latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा, फागुन १८ 

पाल्पाकाे रिब्दीकाेट गाउँपालिकाले नियमित रूपमा जाँडरक्सी खाने व्यक्तिलाई खोजीखोजी सम्मान गरेकाे छ । नियमित रूपमा जाँडरक्सी खाने ६० जनालाई गाउँपालिकाकै कार्यालयमा जम्मा गरी टिका, फूलमाला लगाएर र पोसाक वितरण गरी सम्मान गरिएकाे गाउँपालिकाले जनाएकाे छ।

रिब्दीकोट गाउँपालिका ३ खस्यौलीका एक पुरुषले पालिकाको सम्मान कार्यक्रममा आउँदासम्म बिहानदेखि ३ गिलास रक्सी खाइसकेका थिए । गाउँपालिकामा प्रहरीहरू देख्दा आफूलाई पक्राउ गर्न बोलाएको हो कि जस्तो सन्तलाई लागेको थियो । तर, रक्सीकै नसामा पनि गाउँपालिकाले फूलमालाले सम्मान गरेपछि उनको दिमागमा केही हलचल भयो । ‘साथीभाइको संगतले रक्सी खान सिकियो, रक्सीले त हाम्रो जीवनै बर्बाद पारेको रहेछ ।’ आजैदेखि रक्सीको मात्रा घटाएर छोड्ने उनले मञ्चमै पुगेर वाचा गरे । उनी जस्तै रिब्दीकोट गाउँपालिका १ ख्याहाका एक पुरुष रक्सी खाएरै श्रीमतीसहित गाउँपालिकाको सभाहलमा छिरे । आफू जस्तै नियमित रक्सी खाएर हिँड्ने दर्जनौं व्यक्तिलाई गाउँपालिकाले टीका, फूलमालासहित पोसाकबाट सम्मानित गरेको देख्दा उनी निकै खुसी देखिए । मञ्चमा गए । रक्सीको नसाले आफूलाई बहुला बनाएको गीत गाए र रक्सी नखाने प्रतिवद्दता पनि गर्न भ्याए ।

रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्कीले पालिकाभित्र जाँडरक्सी सेवनबाटै धेरै मानिसको घरबार बिग्रिएको, परिवार लथालिंग भएको, परिवार, समाजमा दिनहुँँ झगडा कलह गर्नेहरूलाइ खाेजी गरि सम्मान गरिएकाे बताए । सरकारले जनताको अभिभावकत्व ग्रहण गर्ने भएकाले गाउँपालिकाले नियमित जाँडरक्सी खाने व्यक्तिलाई खोजी खोजी सम्मान गरेर रक्सी खाने मन विचार बुद्धिलाई सही काममा मोड्नका लागि पहिलोपटक अभियान सुरु गरेको अध्यक्ष कार्कीले बताए ।

गलत बाटो तथा संस्कारमा लागेका व्यक्तिहरूलाई साहारा दिई सुधार गर्नु स्थानीय सरकारको कर्तव्य र दायित्व भएकोले यो अभियान सुरु गरेको पालिका उपाध्यक्ष कान्ता अधिकारीले बताइन् । स्थानीय सरकार घरदैलोको सरकार भएकोले गाउँघरमा रहेको विकृति विसँगति हटाउने, जाड रक्सीमा बरालिएर घरवार विगारेकालाई सुधार गर्ने, नैतिक जिम्मेवारी भएकाेले अभियान सुरू गरिएकाे रिव्दीकोटका प्रमुख प्रशासकीय अधिकृत मणी प्रसाद खनालले बताए ।

कार्यक्रममा आएका अति विपन्न एवं आर्थिक अवस्था कमजोर भएका ३० घरपरिवारलाई पालिका अध्यक्ष कार्कीले आफ्नो तलव भत्ताबाट निःशुल्क रूपमा स्वास्थ विमा गरिदिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय