latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा, भदाै ११

पाल्पको तानसेन नगरपालिका–१४, अर्गलीस्थित पुरानो गाउँमा लु ४२ प ६७०९ नम्बरको मोटरसाइकल दुर्घटनामा सल्यानको कालीमाटी गाउँपालिका–२, का ३० वर्षीय नरेश घर्ती मगरको मृत्यु भएको छ । तानसेन–रिडी तम्घास सडक खण्ड अन्तर्गत अर्गलीमा आइतबार राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

जोर्तेदेखि अर्गलीतर्फ जाँदै गर्दा भएको दुर्घठनामा मोटरसाइकलको पछाडी बसेका पश्चिम नवलपरासीको सराबल गाउँपालिका–१, का २८ वर्षीय प्रकाश थारु घाइते भएको प्रहरी नयव उपरीक्षक वीरेन्द्र थापाले बताए । मोटरसाइकल आफैँ अनियन्त्रित भई भित्तामा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएकाे छ । दुर्घटनामा घाइते भएका दुवै जनालाई तत्काल तानसेनस्तित युनाइटेड मिसन अस्पताल ल्याएकामा घर्तीमगरलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

घाइते थारुको मिसन अस्पतालमा उपचार भइरहेकामा थप उपचारका लागि लुम्बिनी मेडिकल कलेजमा रिफर गरिएको छ । मोटरसाइकल गएराती साढे १ बजे दुर्घटना भएको थियो । दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय