latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

अतिरिक्त कृयाकलाप अन्तर्गत आधारभूत तह नृत्य प्रतियोगिता भएको हो ।

कार्यक्रमको प्रमुख अतिथि तानपा कार्यवहाक नगर प्रमुख यादवसिंह कार्कीले बालबालिकाको कला कलाको जात, धर्म सिमाना हुने भन्दै हरेक समाज, समुदाय संस्कृति झल्काउने नृत्य गितहरुले नेपाली समाजको प्रतिनिधित्व गर्ने बताए । संस्कृतिको जगेर्ना गर्न लोक संस्कृतिलाई नयाँ पुस्तामा स्थापित गर्न यस्तो प्रतियोगिताले महत्वपूर्ण भुमिका खेल्नेकार्कीले बताए ।

प्रतियोगितामा बेथल ईङलिङ बोर्डिङ स्कुल प्रथम,  पोलस्टार स्कुल द्वितीय, भीएस एकेडेमी स्कुल तृतीय र पाल्पा आवासिय स्कुलले चौथो स्थान हासिल गरेका थिए। उक्त प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय चौथो स्थानहासिल गर्ने स्कुललाई क्रमशः १० हजार, ८ हजार, ५ हजार र ४ हजार सहित प्रमाणपत्र बितरण गरिएको थियो।

यस्तै चित्रलेखन प्रतियोगितामा सरस्वती मावि प्रथम,  सेन्ट क्यापितानियो द्वितीय, बेथल स्कुल तृतीय र जनता मावि स्कुलले चौथो स्थान हासिल गरेका थिए। उक्त प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय चौथो स्थान हासिल गर्नेस्कुललाई क्रमशः ५ हजार, ४ हजार, ३ हजार र २ हजार सहित प्रमाणपत्र बितरण गरिएको थियो।

तानपाका प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डेले नृत्यले विद्यार्थीहरुको शारीरिक तथा मानसिक स्वास्थ्यलाई समेत सकारात्मक प्रभाव पार्ने बताएका थिए ।

तानसेन नगरपालिका शिक्षा शाखाको आयोजनामा भएको कार्यक्रमको अध्यक्षता पिताम्बर पाण्डे र सञ्चालन शंकर पौडेलले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय