latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा, २१ असार

नेपाल परिवार नियोजन संघ पाल्पाको २३ औं साधारण सभा सम्पन्न सम्पन्न भएको छ । शनिबार लुम्बिनी प्रदेशसभा सदस्य माननीय बिर बहादुर रानाले पानसमा दिप बालेर कार्यक्रमको उद्घाटन गर्नुभयो ।

कार्यक्रकका प्रमुख अतिथि समेत रहनुभएका लुम्बिनी प्रदेश सभा सदस्य तथा पुर्ब मन्त्री वीर बहादुर रानाले स्वास्थ्य सेबा संविधानमै मौलिक हकको रुपमा रहेकोले आम नागरिकले संविधान अनुसार स्वास्थ्य सेबा लिन पाउनु नागरिककोे संविधानप्रद्ध्त अधिकार रहेको बताउदै प्रजनन स्वास्थ्यको क्षेत्रमा मात्र नभई स्वास्थ्यका अन्य धेरै क्षेत्रमा नेपाल परिवार नियोजन संघले योगदान दिएको बताउनुभयो । सरकारी क्षेत्रबाट हुनुपर्ने काम यस संस्थाले गर्दै आएको र सामाजिक भाबबाट भोलियन्टर रुपमा काम गर्ने सबै संस्थाका कार्यसमिति,सदस्य, आजिवनहरुलाई धन्यवाद व्यक्त गर्नुभयो । प्रमुख अतिथि रानाले बर्तमान शासन प्रणाली आफैमा खराब नरहेको बताउदै केही ब्यक्तिको ब्यक्तिगत आचरणले गर्दा ब्यबस्था माथी नै प्रहार भएको धारणा राख्नुभयो ।

कार्यक्रमका बिशिस्ट अतिथि तानसेन ६ का वार्ड अध्यक्ष सागरमान महर्जनले यस संस्थाले गरेका कामको लामो ब्याख्या गर्न सकिने बताउदै । कोरोनाकालमा यस संस्थाले गरेको योगदान कहिल्यै भुल्न नसकिने बताउनुभयो । उहाँले यस संस्थाकै कारण समाजमा हेपिएका र जीबनबाट निराशा भोगेकाहरुलाई समाजमा बाँच्ने बाताबरण बनाएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा शुभकामना मन्तब्य राख्दै स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख टुकप्रसाद पोखरेलले स्वास्थ्य कार्यालय र नेपाल परिबार नियोजन संघ सधै मिलेर अगाडि बढेको बताउनुभयो । उहाँले स्वास्थ्य कार्यालय पाल्पा लुम्बिनी प्रदेशमै उत्कृष्ट हुनुमा नेपाल परिबार नियोजन संघको ठूलो सहयोग रहेको बताउनुभयो । निमित्त प्रमुख पोखरेलले स्वास्थ्य कार्यालयसंग भएको सहकार्य र सहयोगका लागि नेपाल परिवार नियोजन संघ पाल्पालाई धन्यवाद दिनुभयो । पाल्पा लायन्स लाकौल अाँखा अस्पतालका अध्यक्ष बुद्धि प्रसाद शर्माले परिवर नियोजन संघले महिला स्वास्थ्य, प्रजनन र बालबालिकाको क्षेत्रमा गरेको कामको प्रशंसा गर्नुभयो । संघका सल्लाहकार चित्रवलीराम सुवालले संघको बजेट घट्दै जानू दुःखद भएको बताउदै । सिमित स्रोत र साधनका बिच गरेका कामको प्रशंसा गर्नुभयो ।
नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेनाले परिवार नियोजन संघका काम समाजमा गर्व गर्न लाएक रहेको बताउनुभयो । उहाँले पाल्पाली पत्रकारहरु यस संस्थासंग मिलेर काम गर्न सधै तयार रहेको बताउनुभयो ।

बार्षिक साधारण सभामा कोषाध्यक्ष माधब प्रसाद अर्यालले बार्षिक प्रगति प्रतिबेदन, आगामी बजेट पेश गर्नुभएको थियो । उहाँले सन् २०२४ को कार्यक्रम तर्फ रु ८५,६७,८८१ बराबरको सन्तुलन परीक्षण पेश गर्नुभएको थियो । उहाँले शाखाको कुल जम्मा रु ७३,२९,३९१ बराबरको प्रस्ताबित कार्यक्रम तथा बजेट सभामा पेश गर्नुभएको थियो ।
सभामा साधारण सदस्यमा चक्रिय प्रणाली अनुसार रिक्त पदमा बिज्ञ सदस्यको पदमा कमल बस्याल र मनोहरलाल शाक्य युबा सदस्यमा सोनिया बिक, र सोयस्ता खड्का त्यस्तै महिला सदस्यमा आशा बस्याल निर्बचित हुनुभएको निर्बाचन अधिकृत शिव प्रसाद देबकोटालाई जानकारी दिनुभयो ।
कार्यसमिति सदस्य सुनिता श्रेष्ठको स्वागतबाट सुरुभएको कार्यक्रमको सन्चालन कार्यसमिति सदस्य पुस्करराज रेग्मी, धन्यवाद ज्ञापन शाखा प्रबन्धक शोभाकान्त न्यौपाने र अध्यक्षता नेपाल परिवार नियोजन संघका सभापति सुशीलराज शाक्य गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय