latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा, १२ असार

जिल्ला प्रहरी कार्यालय पाल्पा २१ बर्षपछि हत्यामा संलग्न ब्यक्तिलाई पक्राउ गरेको छ ।

२०६१ साल असार १९ गते पाल्पाको साबिक सिलुवा गाबिस—९ हाल पूर्बखोला गाउँपालिका—१ गुनडाँडामा ५५ बर्षिय सासु चिनीसरा सार्कीको हत्या गरि फरार रहेका सोहि स्थानका ६६ बर्षिय पूर्ण बहादुर सार्कीलाई २१ बर्षपछि पाल्पा प्रहरीले पक्राउ गरेको हो । उनीहरु नाताले सासु ज्वाई पर्दछन् ।
पूर्ण बहादुर भारतमा लुकिछिपी बसेको र नेपाल फर्किने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पाको टोलीले आज बिहान करिब ४ बजेको समयमा बाँके जिल्ला नेपालगन्ज उप—महानगरपालिका—१५ स्थित जमुनाह भन्सारबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रमुख पवन कुमार भट्टराई पत्रकार सम्मेलन गरि जानकारी दिनुभयो ।
मृतको छोरीले दोश्रो बिहेगरि अन्यत्र गएपछि झगडा हुदाँ पूर्ण बहादुरले कुटपिट गरि घाँटी थिचेर हत्या गरि भारत तर्फ भागी फरार रहेको प्रहरीले जनाएको छ ।
पूर्ण बहादुरलाई मुलुकी ऐन,२०२० को ज्यान सम्बन्धी महलको १ नम्बर बमोजिम ज्यान सम्बन्धी कसूरमा जिल्ला अदालत, पाल्पाबाट मुलुकी फौजदारी कार्यबिधी संहिता, २०७४को दफा १४(१) बमोजिम ५ दिन म्याद लिई जिल्ला प्रहरी कार्यालय पाल्पाबाट थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय