latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३

पाल्पा, २५ असोज
पाल्पाको निस्दी गाउँपालिकामा बल्ल बिजुली पुगेको छ । बिद्युतका लागि पैसा बुझाएको एक दशकपछि पाल्पाको निस्दी गाउँपालिकाको ज्यामिरे, बतासा र सिन्दुरे गाउँमा पहिलो पटक बिजुली बत्ती बलेको हो । ज्यामिरेको बतासा र सिन्दुरे गाउँमा बिगत लामो समय देखि बिजुली बत्तीको पर्खाइमा रहेका स्थानीयहरु पहिलो पटक बत्ती पुगेपछि खुशी भएका छन् ।
बिद्युतका लागि ज्यामिरेका स्थानीयले दश बर्ष अगाडी करिब २ लाख रुपैया बुझाएको भएपनि दशकसम्म पनि बिजुली बाल्न नपाएपछि स्थानीय निराश बनेका थिए । ढिलै भएपनि गाउँमा बल्ल बिजुली बलेपछि स्थानीय अहिले उत्साहित भएका छन् ।
निस्दी गाउँपालिकामा अझैपनि ६० प्रतिशत नागरिकहरु बिद्युतको पहुच भन्दा बाहिर रहेका छन् । बाकी रहेका गाउँमा पालिकाले बिद्युत बिस्तारका लागी ७२ करोड रकम बिनियोजन गरेर काम गरिरहेको छ ।
बिद्युत बिस्तार भएपछि गाउँका ४५ घरपरिवारले सुबिधा लिएका छन् । गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुले स्थानीयको मेहनत,साथ र सहयोगले बिजुली बाल्न सकिएको भन्दै सम्बन्धित सबैलाई धन्यवाद दिए । स्थानीय बासिन्दाको एकता भएमा बिकासका काममा सफलता मिल्ने भन्दै आफुले सधै सकारात्मक सुझाबको अपेक्षा राखेको उनले बताए ।
गाउँमा बिजुली बत्ती बलेपछि विद्यार्थीहरुलाई पढ्न,रेडियो सुन्न, टिभी हेर्नका लागि सजिलो हुने र टुकीको भरमा बस्नु नपर्ने जनप्रिय माबिका प्रअ टेक बहादुर पल्लीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय