latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा,  जेठ
‘जेष्ठ नागरिक समाजका अग्रज र अनुभवका खानी हुन् ।’ जेष्ठ नागरिक सम्मान सभा समारोहमा यो उक्ती साझा नाराजस्तै बन्ने गरेको छ । जेठको १८ गते पाल्पाको बगनासकाली गाउँपालिकाको वडा नं. २ पोखराथोकमा फरक शैलीमा जेष्ठ नागरिकले सम्मानपछि मनका बह फुकाउनुभयो । ‘जेष्ठ नागरिक हुनुमा पीडा पनि छ मजा पनि छ’ यत्ती भनेर स्थानीय ८१ वर्षीय मोहन गैरे ‘बतिलो’ ले थप कुरा राख्नुभयो ।
उमेरले पाको हुँदै गएपछि जेष्ठ नागरिकमा आउने परिवर्तनलाई उजागर गर्दै उहाँले भन्नुभयो । ‘जेष्ठ नागरिक भएपछि धेरै कुरा जान्नु पर्ने रैछ, खान जान्नुपर्ने, बोल्न जान्नुपर्ने, जीवन जीवने धेरै कला जान्नुपर्ने, नत्र सवैको हेलामा परिने ।’ उमेर पाको भएपछि खानपानमा ख्याल गर्ने, आफ्ना सन्ततीहरूसँग कम बोल्ने, नरिसाउने, नसराप्ने र उनीहरूसँग राम्रो बोली बोल्ने हो भने जेष्ठ नागरिकको जीवन धेरै मजाको हुने गैरेले बताउनुभयो ।
कार्यक्रममा बोल्दै वडा नं. २ का वडाध्यक्ष तीर्थ प्रसाद भट्टराई, कार्यपालिका सदस्य गीता रेग्मी, पोखराथोक स्वास्थ्य चौकी प्रमुख सरोज काफ्ले, राजनीतिक दलका प्रतिनिधि कवि नेपाल, दिपेन्द्र ढकाल लगायतले स्थानीय सरकारले जेष्ठ नागरिकको अपेक्षासहित सम्मान कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो । जेष्ठ नागरिक ज्ञान, सीप र अनुभवका खानी भएकाले नयाँ पुस्ताको लागि प्रेरणाको स्रोत हुने भन्दै आजका युवाले जेष्ठ नागरिकको अनुभव र विचारबाट राम्रो सीप सिक्नुपर्नेमा सहभागी वक्ताहरूले जोड दिनुभयो ।
वडाको ४० जम्मा हजार बजेटबाट २५ बढी जेष्ठ नागरिकलाई खादा, सम्मानपत्र, थर्मस, यातायात खर्चसहित सम्मान गरिएको वडा सचिव धीरज पराजुलीले जानकारी दिनुभयो । जेष्ठ नागरिक समन्वय समितिका अध्यक्ष मोहन गैरेको अध्यक्षता र वडाको कृषि प्राविधिक निशा मरासीनीको सञ्चालनका कार्यक्रम भएको गाउँपालिकाका एम.आई.एस. अपरेटर भोजराज भट्टराईले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय