latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३

त्रिभुवन बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनका सदस्य भीम लुंगेली नेपाल विद्यार्थी संघ (नेविसंघ) मा प्रवेश गरेका छन् । अखिल (क्रान्तिकारी) त्रिभुवन बहुमुखी क्याम्पसका पूर्व सभापति समेत रहेका लुंगेली औपचारिक रूपमा नेविसंघमा प्रवेश गरेका हुन्।

नेपाली कांग्रेसका पाल्पाका सभापति हिमाल दत्त श्रेष्ठ,नेपाली काङ्ग्रेस पाल्पाका सचिव सन्तोष कुमार थापा,नेपाली काङ्ग्रेस नेता तथा त्रिभुवन बहुमुखी क्याम्पसका पुर्व स्वयु वि यु सभापति माेती भण्डारी,पुर्व स्वयु वि यु सभापति हरिबाेल भट्टराई,नेपाली काङ्ग्रेस पाल्पाका महिला नेत्री शान्ति झेडी,नेपाल विद्यार्थी संघ त्रिभुवन बहुमुखी क्याम्पसका ईकाइ सभापति पुण्यप्रसाद सुवेदी,विद्यार्थी नेता तथा समर्थकहरूको उपस्थितिमा उनकाे स्वागत गरिएको थियो । नेविसंघका नेताहरूले लुंगेलीलाई खादा र प्रमाणपत्र प्रदान गरी संगठनमा स्वागत गरेका थिए ।

लुंगेलीले विद्यार्थी हकअधिकारका लागि काम गर्न र विद्यार्थीहरूको समस्या समाधान गर्न तथा प्रभावकारी विद्यार्थी आन्दोलन अघि बढाउन नेविसंघ उपयुक्त विकल्प भएको महसुस गरेकाे बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय