
अतिरिक्त कृयाकलाप अन्तर्गत आधारभूत तह नृत्य प्रतियोगिता भएको हो ।
कार्यक्रमको प्रमुख अतिथि तानपा कार्यवहाक नगर प्रमुख यादवसिंह कार्कीले बालबालिकाको कला कलाको नजात, न धर्म न सिमाना हुने भन्दै हरेक समाज, समुदाय र संस्कृति झल्काउने नृत्य र गितहरुले नेपाली समाजको प्रतिनिधित्व गर्ने बताए । संस्कृतिको जगेर्ना गर्न र लोक संस्कृतिलाई नयाँ पुस्तामा स्थापित गर्न यस्तो प्रतियोगिताले महत्वपूर्ण भुमिका खेल्नेकार्कीले बताए ।



प्रतियोगितामा बेथल ईङलिङ बोर्डिङ स्कुल प्रथम, पोलस्टार स्कुल द्वितीय, भीएस एकेडेमी स्कुल तृतीय र पाल्पा आवासिय स्कुलले चौथो स्थान हासिल गरेका थिए। उक्त प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र चौथो स्थानहासिल गर्ने स्कुललाई क्रमशः १० हजार, ८ हजार, ५ हजार र ४ हजार सहित र प्रमाणपत्र बितरण गरिएको थियो।
यस्तै चित्रलेखन प्रतियोगितामा सरस्वती मावि प्रथम, सेन्ट क्यापितानियो द्वितीय, बेथल स्कुल तृतीय र जनता मावि स्कुलले चौथो स्थान हासिल गरेका थिए। उक्त प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र चौथो स्थान हासिल गर्नेस्कुललाई क्रमशः ५ हजार, ४ हजार, ३ हजार र २ हजार सहित र प्रमाणपत्र बितरण गरिएको थियो।
तानपाका प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डेले नृत्यले विद्यार्थीहरुको शारीरिक तथा मानसिक स्वास्थ्यलाई समेत सकारात्मक प्रभाव पार्ने बताएका थिए ।
तानसेन नगरपालिका शिक्षा शाखाको आयोजनामा भएको कार्यक्रमको अध्यक्षता पिताम्बर पाण्डे र सञ्चालन शंकर पौडेलले गरेका थिए ।