latest
सुशासन, छरितो सेवा र विकास निर्माणमा जोड : पाल्पाका नयाँ प्रजिअ पाण्डेको प्रतिबद्धता  ||    एचआइभी सङक्रमितलाइ मासिक ५ सयः तानसेनकाे नीति तथा कार्यक्रम  ||    शीत परिकल्पनाको छैटौं स्थापना दिवस  ||    गाउँमै विशेषज्ञस्तरको स्वास्थ्य सेवाः खस्यौली स्वास्थ्य केन्द्रले जित्दै बिरामीको मन  ||    पत्रकार बौडेललाई ज्यान मार्ने धम्की, नेपाल पत्रकार महासंघ पाल्पाको गम्भीर ध्यानाकर्षण  ||    रम्भामा स्थानीय पत्रकारको क्षमता विकाससम्बन्धी तालिम  ||    रम्भामा शिक्षकहरुको लागि शिक्षक पेशागत विकास कार्यक्रम  ||    नयाँ विद्यार्थीहरूका लागि पाणिनी कलेजले गर्यो दीक्षान्त प्रवेश अभिमुखीकरण  ||   
बुधबार , असार १०, २०८३

पाल्पा, ६ चैत

पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पस तानसेनमा स्वतन्त्र बिद्यार्थी युनियनको सभापति पदमा अनेरास्ववियु क्रान्तिकारी बिजयी भएको छ । बुधबार सम्पन्न मतगणनामा अखिल क्रान्तिकारीका मिलन घर्ति मगर बिजयी भएका हुन् । उनले कुल खसेको १२२८ मतमा ३९० प्राप्त गरी बिजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी नेपाल बिद्यार्थी संघका कृष्ण अर्यालले ३४२ मत प्राप्त गरेको निर्वचन अधिकृत जीवन बहादुर थापाले जानकारी दिनुभयो ।

त्यस्तै सचिब पदमा नेपाल बिद्यार्थी संघका शुसिल बस्यालले ५१७ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी अखिल क्रान्तिकारीका विपिन पंगेनीले ३३२ मत पाए । कोषाध्यक्षमा नेपाल विद्यार्थी संघकी मिस्मा रानाले ४१६ मत पाइन् भने उनका निकटतम् प्रतिद्धन्द्धी गंगादेवी बाह्घरेले ३४५ मत पाएकी छन् । सदस्यहरुमा नेविसंघकी आशिका विश्वकर्माले ३९०, ज्योति दर्लामीले ४२६, तोरण रास्कोटीले ३८७, नविन थापा ३९८, बबिता थापाले ४०५, सुजल भटराईले ४५२ र अखिल क्रान्तिकारीकी इच्छा थापाले ३६० मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृत थापाले जानकारी दिए । त्रिभुवन बहुमुखी क्याम्पस तानसेनमा स्ववियुका लागि भएको मतदानमा १ हजार २२८ मत खसेको थियो । कुल मतदाता विद्यार्थी १ हजार ८९४ रहेका थिए ।

रामपुर नगरपालिकास्थित शहिद बहुमुखी क्याम्पसमा भने मत गणना स्थगित भएको छ । ७१३ मतदाता रहेको क्याम्पसमा ५७१ मत खसेको थियो । जसमा ९७ मत गणना गर्न बाँकी रहदा बिबाद उत्पन्न हुँदा प्रहरीले हवाईफायर समेत गर्नु परेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय