latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा, १२ असार

पत्रकारीतामा रुचि हुनेका लागी नेपाल प्रेस युनियन पाल्पाले तालिम संचालन गरेको छ । नेपाल प्रेस युनियन पाल्पा शाखाले बिहिबार पत्रकारको क्षमता विकास तालिम सञ्चालन गरेको छ ।

तानसेनस्थित मोहन कन्या माविमा तालिम सञ्चालन गरिएको हो । तालिममा युनियनका केन्द्रीय उपाध्यक्ष तथा कान्तिपुर दैनिकका उपसम्पादक माधव अर्यालले डिजिटल मिडिया र यसको प्रयोग, एआई, साइबरक्राइम र युनियन पाल्पाका निवर्तमान सभापति भरत शर्माले पत्रकार र पत्रकारिता, समाचार लेखन, समाचारका स्रोत, समाचारको विश्वसनियता लगायतका विषयमा प्रशिक्षण दिनुभयो ।

युनियनकी अध्यक्ष मन गहिरेका अनुसार पत्रकारिता क्षेत्रमा लागेका र लाग्न चाहनेहरुका लागि युनियनले बेला बेलामा तालिमहरु सञ्चालन गर्दै र्आएको छ । “हामीले पत्रकारिता क्षेत्रलाई समय सापेक्षा बनाउने, यस क्षेत्रमा लाग्न रुची राख्ने र लागि सकेकाहरुको क्षमता विकासका लागि तालिम, गोष्ठीहरु गर्र्दै आएका छौं ।” उहाँले भन्नुभयो ।
तालिममा ५० जना सहभागी रहेका थिए । युनियनकी अध्यक्ष गहिरेको अध्यक्षता, उपाध्यक्ष विष्णु खनालको स्वागत, सहसचिव सन्तोष गहतराजको सञ्चालनमा तालिम भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय