latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
शुक्रबार , साउन १, २०८३

तिनाउ गाउँपालिकाले कृषि तथा पशुपालनको कार्यमा प्रविधिउन्मुख भएको छ । यतिमात्रै हैन तिनाउँले कृषिमा पूर्ण यान्त्रिकरणमा जोड दिएको छ ।

तिनाउले चालू आर्थिक वर्षमा १ सय ३४ वटा हाते ट्याक्टर बितरण गर्ने तयारी गरेको छ । यी ट्याक्टरहरू खरिद प्रक्रियाबाट खरिद गरिसकिएको र वडा तथा टोलबाट माग संकलन गरिएको गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले बताउनुभयो । यी सबै ट्याक्टरहरू नेपाल सरकारको मान्यताप्राप्त र मेकानिकल इन्जिनियरहरुबाट प्रमाणित रहेको उहाँले बताउनुभयो । यी ट्याक्टर ७ एचपि क्षमताका रहेका छन् । त्यस्तै यसवर्ष कृषि कार्यक्रम अन्तरगत नै १५ वटा कुटानी पिसानी मिल समेत बितरण हु“दैछ । गाउँपालिकाले गोरू बिस्थापन गरी कृषिमा आधुनिकीकरण गर्ने कार्यक्रम अगाडि सारेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

कृषिमा यान्त्रिकरण कार्यक्रम अन्तरगत अघिल्ला वर्षहरुमा पनि तिनाउमा हाते ट्याक्टर र कुटानी पिसानी मिल बितरण हुदै आएको छ । “तिनाउका ८० प्रतिशत नागरिक कृषिमा आधारित छन् । यसरी यान्त्रिकरणको उपयोग बढ्दै गएपछि किसानलाई पनि धेरै सहज भएको छ ।” उहाँले भन्नुभयो । बर्षभरी गोरू पाल्ने झण्झट कम भएको उहाँको भनाई छ । मागको आधारमा मुल्याङ्कन गरी छनौटमा परेका किसानले ५० प्रतिशत अनुदानमा यी कृषि यान्त्रिकरणहरू पाउनेछन् । अहिले वडा वडामा किसानहरुबाट यान्त्रिकरणको माग गर्ने क्रम रहेको र गाउँपालिकाले निर्णय गरी उनीहरुलाई यी सामाग्रीहरू बितरण गरिने उहाँले बताउनुभयो ।

कृषि शाखा प्रमुख हेमन्तकुमार शर्माले यसरी यान्त्रिकरणको उपयोग बढ्न थालेपछि किसानलाई धेरै सहज भएको र उनीहरुले छोटो समयमा धेरै काम गर्न सफल भएको बताउनुभयो । उहाले यी मेसिनरीहरुको मर्मतका लागि गाउँपालिकाले बेला बेलामा यान्त्रिकरण मर्मतसुधार तालिम समेत संचालन गर्दै आएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय