latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

नेकपा(माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले माओवादी केन्द्रले सदन र सडकमा शसक्त ढंगले प्रतिपक्षको भूमिका उठाउने बताएकाछन् ।  उनले माअोवादी सरकारमा नगएर जनतामा जाने र आगामी निर्वाचनमा एक्लै चुनावी मैदानमा जाने बताए ।

पूर्व अर्थमन्त्री पुनले शेयर बजार आधुनिक र कामकाजी बनाउनुपर्ने बताउँदै अर्को स्टक एक्सचेन्जमा विचौलिया खेलिरहेको बताए । सरकारले प्रतिशोधको भावनाले काम गरिरहेको बताएका छन् । सरकारले स्वेच्छाचारी ढंगले शासन गर्ने प्रयास गरेको उनको आरोप छ ।

बिहीबार प्रेस सेन्टर पाल्पाले तानसेनमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपमहासचिव पुनले दुई तिहाइ मत रहेको दाबी गर्ने सरकारले सदनबाट पास गरेर लानुपर्ने विषयलाई अध्यादेशमार्फत शासन चलाउन खोज्नु गलत भएको बताए ।

‘अध्यादेश जरुरी पर्छ, संविधानले पनि व्यवस्था गरेको छ,’ उनले भने, ‘अति जरुरी भए मात्र अध्यादेश ल्याउनु उचित भए पनि सामान्य विषयवस्तुलाई अध्यादेश जारी गर्नु गलत हो ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय