पाल्पाको बगनासकाली गाउापालिकाले सञ्चालन गरेको गाउँतहमा एकीकृत सेवासहितको घुम्ति शिविरबाट पाचँ हजारबढी सेवाग्राही लाभान्वित भएका छन् ।

गाउँपालिकाले ९ वटै वडामा सामाजिक सुरक्षा भत्ता वितरण, आयुर्वेद, पशुसेवा र स्वास्थ्य सेवातर्फ निःशुल्क स्वास्थ्य परामर्श, चेकजाँच तथा औषधि वितरण, कृषि सेवातर्फ कृषि उपज प्रदर्शनी, गरिव घरपरिवार परिचय पत्र वितरण, जेष्ठ नागरिक परिचय–पत्र वितरण, व्यवसाय दर्ता, नविकरण, गुनासो तथा सुझाव सङ्कलनसहितको एकीकृत घुम्ती शिविर संचालन गरेपछि नागरिकलाई सहज भएको हो ।

वडागत रुपमा एकीकृत घुम्ति सेवाबाट जनगुनासो र समस्या समाधानमा पनि सहज भएको गाउँपालिका अध्यक्ष सरस्वती चिदीले बताइन् । आफूहरूले निर्वाचनको समयमा जनताको घरदैलोमा पुग्दा गरेको प्रतिबद्धता अनुसार वडातहमा सेवा प्रवाह गरेको र आगामी दिनमा पनि थप सेवासहित एकीकृत घुम्ती शिविर सञ्चालन गर्ने योजना रहेको अध्यक्ष चिदीले बताइन।

यसअघि नेपाल बैंकमार्फत वितरण हुँदै आएको सामाजिक सुरक्षा भत्ता नेपाल बैंकसँगको सहकार्यमा सवै वडाबाटै वितरण गरिएकपछि नागरिकलाई दिन खर्चेर बैकसम्मप ुग्नुपर्ने बाध्यताको अन्त्य भएको छ । गाउँमै विभिन्न सेवासहितको शिविर आएपछि नागरिकमा उत्साह थपिएको हो । शिविरमा स्वास्थ्य परीक्षण शिविरतर्फ ९ सय ७९ जना, आर्युवेद स्वास्थ्य जाँचतर्फ ९ सय ६८ जनाले लाभ लिएका छन् ।

यस्तै कृषि सेवातर्फ सवै ४०६ जना कृषकको प्रदर्शनीमा सहभागिता रहेको थियो । पशु स्वास्थ्य परामर्शसहित औषधि वितरणमा ८५८ जना, ३२ घरपरिवारलाई गरिव घरपरिवार परिचय पत्र वितरण २३९ जनाको जेष्ठ नागरिक परिचय पत्रको लागि विवरण सङ्कलन एवम् परिचय पत्र वितरण र सबै वडामा गरी ११ जनाको गुनासो सङ्कलन भएको गाउँपालिकाका प्रवक्ता टीका बहादुर थापाले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय