latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३
पाल्पा, असाेज १३
पाल्पामा भारी वर्षातका कारण गएकाे पहिराेले पाल्पामा ३८ घरपरिवार विस्थापित हुने अवस्थामा पुगेका छन् । जिल्लाकाे रैनादेवी छहरा गाउँपालिकामा ६, तानसेन नगरपालिकामा ९, रम्भा, बगनासकाली र निस्दी गाउँपालिकामा एक-एक परिवार विस्थापित बनेकाे प्रहरीले जनाएकाे छ ।
रम्भा गाउपालिका ३, पाल्पा अगाहाखोला बजारमा पहिरोले करिब २० घरमा क्षेती पुर्याएको छ । उनीहरू पनि विस्थापित हुने जाेखिम छ ।
रैनादेवी छहराकाे वडा नं. १ का ५ परिवार बाढी र एक परिवार पहिराेबाट विस्थापित बनेकाे जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सन्दीप बेल्बासेले बताए।
तानसेनकाे कैलाशनगरमा नाै घरपरिवार पहिराेकाे जाेखिममा परेकाे बताइएकाे छ । रम्भा गाउँपालिका ३ मा गएकाे पहिराेमा एक गाडी समेत पुरिएकाे छ । सिद्दार्थ राजमार्ग अवरूद्द बनेकाे छ, जसका कारण रम्भा गाउँपालिका कार्यालय जाने प्रमुख बाटाे पनि बन्द भएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय