latest
सुशासन, छरितो सेवा र विकास निर्माणमा जोड : पाल्पाका नयाँ प्रजिअ पाण्डेको प्रतिबद्धता  ||    एचआइभी सङक्रमितलाइ मासिक ५ सयः तानसेनकाे नीति तथा कार्यक्रम  ||    शीत परिकल्पनाको छैटौं स्थापना दिवस  ||    गाउँमै विशेषज्ञस्तरको स्वास्थ्य सेवाः खस्यौली स्वास्थ्य केन्द्रले जित्दै बिरामीको मन  ||    पत्रकार बौडेललाई ज्यान मार्ने धम्की, नेपाल पत्रकार महासंघ पाल्पाको गम्भीर ध्यानाकर्षण  ||    रम्भामा स्थानीय पत्रकारको क्षमता विकाससम्बन्धी तालिम  ||    रम्भामा शिक्षकहरुको लागि शिक्षक पेशागत विकास कार्यक्रम  ||    नयाँ विद्यार्थीहरूका लागि पाणिनी कलेजले गर्यो दीक्षान्त प्रवेश अभिमुखीकरण  ||   
बुधबार , असार १०, २०८३

तानसेन नगर प्रज्ञा प्रतिष्ठान, तानसेन नगरपालिका पाल्पाको आयोजनामा दीर्घ सेवा सम्मान तथा उत्कृष्ट कृति पुरस्कार अर्पण समारोह सम्पन्न भएको छ । तानसेन नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा नगर क्षेत्रका सामाजिक, साहित्य, संस्कृति, कला, सिर्जनात्मक योगदान दिने व्यक्तित्वहरूको उपस्थितिमा सम्मान र प्रेरणादायी सम्बोधनहरूका साथ एक स्मरणीय दिनको रुपमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोष लाल श्रेष्ठले सामाजिक, साहित्य, कला र संस्कृति जस्ता सृजनशील क्षेत्रको महत्त्वपूर्ण योगदानको उच्च मूल्याङ्कन गर्दै गरिएको कार्यक्रम प्रशंसनीय रहेको बताउनुभयो । उहाले यस्ता कार्यकमहरूले नगरलाई सिर्जनात्मक उचाइमा पुर्याउने विश्वास व्यक्त गर्नुभयो । तानसेन नगर प्रज्ञा प्रतिष्ठानले सामाजिक तथा पाल्पाको चिनारी पाल्पाली ढाकाका सस्थापक,उधमी पुर्णमाया महर्जन  र साहित्यकार श्रीधर खनाललाई सम्मान गरेको खुशी व्यक्त गर्दै उहाहरूले समाजका लागि गरेका योगदानलाई अरूले पनि सिरोधार्य गर्नुपर्ने बताउनुभयो । श्रेष्ठले तानसेन नगरपालिकाले आगामी आर्थिक वर्षदेखि ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, सृजनशील प्रतिभाहरूको प्रोत्साहन र नव प्रतिभाहरूको पहिचानका लागि योजना अघि सार्ने बताउनुभयो । उहाँले नगर क्षेत्रभित्र आधुनिक पुस्तकालय निर्माणको प्रक्रिया अघि बढिसकेको र त्यसलाई अबको एक सशक्त ज्ञानकेन्द्रको रूपमा विकास गर्ने लक्ष्य रहेको बताउनुभयो । 

विशिष्ट अतिथि तथा उपप्रमुख प्रतिक्षा सिङ्जालीले तानसेन नगरपालिकामा प्रज्ञा प्रतिष्ठान स्थापना भएपछि साहित्यिक तथा सांस्कृतिक कार्यक्रमहरू नियमित रूपमा सञ्चालनमा आइरहेकोमा प्रसन्नता व्यक्त गर्दै अब सम्मान कार्यक्रमलाई अझ फराकिलो बनाएर विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने स्रष्टाहरूको पहिचान गरी सम्मान गर्ने परम्परा बलियो बनाइने बताउनुभयो। उहाँले यस्ता सम्मानले सिर्जनशील प्रतिभाहरूलाई थप प्रेरणा दिने र स्थानीय सिर्जनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । 

कार्यक्रममा धवल पुस्तकालयका अध्यक्ष युवराज शर्मा, पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सिनालगायत स्थानीय बुद्धिजीवीहरूको उपस्थिति थियो। उहाहरूले नगरपालिकाले यस्ता सृजनात्मक कार्यक्रम सञ्चालन गर्नु अत्यन्त सराहनीय कार्य भएको र यस्ता कार्यक्रममा स्थानीय कलाकार, साहित्यकार तथा समाजसेवीहरूको योगदानको उचित मूल्याङ्कन हुने बताउनुभयो । 

यस अघि नगर प्रज्ञा प्रतिष्ठानले ३५ जना सदस्यहरूलाई नगर प्रमुख र उपप्रमुखको हातबाट सम्मान गरेको थियो ।हाल लुम्बिनी प्रदेशका १२ जिल्लाबाट पठाइएका कृतिहरू मध्येबाट उत्कृष्ट कृति मध्ये लेखक डाक्टर श्रीधर खनालको कृति र दीर्घ सेवा सम्मान पुरस्कार पाल्पाली ढाका उद्यमी पूर्ण माया महर्जनलाई नगर ६८ हजार,दोसल्ला र प्रमाणपत्रले विशेष रूपमा सम्मान गरिएको छ ।

कार्यक्रमको स्वागत मन्तव्य भगवती बस्यालले गर्नुभएको थियो भने समापन तानसेन नगर प्रज्ञा प्रतिष्ठान उपकुलपति चोलश्वर शर्माको सभापतित्वमा गरिएको थियो। उहाँले नगर प्रज्ञा प्रतिष्ठानले स्थानीय तहमा सिर्जनशीलता, चिनारी र इतिहासको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनुभयो । तानसेन नगरपालिकाको प्रतिष्ठानलाई साहित्य र संस्कृति मैत्री नगरका रूपमा चित्रित गर्ने गरि तानसेन नगर प्रज्ञा प्रतिष्ठानले काम गरिरहेको प्रतिष्ठानका सदस्य डाक्टर शंकर गैरे बताउनुभयो । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय