेको हो ।

दिवसको अवसरमा तानसेन दरवार परिसरबाट सुरु भएको प्रभातफेरी मखनटोल, लहरेपिपल, नारायणटोल हुँदै सितल पाटीमा पुगेर कोणसभामा परिणत भएको क्यान महासंघ लुम्बिनी प्रदेश सह सचिव भोजराज भट्टराईले जानकारी दिनुभयो । प्रभातफेरीपछिको कोणसभालाई सम्बोधन गर्दै क्यान महासंघ पाल्पा अध्यक्ष थमन बहादुर सारुले वर्तमान समयमा सूचना प्रविधि सवै नागरिकको लागि अनिवार्य बन्दै गएको भन्दै यसलाई सुरक्षित र जीवन उपयोगी काममा जोड्न सकेमा धेरै लाभ उठाउन सकिने धारणा राख्नुभयो ।

क्यान महासंघ पाल्पा सचिव सुदिप पौडेलले क्यान पाल्पाले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको सन्दर्भमा पाल्पामा साप्ताहिक कार्यक्रम गरी सूचना तथा सञ्चार प्रविधि क्षेत्रको चहलपहल बढाउने अभियान थालेको जनाउनुभयो । प्रभातफेरीमा क्यान पाल्पामा आवद्ध संस्थामा अध्ययन गर्ने विद्यार्थी, क्यानका सदस्य, सूचना प्रविधिको क्षेत्रमा काम गर्ने कर्मचारी तथा सुरक्षाकर्मीको सहभागिता थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय