latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

संरक्षण कानुन बनाउनुपर्नेमा जाेड

सात बुँदे घाेषणापत्र जारी गर्दै प्रथम शालग्राम महोत्सव २०८२ सकिएकाे छ । शालग्राम संरक्षणकाे कानून बनाउनुपर्नेमा जाेड दिँदै १ सय ८ काेठाकाे धर्मशाला निर्माण अभियान प्रारम्भ गर्ने संकल्पका साथ महाेत्सव सकिएकाे हाे ।

‘रुरु धार्मिक तथा पर्यटकीय क्षेत्रको गुरुयोजना, २०७६’ कार्यान्वयनका गर्न तीनै तहका सरकारले समन्वय र सहकार्य गर्ने घोषण गरेका छन् । रुरु क्षेत्रको धार्मिक तथा सांस्कृतिक विकासका लागि लुम्बिनी प्रदेश सरकारले तयार गुरूयाेजना समेत अगाडी बढ्ने भएकाे हाे । पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाको सङ्गमस्थल रुरु क्षेत्रको गुरुयोजना अनुसार नै कालीगण्डकीमा मात्र पाइने शालिग्रामको प्रचारप्रसार गर्न दुई दिने शालग्राम महोत्सव गरिएकाे हाे ।

महोत्सवमा नारायणाचार्य देव बाबा र मुरलिमाेहन बास्ताेलाले शालग्रामका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए भने कार्यपत्रकाे टिप्पणी रमेश ढकालले गरेका थिए । महोत्सवमा १ हजार ८ शालिग्रामको पुजन, बिक्री वितरण, ऋषिकेशवको रथयात्रा, झाँकी र्‍यालीलगायत भजनकिर्तन, कालीगण्डकीमा सन्ध्याकालीन आरती गरिएकाे हाे ।

प्रथम शालग्राम महोत्सवले रुरुक्षेत्रबाट पाल्पाको रामपुरसम्मको कालीगण्डकी नदी प्रवाहस्थललाई उत्तर बाहिनी गण्डकी क्षेत्रका रूपमा पहिचान गरी धार्मिक पर्यटनको विकास गर्न जोड दिएको छ । कालीगण्डकी नदी र शालिग्रामको धार्मिक महिमा र महत्वलाई प्रवर्द्धन गर्न दामोदर कुण्डबाट त्रिवेणीसम्मको धार्मिक परिक्रमा मार्ग सञ्गर्नुपर्ने साथै आदिप्रयाग हरिहर क्षेत्र (देवघाट)मा स्नान गरी हृषिकेश भगवान्को दर्शन गरी ऋणमुक्तपश्चात् मुक्तिनाथको दर्शन गरी मुक्ति प्राप्त हुने धार्मिक मान्यता अनुसार महाेत्सव गरिएकाे तानसेन नगरपालिकाका नगर प्रमुख सन्ताेषलाल श्रेष्ठले बताए ।

नेपालको चार धाममध्येको एक धाम रुरुक्षेत्र धाम हृषिकेश मन्दिर परिसरमा शालिग्राम दिवसका अवसरमा वैशाख २६ र २७ गते महोत्वसव आयोजना गरिएको हो । यस क्षेत्रमा जसले स्नान गरी तीन दिन यहाँ रही चतुरबाहु हृषिकेशको दर्शन गर्छन् त्यो व्यक्ति पवित्र हुने धार्मिक विश्वास रहिआएकाले यस स्थानमा माघे सङ्क्रान्तिमा तीन दिन मेला लाग्ने गर्छ ।

तानसेन नगरपालिका, पाल्पा रुरु गाउँपालिका गुल्मी र कालीगण्डकी गाउँपालिका स्याङ्जाको आयोजना तथा हृषिकेश मन्दिर व्यवस्थापन समितिको व्यवस्थानमा महोत्सव गरिएकाे हाे । उद्याेग तथा पर्यटन मन्त्रालय लुम्बिनीका सचिव नारद गाैतमले कालिगण्डकी र शालग्रामकाे महिमालाइ जाेगाइराख्न प्रदेश सरकारले स्थानीयलाइ निरन्तर सहयाेग गर्ने बताए । शालग्रामका विषयमा प्रचारप्रसार, प्रवर्द्धन, महत्त्वलाइ उजागर गर्न महाेत्सव गरिएकाे ऋषिकेशव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष परशुराम भट्टराईले बताए ।

यस हृषिकेश परिसरलाई सन् २००८ मा युनेस्कोले सम्भावित विश्व सम्पदा क्षेत्र सूचीमा सामेल गरेको छ । पाल्पा, गुल्मी र स्याङ्जाको संगमस्थल रुरुक्षेत्र रिडी ऋषिकेशव मन्दिरमा गरिएकाे महोत्सवका लागि लुम्बिनी प्रदेश सरकारको १० लाख सहयोग गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय