latest
२० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्ताको महसुल तानसेन नगरपालिकाले व्यहोर्ने  ||    लोपोन्मुख तथा सीमान्तकृत समुदायको पहिचान र अधिकार सुनिश्चित गर्न प्रदेश सरकारको ध्यानाकर्षण  ||    डिप्लोमा ईन हस्पिटालिटी म्यानेजमेन्ट-DHM तानसेनमा  ||    नेपाली कांग्रेस रामपुर नगर कार्यसमितिको पदस्थापन  ||    सरकारले गर्‍यो १२ मन्त्रालयअन्तर्गत नियुक्ति ६११ राजनीतिक नियुक्ति  ||    रामपुर नगरपालिकाद्वारा एकल आमाहरुका लागि घर हस्तान्तरण  ||    पाल्पाका १० स्थानीय तहसहित ३५ बढी कार्यालयको समीक्षा, साझा एजेन्डामा जोड  ||    पाल्पा ग्याँस डिलर्स संघको अधिवेशन : पर्शुराम पौड्याल सर्वसम्मत अध्यक्ष निर्वाचित  ||   
शनिबार , कार्तिक १५, २०८३

माथागढी गाउँपालिकाले ८ वटै वडालाई सहज हुने गरि ५ स्थानमा शिविर सञ्चालन गरेको  छ । नागरिकलाई घरदैलोमा सेवा उपलब्ध गराउने उद्देश्यले सबै वडालाई पायक पर्ने गरि शिविर सञ्चालन गरिएको गाउँपालिकाले जनाएकाे छ ।

वडातहमा सञ्चालन गरेको शिविरबाट ३ हजार ५ सय जना १९ सेवा प्रवाह भएको हो । माथागढी गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदीले नागरिकलाई घरदैलोमा सेवा उपलब्ध गराउने उद्देश्यले सबै वडालाई पायक पर्ने गरि शिविर सञ्चालन गरिएको बताउनुभयो । अध्यक्ष चिदीले पालिकाको कार्यालय सम्म सहज पहुँच नहुने नागरिकहरुलाई लक्षित गरेर नागरिकहरुले स्थानीय सरकारको महसुस गर्ने गरि सञ्चालन भएको शिविर सफल भएको बताउनुभयो ।

गाउँपालिका उपाध्यक्ष बिष्णुमाया लुङ्चेले नागरिकहरुले घरदैलोमै सेवा पाउँदा खुसी भएको बताउनुभयो । उहाँले नागरिकहरुको पैसा र समयको बचत भएको समेत बताउनुभयो । पालिकाकाभरीका १ हजार ९ सय ७९ जनाले सेवा लिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद घिमिरेले जानकारी दिनुभयो ।

माघ ४ गते वडा कार्यालय चिदीपानीमा ६ सय १०, ५ गते दिव्यज्योती माध्यमिक विद्यालय कसेनीमा १ हजार ९, ६ गते वडा कार्यालय गोठादीमा ५ सय ३, ७ गते महेन्द्र नरेश माध्यमिक विद्यालय मटेरीमा ३ सय ११ र ८ गते माथागढी गाउँ कार्यपालिकाको कार्यालय झडेवामा १ हजार २६ वटा सेवा दिईएको गाउँपालिकाले जनाएको छ ।

शिविरमा अपाङ्गता परिचय पत्र वितरण तथा ज्येष्ठ नागरिक परिचय पत्र वितरण (नयाँ तथा अध्यावधिक), महिलाहरुको तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, आङ खसेको सम्बन्धी सेवा, पाठेघरको मुखको क्यान्सर परिक्षण सम्बन्धी सेवा, परिवार नियोजन सम्बन्धी सेवा तथा ल्याब सेवा, बाली उपचार सम्बन्धी सेवा उपलब्ध गराईएको छ ।

त्यस्तै माटो परिक्षण, कृषि फर्म/समुह दर्ता तथा नविकरण, योजना सम्झौता, अनुगमन, मुल्यांकन तथा योजना सम्बन्धी अन्य कार्य, गोबर परिक्षण सेवा, पशु बन्ध्याकरण सेवा, आन्तरिक तथा बाह्य परजीवि विरुद्धको औषधी वितरण, रेविज विरुद्धको भ्याक्सिनेसन सेवा तथा पशुपंक्षी सम्बन्धी परामर्श सेवा, व्यवसाय, संस्था र समुह दर्तातथा घटना दर्ता सम्बन्धी सम्पुर्ण सेवा उपलब्ध गराईएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय