नेकपा(माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले माओवादी केन्द्रले सदन र सडकमा शसक्त ढंगले प्रतिपक्षको भूमिका उठाउने बताएकाछन् ।  उनले माअोवादी सरकारमा नगएर जनतामा जाने र आगामी निर्वाचनमा एक्लै चुनावी मैदानमा जाने बताए ।

पूर्व अर्थमन्त्री पुनले शेयर बजार आधुनिक र कामकाजी बनाउनुपर्ने बताउँदै अर्को स्टक एक्सचेन्जमा विचौलिया खेलिरहेको बताए । सरकारले प्रतिशोधको भावनाले काम गरिरहेको बताएका छन् । सरकारले स्वेच्छाचारी ढंगले शासन गर्ने प्रयास गरेको उनको आरोप छ ।

बिहीबार प्रेस सेन्टर पाल्पाले तानसेनमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपमहासचिव पुनले दुई तिहाइ मत रहेको दाबी गर्ने सरकारले सदनबाट पास गरेर लानुपर्ने विषयलाई अध्यादेशमार्फत शासन चलाउन खोज्नु गलत भएको बताए ।

‘अध्यादेश जरुरी पर्छ, संविधानले पनि व्यवस्था गरेको छ,’ उनले भने, ‘अति जरुरी भए मात्र अध्यादेश ल्याउनु उचित भए पनि सामान्य विषयवस्तुलाई अध्यादेश जारी गर्नु गलत हो ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय