पाल्पा /

तिनाउ गाउँपालिका–३ पैठेडाँडास्थित सिद्धार्थ राजमार्गबाट लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन्।

प्रहरीका मंसिर ५ गते  करिब २:४५ बजे दोभान प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको चेकिङ टोलीले बुटवलबाट बागलुङतर्फ जाँदै गरेको स्कुटर जाँच गर्ने क्रममा लागुऔषध फेला पारेको हो।

ग २–००१ प १०४६ नम्बरको स्कुटर चालक बागलुङ नगरपालिका–२ निवासी २१ वर्षीय मुस्कान छम्त्यालले लगाएको हेल्मेटभित्र लुकाएर ल्याएको अवस्थामा डाइजेपाम १० एम्पुल, फेनरागन १० एम्पुल र बुफिन १० एम्पुल गरी जम्मा ३० एम्पुल फेला परेको प्रहरीले जनाएको छ।

लागुऔषध जस्तो देखिने पदार्थ बरामद भएपछि प्रहरीले छम्त्याललाई नियन्त्रणमा लिएको छ। उनलाई पाल्पा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय