latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

गोपाल प्रसाद वश्याल

एक दिने काब्यिक गोष्ठी एवम् साहित्यिक अन्तरक्रिया कार्यक्रमका सहभागी साहित्यकारहरूले साहित्यमा भाषिक एवम् संरचनात्मक सौन्दर्यता र वैचारिक चेतनाको सन्तुलन हुनुपर्ने बताएका छन् । वाङमय प्रज्ञा—प्रतिष्ठान, पाल्पा, साहित्य संगम बुटवल र तिलोत्तमा साहित्य कला प्रतिष्ठान, रुपन्देहीको संयुक्त आयोजनामा श्रीनगरडाँडा, तानसेनमा सम्पन्न कार्यक्रममा पाल्पा र रुपन्देहीका विभिन्न ३८ जना साहित्यकारहरूले कविता, गीत, गजल, मुक्तक, हाइकू र लघुकथा जस्ता विविध विधामा रचनावाचन गरेका थिए । कार्यक्रममा वाचित सिर्जनाहरूको वरिष्ठ साहित्यकार डा. मुरारी पराजुलीले समीक्षा गर्दै रचनाहरूमा साहित्यतर्फ प्रवेश, सिर्जना अभ्यास र आविष्कारिक सिर्जनात्मकता रहेको बताए । डा. पराजुलीले विचार साहित्यको प्राण हो भन्दै साहित्यले आशावादी हुन, सकारात्मक सोंच बनाउन र सृष्टिलाई सुन्दर बनाउन भूमिका खेल्नुपर्ने बताए । उनीले विचार र सुन्दरताको संयोजन हुनु नै गुणात्मक रचनाको विशेषता भएको बताए ।
कार्यक्रमका प्रमुख अतिथि डा. हरि प्रसाद भण्डारीले साहित्यमा सामाजिक राजनीतिक विद्रोहको भावना बढी आउने गरेको भन्दै सकारात्मक परिवर्तनलाई समेट्दै निराशालाई चिर्न सक्नुपर्ने बताए । त्यस्तै सहआयोजक वाङमय प्रज्ञा—प्रतिष्ठान, पाल्पाका अध्यक्ष गोपाल प्रसाद वश्यालले साहित्यले सामाजिक रूपान्तरणका लागि भूमिका खेल्नुपर्ने बताए उनीले विभिन्न साहित्यिक संस्थाहरू विचको सहकार्यले पारस्परिक सिकाइ हुने भएकोले यसप्रकारका कार्यक्रम पुनः गरिने बताए । कार्यक्रममा फणिन्द्र बश्यालको गीत, छन्द लयमा वाचित विभिन्न रचनाहरू र फरकफरक प्रस्तुति शैली एवम् विषयवस्तुका कारण सिर्जनावाचन रोचक बनेको थियो ।
कार्यक्रममा बुटवलका हरि प्रसाद पौडेल, पाल्पाली साहित्यकार डा. शंकर गैरे, प्रगतिशील लेखक संघ नेपालका केन्द्रिय सदस्य राम प्रसाद अर्याल, लेपाली लेखक संघ रुपन्देहीका अध्यक्ष लिलाधर पाण्डे, गजल एवम् लघुकथाकार खगेन्द्र वश्याल, प्रगतिशील साहित्यकार दुर्गालाल तिवारी, साहित्यकार कृष्ण प्रसाद कोइराला, शंकर भण्डारी, कविराज पौडेल, पाल्पाली साहित्यकारहरू महेन्द्र पन्थी, आर. बि. निश्चल, फणिन्द्र बश्याल, धातानन्द गैरे, गोम बिक्रम, गणेश नेपाली लगायत ३८ जना साहित्यकारहरूले रचना वाचन गरेका थिए । कार्यक्रममा पाल्पाका १६ र र रुपन्देहीका २८ गरी जम्मा ४४ जना नयाँ तथा पुराना साहित्यकारहरूको सहभागिता रहेको थियो । रचनाहरू माथि तिलोत्तमा साहित्य कला प्रतिष्ठानका अध्यक्ष डा. मुरारी पराजुलीले टिप्पणी गरेका थिए ।
वरिष्ठ साहित्यकार डा. मुरारी पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रम बुटवल साहित्य संगमका सचिव कृष्ण गाउँलेले सञ्चालन एवम् हरि प्रसाद पौडेलले स्वागत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय