latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा, चैत ६

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा पाल्पाका चार क्याम्पस मध्ये २ मा नेविसंघ र २ मा अनेरास्ववियुकाे नेतृत्व चयन भएकाे छ । सहिद बहुमुखी क्याम्पसमा मतदान प्रक्रियाबाटै नेतृत्व चयन हुँदा त्रिभुवन बहुमुखी क्याम्पसमा भागबण्डा सहमति तथा उद्बबुद्द र माण्डव्यमा सर्वसहमतिमा नेतृत्व चयन भएकाे हाे ।

देशकै पहिलाे क्याम्पस त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा नेपाल विद्यार्थी संघको नेतृत्वमा सर्वपक्षीय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) गठन भएको छ । नेपाल विद्यार्थी संघका कृष्ण अर्याल अध्यक्षमा चयन भएको निर्वाचन अधिकृत जीवनबहादुर थापाले बताए । उपाध्यक्षमा एमाले निकट अनेरास्ववियुका अमृत भट्टराई, सचिव अनेरास्ववियु (क्रान्तिकारी) का ताराबहादुर रायमाझी, नेकपा एकीकृत समाजवादी समर्थित अनेरास्ववियुबाट सहसचिवमा उमेश भण्डारी, कोषाध्यक्षमा एमाले निकट अनेरास्ववियुका सन्तोष पोखरेल चयन भएकाे विज्ञप्ती जारी गरेर जनाइएकाे छ ।

 फागुन २७ गते मनोनयनका दिन एमाले निकट अनेरास्ववियुले निर्वाचन अधिकृत कार्यालय र क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेपछि निर्वाचनका कार्यक्रम अघि बढ्न सकेको थिएन । सदस्यमा एमाले निकट अनेरास्ववियुबाट इन्दु गाहा र सुदर्शन पाण्डेय, नेविसंघबाट मिस्मा राना र सुशील बस्याल चयन भए । यसैगरी, अनेरास्ववियु क्रान्तिकारीबाट भीम लुंगेली, सृष्टि रास्कोटी मगर, मिलन सारु, सुजिता राना, विञान दुधराज, नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूबाट उज्जवल भटराई र तुषार कालिकोटा चयन भएका छन् । राष्ट्रिय जनमोर्चा निकट अनेरास्ववियु छैठौबाट अंशु भट्टराई, राप्रपा समर्थित राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनबाट विशाल विष्ट, असंलग्न विद्यार्थी युनियनबाट प्रवेश अर्याल सदस्यमा चयन भए ।

सहिद बहुमुखी क्याम्पस पाल्पामा नेविसंघको समूह विजयी

पाल्पा रामपुरको सहिद बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारीको संयुक्त प्यानलबाट उम्मेदवार बनेका ल्याकत अली सभापतिमा विजयी भएका छन् । एमाले निकट अनेरास्ववियुका उम्मेदवार सन्देश ढकाललाई ३२ मतले पछि पार्दै अली विजयी भएका हुन् ।

आइतबार भएको निर्वाचनबाट प्रत्यक्षतर्फ सबै पदमा नेविसंघ र अनेरास्ववियु (क्रान्तिकारी) को संयुक्त प्यानल विजयी भएको निर्वाचन अधिकृत सूर्यप्रसाद घिमिरेले बताए । सभापतिमा निर्वाचित अलीले ३ सय २४ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी अखिलका ढकालले २ सय ९२ मत पाए । सचिवमा नेवि संघका रमेश पोखरेलले ३ सय ४६ मत प्राप्त गर्दा अखिलकी रमा श्रेष्ठले २ सय ६५ मत पाइन् ।
कोषाध्यक्षमा संयुक्त प्यानलका तिलक सारु ३ सय ३१ मत सहित विजयी हुँदा प्रतिस्पर्धी अखिलकी दुर्गा विकले २ सय ७७ मत प्राप्त गरे । सदस्यमा कसम मल्ल ठकुरी, कविता राना, जयन्ती दर्जी, अस्मिता खनालर महेश राक्से निर्वाचित भए । कुल मतदाता ७ सय ८२ मध्ये ६ सय ५२ मत खसेको थियो ।

समानुपातिकतर्फ नेविसंघ, अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी)ले संगठन दर्ता गराएको थियो । समानुपातिकतर्फ नेपाल बिद्यार्थी संघले ३ सय २१, अनेरास्ववियुले २ सय ७६ र अनेरास्ववियु (क्रान्तिकारी ) ले ५१ मत प्राप्त गरेको छ । उपसभापति, सहसचिवसहित ५० प्रतिशत पदाधिकारी समानुपातिक मतको आधारमा चयन हुनेछ ।

उद्बुद्ध कलेज

उद्बुद्ध कलेज स्वतन्त्र विद्यार्थी युयिनन निर्वाचन अन्तर्गत एमाले निकट अनेरास्ववियुको एकल प्यानल निर्विरोध भएको छ । सभापतिमा केशव पंगेनी, उपसभापति कमल बस्याल, सचिव कृष्णा झापुर्लक, सहायक सचिव बिनिता कामु निर्विरोध भए । सदस्यहरु सरिता नेपाली, रुपा घर्ती, हेमा हिस्की, विष्णु आचार्य, संगीता आचार्य, नेत्रबहादुर पल्ली रहेका छन् ।

माण्डव्य बहुमुखी क्याम्पस

दमकडास्थित माण्डव्य बहुमुखी क्याम्पसमा पनि एमाले निकट अनेरास्ववियुका सरोज अधिकारी सभापति र बन्दना सुनार सचिव रहेको समिति गठन भएको छ । यहाँ नेविसंघ र एकीकृत समाजवादी निकट अनेरास्ववियुसमेत समितिमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय