latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

युवतीलाइ जबरजस्ती करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।  तानसेन नगरपालिका–१०, तेल्घा क्षेत्रीटोलका ६२ वर्षीय ताराबहादुर कार्की पक्राउ परेका हुन्।

२०८० पुस २० गते स्थानीय २३ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा कार्कीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुनिल मल्लले बताए ।

गत २०८० पुस २२ गते पीडितको आमाले जिल्ला प्रहरी कार्यालय पाल्पामा जाहेरी दरखास्त दिएकोमा कार्कीको खोजतलास गर्ने क्रममा असार २२ गते उनलाई पक्राउ गरिएको हो। कार्कीलाई तानसेन नगरपालिका–४, लहरेपिपल क्षेत्रबाट पक्राउ गरिएको डीएसपी मल्लले जानकारी दिए।

उनका कार्कीलाई पाल्पा जिल्ला अदालतबाट ५ दिन म्याद लिई थप अनुसन्धान भइरहेको बताइएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय