पाल्पा, बैशाख ।
भूमि सम्बन्धी समस्या समाधानका लागि गठित भूमि समस्या समाधान आयोग जिल्ला समिति पाल्पाले बगनासकाली गाउँपालिकामा बिहिबार अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाको कार्यालयमा भएको अन्तरक्रिया एवम् छलफल कार्यक्रममा भूमि समस्या समाधान आयोग पाल्पाका प्रमुख रामबहाुदर कार्कीको प्रमुख आतिथ्यता तथा गाउँपालिका अध्यक्ष सरस्वती दर्लामी चिदीको अध्यक्षता रहेको थियो ।
पाल्पाको बगनासकालीमा रहेका बासिन्दाको भूमि समस्या समाधानमा आयोगले काम गर्ने प्रमुख अतिथि रामबहादुर कार्कीले बताउनुभयो । उहाँले आयोगले गरेको काममा गाउँपालिकासहित सम्पूर्ण वडातहबाट साथ र सहयोग हुनुपर्ने बताउँदै तयार भएका फाइलहरू समयमा नै अनलाइन प्रविष्ट गरेर आवश्यक कामलाई अगाडि बढाउन आग्रह गर्नुभयो ।
कार्यक्रममा आयोग पाल्पाका सर्वेक्षक पारस धितालले भूमि सम्बन्धी प्रचलित कानुनी व्यवस्था, स्थानीय तहले गर्नुपर्ने काम र जिल्लामा भूमि समस्या आयोगले गरेका कामका बारेमा जानकारी गराउनुभएको थियो ।
छलफलको क्रममा जनप्रतिनिधि, वडा सचिव, विभिन्न शाखाप्रमुख लगायतले उठाएका जिज्ञासका विषयमा अध्यक्ष कार्कीले जवाफ दिनुभएको थियो । कार्यक्रममा गाउँपालिका अध्यक्ष सरस्वती दर्लामी चिदीले गाउँपालिकामा रहेका भूमिसम्बन्धी समस्यालाई प्रक्रियागत हिसावले समयमै सम्पन्न गर्न गाउँपालिका सचेत रहेको बताउनुभयो । बगनासकाली गाउँपालिकामा १०३ वटा भूमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूको लगत संकलन भएकोमा सवै विवरण अनलाईन प्रविष्ट भएको गाउँपालिले जनाएको छ ।
अन्तरक्रिया कार्यक्रममा गाउँपालिका उपाध्यक्ष हरिप्रसाद पाठक, निमित्त प्रमुख प्रशासकीय अधिकृत यादव न्यौपाने, प्रवक्ता टीकाबहादुर थापा, आयोगका पाल्पा जिल्ला समिति सदस्यहरू, वडा अध्यक्ष, कार्यपालिका सदस्य, गाउँसभा सदस्य, विभिन्न विषयगत शाखाका प्रमुखलगायतको सहभागिता रहेको थियो । गाउँपालिका अध्यक्ष सरस्वती दर्लामी चिदीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन गाउँपालिकाका प्रशासन शाखा प्रमुख सुजन घिमिरेले गर्नुभएको गाउँपालिका एम.आई.एस.अपरेटर भोजराज भट्टराईले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय