latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
शुक्रबार , साउन १, २०८३

पाल्पा,  रामपुर नगरपालिका फरक क्षमता भएका ५९ जना नागरिकहरुलाई सहायता सामग्री प्रदान गरेको छ । फरक क्षमताका नागरिकहरुको जीवनयापनमा थप सहजता प्रदान गर्नका लागि आवश्यकताको आधारमा सामग्री प्रदान गरेको हो ।

रामपुर नगरपालिकाले अपाङ्गता क्षेत्र संरक्षण समितिको समन्वयमा १० वटै वडाका फरक क्षमताका नागरिकलाई शुक्रबार सामग्री प्रदान गरेको हो । नगरपालिकाको सभाहलमा भएको कार्यक्रम अपाङ्गता क्षेत्र संरक्षण समिति रामपुरका संयोजक जगन्नाथ कंडेलको अध्यक्षता रामपिुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा भएको थियो । सामग्री वितरण गर्नुहुँदै रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापाले अपाङ्गता भएका नागरिकहरुको संरक्षण र जीवनयापनलाई थप सहज बनाउन नगरपालिकाले कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो । सहायता सामग्रीले फरक क्षमता भएका व्यक्तिहरुलाई थप आत्मबल प्रदान गर्ने बताउनुभयो । फरक क्षमता भएका नागरिकहरुमा पनि विशिष्ट किसिमको सिप एवं प्रतिभा रहेको बताउँदै क्षमता अनुसारको सिपमुलक तालिम समेत सञ्चालन गरिने बताउनुभयो । उहाँले आफैले आफैलाई कहिल्यै कमजोर नसोच्न आग्रह सहित दैनिकीलाई आफ्‌नो क्षमता अनुसार कार्यमा व्यस्त बनाउन अनुरोध गर्नुभयो । फरक क्षमता भएका भएका व्यक्तिको माग र आवश्यता बमोजिम यस वर्ष ह्विलचियर पाँच वटा, ईएर फोन तीन वटा, बैसाखी १० सेट, लौरी ३४ वटा र चस्मा सात वटा उपलब्ध गराएको अपाङ्गता क्षेत्र संरक्षण समिति संयोजक जगन्नाथ कंडेलले जानकारी दिनुभयो । नगरपालिका बाट सहायता सामग्री वितरणको लागि विनियोजन भएको दुई लाख रकम बाट सामग्री प्रदान गरिएको कंडेलले बताउनुभयो । धेरै फरक क्षमताका नागरिकहर अझै पनि छुट्न पुगेको बताउँदै आवश्यता अनुसार प्राथमिकता निर्धारण गरेर आगामी वर्षहरुमा थप काम गर्ने बताउनुभयो ।

फरक क्षमताका नागरिक तथा आफन्तजनहरुलाई नगर प्रमुख थापा, उपप्रमुख बालकुमारी थापा, प्रवक्ता कपिल बहादुर खाँण, वडा नं. ५ का अध्यक्ष दुर्गा प्रसाद पोखरेल, वडा नं. १० का वडा अध्यक्ष तोयानाथ सारु, वडा नं. ३ का वडा अध्यक्ष दामोदर पाठक लगाएतको उपस्थितिमा हस्तान्तरण गरिएको हो । कार्यक्रम अपाङ्गता क्षेत्र संरक्षण समिति वडा नं. ३ का संयोजक गंगा बहादुर रानाको स्वागत र वडा नं. ७ का संयोजक मनोज भुजेलको सञ्चालनमा भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय