latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३

दाङ । लुम्बिनी प्रदेशका २ लाख ६२ हजार ५ सय २१ किशोरीहरुलाई एच.पि.भि. खोप दिन सुरू भएको छ । लुम्बिनी प्रदेशका कक्षा ६ देखि १० सम्म अध्ययनरत १० वर्ष देखि १४ वर्ष सम्मका किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भि. खोप दिईने भएको हो ।

रुकुम पुर्वमा १ सय १० जना स्वास्थ्यकर्मी स्वयंसेवकले ३ हजार ३६ किशोरीहरुलाई खोप लगाउने छन् । त्यस्तै रोल्पामा ५ सय २० स्वास्थ्यकर्मी स्वयंसेवकले १२ हजार ८ सय ५ जना, प्युठानमा ४ सय ८६ स्वास्थ्यकर्मी स्वयंसेवकले १३ हजार ५ सय ३ जना, गुल्मीमा ४ सय २० जना स्वास्थ्यकर्मी स्वयंसेवकले ११ हजार २ सय ८८ जना, अर्घाखाँचीमा ४ सय १४ स्वास्थ्यकर्मी स्वयंसेवकले ८ हजार २ सय १४ जना, पाल्पाका ६ सय ३० स्वास्थ्यकर्मी स्वयंसेवकले १० हजार ७ सय ४३ जना किशोरीलाई खोप लगाउने भएका हुन् ।

त्यस्तै नवलपरासी पश्चिमका ४ सय २ स्वास्थ्य स्वयंसेवकले १६ हजार ८० जना, रुपन्देहीमा १ हजार ३ सय ७६ स्वास्थ्य स्वयंसेवकले ५८ हजार ८ सय ९८, कपिलवस्तुमा १ हजार १ सय ४४ स्वास्थ्य स्वयंसेवकले ३४ हजार ६ सय ७३ जना, दाङमा १ हजार ४८ स्वास्थ्य स्वयंसेवकले ३९ हजार २ सय ८२ जना, बाँकेका १ हजार ४८ स्वास्थ्य स्वयंसेवकले ३३ हजार ३ सय ७५ जना र बर्दियामा ६ सय ४ स्वास्थ्य स्वयंसेवकले २० हजार ६ सय २४ जना किशोरीहरुलाई एच.पि.भि. खोप लगाईने भएको हो ।

लुम्बिनी प्रदेशमा जम्मा ८ हजार २ सय २ जना स्वास्थ्य स्वयंसेवक परिचालन हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ । जसमा ३ हजार २ सय ८० विद्यालयका २ लाख ४३ हजार ५ सय १६ जना छात्राहरु र विद्यालय बाहिरका १९ हजार ५ किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भि. खोप दिईने भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय