latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

सकारात्मक सोँच र स्वस्थ जीवनका लागि जीवन र जगत सम्बन्धी २ दिने मेडिटेशन मोटिभेशन कार्यक्रम रामपुर पाल्पामा सम्पन्न भएको छ । रामपुर नगरपालिकाको आयोजनामा २ दिने मेडिटेशन मोटिभेशन कार्यक्रम आईतबार सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका साँसद तथा अर्थ उद्योग तथा पर्यटन विकास समितिका संयोजक राजु प्रसाद श्रेष्ठले मानसिक समस्या र सकारात्मक सोँचको कमीका कारण हरेक क्षेत्रमा वितृष्णा पैदा भई रहेको भन्दै नेपालको परिवेशमा आध्यात्मिक ज्ञान महत्वपूर्ण रहेको बताउनु भएको छ । उहाँले मानसिक समस्याको उपचार विधि नै ध्यान धैर्यता भएको बताउनुभयो ।सांसद श्रेष्ठले २ दिनको अवधिमा जीवन परिवर्तनका लागि सिकेका कुरालाई व्यवहारमा उतार्न सके त्यसले स्वत परिणाम दिने भन्दै जीवन र समाज सुधार संगै परिवर्तनका लागि आफैबाट शुरुवात गर्न आग्रह गर्नुभयो ।

रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले साधनाको माध्यमबाट मानिसको जीवन पद्धतिलाई परिवर्तन गर्न सकिने बताउनु भएको छ । सकारात्मक उर्जा प्राप्तिका लागि आध्यात्मिक ज्ञानको आवश्यकता रहेको बताउनुभयो । आध्यात्मको माध्यमबाट स्वय आफैलाई सुधार्न सके शान्त र समुन्नत समाज निर्माण हुने बताउनुभयो । अरुलाई दोष दिएर समाजमा विकृति विसंगति पैलिएको भन्दै यसका लागि सबै व्यक्ति सुध्रिनु पर्नेमा जोड दिनुभयो । साथै उहाँले २ दिनको अवधिमा सिकेका कुरालाई दैनिक जीवनमा प्रयोग गर्दै सकारात्मक सोँचका साथ अगाडी बढ्न र आफुले जानेका ज्ञानलाई बाँड्न अनुरोध गर्नुभयो । यस्तै रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाले अहिले समाजमा वितृष्णा संगै विकृति विसंगती बढेको भन्दै यसको निराकरणका लागि आध्यात्मिक ज्ञानको आवश्यकता औँल्याउनुभयो ।उहाँले आध्यात्मिक ज्ञानले मानिसको विचार संगै जीवन परिवर्तन गर्ने बताउनुभयो ।

कार्यक्रममा आचार्य श्री महेन्द्र बशिष्टले जीवन र जगतको बारेमा ,आचार्य विवेकले बुद्ध र बुद्धत्व र सुनिता पाण्डेले खानपान र जीवन शैलीको बारेमा ज्ञान सिकाउनु भएको थियो ।  नमस्ते पाल्पाको सभाहल रामपुरमा भई रहेको कार्यक्रममा जनप्रतिनिध राजनितिक दल विद्यालयका प्रधानाध्यापक विव्यस अध्यक्ष कर्मचारी पत्रकार लगाएत गरी ३ सय बढीको सहभागिता रहेको थियो। नगर प्रमुख थापाको अध्यक्षतामा भएको कार्यक्रम लुम्बिनी प्रदेशका साँसद तथा अर्थ उद्योग तथा पर्यटन विकास समितिका संयोजक राजु प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रमको सञ्चालन योजना शाखा प्रमुख विक्रम बस्नेतले गर्नु भएको थियो । कार्यक्रम प्रशिक्षकहरुलाई पाल्पाली ढाका टोपी र करुवा सहित सम्मान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय