विष्णुप्रसाद घिमिरे

कालीगण्डकी गाउँपालिकाका स्थानीय पशुपति पाण्डेयले भैसी पालन गरेपनि दुध विक्री गर्न पाउनुभएको थिएन् । ‘पंचायतकालमा खुलेको डेरी उतीवेलै बन्द भयो, त्यहायता डेरी नै थिएन् ।’ पशुपति भन्नुहुन्छ, ‘हामीले छिमेकमा मात्रै दुध वेच्न वाध्य थियौं । अब डेरी खुल्न थालेपछी मलाई मात्रै होईन यहाँका सबै भैसी पाल्नेहरु खुसी भएका छन् ।’ कालीगण्डकीमा गाउँपालिकाको मिर्मी, स्याङ्गजामा डेरी प्रर्वद्धन कार्यक्रम सुरु भएको छ ।

दुधमा विविधिकरण गर्दै दुध उत्पादन र विक्रीबाट कृषकहरुलाई आत्मनिर्भर र स्वरोजगार बनाउन डेरी प्रर्वद्धन कार्यक्रम सुरु गरिएको हो । पहिलो चरणमा कालीगण्डकी दुग्ध उत्पादक कृषक समूह, परिश्रमी स्वावलम्बी महिला समूह र मिर्मी स्वावलम्बी महिला समूहका ७४ जना कृषकहरु डेरी प्रर्वद्धन कार्यक्रममा आवद्ध भएका छन् । कालीगण्डकी गाउँपालिका र हेफर परियोजना नेपालको साझेदारीमा संचालित कालीगण्डकी कृषि तथा पशु उद्यमशिलता विकास परियोजनाको सहयोगमा डेरी प्रर्वद्धन कार्यक्रम सुरु भएको हो । कृषि तथा पशुपालनका क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग गरी उत्पादन र उत्पादकत्व वृद्धी गर्दै कृषकहरुलाई आत्मनिर्भर बनाउन कार्यक्रम संचालन गरिएको गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापाले बताउनुभयो । गाउँपालिका अध्यक्ष थापाका अनुसार गाउँपालिकाले उत्पादित दुधलाई वजारिकरणको लागि डेरी प्रर्वद्धन सुरु गरेको हो । परियोजनाबाट ७ लाखको सहयोगमा डेरी प्रर्वद्धनका लागि चिलिङ्ग भ्याट, मिल्क क्यान, मिल्क एनालाईजर, यूपिएस लगायतका उपकरणहरु वितरण गरिएको छ । गाउँपालिकाका उपाध्यक्ष सावित्रा कोईरालाले बन्द भएको डेरी पुन संचालनले यो क्षेत्रमा उत्साह थपेको वताउनुभयो । लामो समयपछी यो क्षेत्रमा डेरी संचालन हुन लागेपछी यहाँका कृषकहरु उत्साही भएका छन् । उनीहरु दुध उत्पादन गरेपनि छिमेकमै विक्री गर्न बाध्य थिए ।

कालीगण्डकी गाउँपालिकाको वडा नं. ३, ४ र ७ लाई लक्षित गरी दुग्ध व्यवसाय प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिएको छ । परियोजनाले पहिलो चरणमा यहाँका परम्परागत रुपमा गाई भैंसी पालन गर्दै आएका कृषकहरुलाई यस वर्ष उन्नत जातका दुधालु २५ भैंसी र ५ गाई सहयोग गरिने कार्यक्रम रहेको छ । उनीहरुलाई भैसी खरिदमा ४० हजार सहयोग गरिने भएको हो । साथै उनीहरुलाई घाँस काट्ने चापकटर मेसिनमा ५० प्रतिशत अनुदानमा वितरण गरिएको छ । प्रमुख प्रशाशकिय अधिकृत पर्शुराम उपाध्यायले गाउँपालिकाले कृषिमा आत्मनिर्भर बन्दै स्वरोजगार बृद्धीको नीति अनुसारका कार्यक्रम ल्याइएको उल्लेख गर्नुभयो । परम्परागत विधिबाट कृषि कर्म गरेर निर्भाहमुखी मात्रै हुने भन्दै प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले प्रविधिको समुचित प्रयोगले कृषिमा आधुनिकता र व्यवसायिकता थप्ने बताउनुभयो । गाउँपालिकाको मिर्मिीमा संचालन हुने डेरीले दुध संकलन र विक्री गर्नुको साथै दुधलाई विविधिकरण गर्दै वजार व्यवस्थापन गर्नेछ । कालीगण्डकी गाउँपालिकाको नीति अनुरुप कम्तीमा ३ वटा दुधालु गाई वा भैंसी पाल्ने कृषकहरुलाई समूहमा आवद्ध गरी व्यवसायिक दुग्ध उत्पादन तर्फ आर्थिक तथा प्रावविधि सहयोग गरिएको छ, यसले कालीगण्डकी गाउँपालिकालाई दुधमा आत्मनिर्भर बनाउन सहयोग गर्ने साझेदार संस्था हेफर ईन्टरनेशनल नेपालका बरिष्ठ कार्यक्रम प्रवन्धक प्रेम साम्ब्युले जानकारी दिनुभयो । परियोजना सहजिकरण सस्था सामाजिक श्रोत विकास केन्द्र नेपालका कार्यकारी निर्देशक चोपलाल गिरीका अनुसार स्थानीय उत्पादनलाई स्थानीय वजारमै खपत गर्नेगरी व्यवस्थापन मिलाइएको बताउनुभयो ।

कृषकहरुलाई धेरै र गुणस्तरीय दुध उत्पादनमा परियोजनाले सहजिकरण गर्नेछ । गाउँपालिकाका पशुसेवा शाखा प्रमुख राजेश पाण्डेयका अनुसार यहाँका कृषकहरुलाई घाँसमा समेत आत्मनिर्भर बनाउने योजना पालिकाले ल्याएको छ । उन्नत र पोषिलो घाँस लगाएर दुधको उत्पादन बढाउने लक्ष्य रहेको पाण्डेयले बताउनुभयो । परियोजनाले उन्नत जातको घाँस, प्राविधिक तालिम, २० वटा भकारो सुधार कार्यक्रम सम्पन्न गरेको छ । दुधमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरिएको छ । प्रतिदिन ५०० लिटर दुध संकलन र विक्री गर्ने लक्ष्य रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय