त्रिभुवन बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनका सदस्य भीम लुंगेली नेपाल विद्यार्थी संघ (नेविसंघ) मा प्रवेश गरेका छन् । अखिल (क्रान्तिकारी) त्रिभुवन बहुमुखी क्याम्पसका पूर्व सभापति समेत रहेका लुंगेली औपचारिक रूपमा नेविसंघमा प्रवेश गरेका हुन्।

नेपाली कांग्रेसका पाल्पाका सभापति हिमाल दत्त श्रेष्ठ,नेपाली काङ्ग्रेस पाल्पाका सचिव सन्तोष कुमार थापा,नेपाली काङ्ग्रेस नेता तथा त्रिभुवन बहुमुखी क्याम्पसका पुर्व स्वयु वि यु सभापति माेती भण्डारी,पुर्व स्वयु वि यु सभापति हरिबाेल भट्टराई,नेपाली काङ्ग्रेस पाल्पाका महिला नेत्री शान्ति झेडी,नेपाल विद्यार्थी संघ त्रिभुवन बहुमुखी क्याम्पसका ईकाइ सभापति पुण्यप्रसाद सुवेदी,विद्यार्थी नेता तथा समर्थकहरूको उपस्थितिमा उनकाे स्वागत गरिएको थियो । नेविसंघका नेताहरूले लुंगेलीलाई खादा र प्रमाणपत्र प्रदान गरी संगठनमा स्वागत गरेका थिए ।

लुंगेलीले विद्यार्थी हकअधिकारका लागि काम गर्न र विद्यार्थीहरूको समस्या समाधान गर्न तथा प्रभावकारी विद्यार्थी आन्दोलन अघि बढाउन नेविसंघ उपयुक्त विकल्प भएको महसुस गरेकाे बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय