
हुम सुनारी मगर
पाल्पा, रम्भा गाउँपालिका-२, रिमिघा लेकमा यार्सागुम्बा भेटिएको पुष्टि भएको छ। रिमिघा लेकमा भेटिएको बहुमुल्य जडिबुटी यार्सागुम्बाबाट स्थानीय सर्वसाधारण र रम्भा गाउँपालिका सरकारले नसोचेको फाईदा लिन सक्नेछ । जसले सिङ्गो पालिकालाई आर्थिक समृद्धतर्फ उन्मुख बनाउँन बिशेष योगदान दिन सक्छ। त्यसका लागि तपशिलका दुई उपायहरू रम्भा गाउँपालिकाले अबिलम्ब पहल गर्नुपर्ने हुन्छ ।



१) विकल्प-१: रिमिघा लेकमा पाईने यार्सागुम्बा र पखान्भेत लगायत अन्य धेरै बहुमुल्य जडिबुटीहरूबाट रम्भा गाउँपालिकाले प्रसस्त फाइदा लिन सकिने अवसरहरू छन् । रम्भा गाउँपालिकाले आफ्नै स्वामित्वमा एउटा आयुर्वेद औषधालय सम्बन्धि रिसर्च केन्द्र स्थापना गरेर यार्सागुम्बा र पखान्भेत जस्ता बहुमुल्य जडिबुटीहरूबाट आयुर्वेद ओखतीहरू उत्पादनका लागि बिशेष पहल र योजना बनाउँनु पर्ने हुन्छ। यो सफल भएको अवस्थामा सयौँ स्थानीयहरूले रोजगार पाउँने र रम्भा गाउँपालिकाले बार्षिक अरबौँ रूपैयाँ आर्जन गर्न सक्ने निश्चित छ। त्यसको लागि संघिय सरकारले बिशेष सहयोग र भूमिका खेल्नुपर्ने अत्यावश्यक छ।
२) विकल्प-२: स्थानीय मगर जातिले सगुन र अमृतको रूपमा उत्पादन र प्रयोग गर्दै आएको सुद्ध कोदो तथा फलफूलको तीन पाने रक्सीमा बहुमूल्य जडिबुटी यार्सागुम्बा र पखान्भेत मिसाएर उत्कृष्ट रक्सी उत्पादन गर्न स्थानीयहरूलाई अनुमति र प्रोत्साहन गर्ने। त्यसलाई ब्राण्डिङ्ग गर्न पालिकाले बिशेष भूमिका खेल्नुपर्ने हुन्छ। स्थानीयहरूले उत्पादन गर्ने सुद्ध प्राङ्गारिक रक्सीलाई ब्राण्डिङ्ग गर्न सके यसले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमै बजार लिन सक्ने छ ।
रिमिघा लेक वरिपरी वार्षिक हजारौँ मेट्रिकटन चुत्रा, चिउरी लगायत अन्य धेरै जङ्गलमा फल्ने फलहरू त्यसै खेर गईरहेको हुन्छ। जुन फलहरूबाट विभिन्न स्वादका प्राङ्गारिक रक्सी उत्पादन गर्न सकिन्छ। पालिकाले कानुन बनाएर स्थानीयहरूलाई यार्सागुम्बा प्रयोग गर्न अनुमति दिईएमा त्यस्ता खेर गएका जङ्गलमा फल्ने फलहरू खेर जाने पनि थिएन। भने, प्राङ्गारिक रक्सी उत्पादनमा सबै भन्दा राम्रो मानिएको कोदोको खेतीमा पनि स्थानीयहरूको ध्यान जाने निश्चित छ। बसाई-सराई रोक्न यसले मुख्य भूमिका खेल्ने थियो। यसो गर्दा हजारौँ स्थानीयहरू आर्थिक रूपले समृद्ध हुने कुरामा दुई मत छैन। भने, रम्भा गाउँपालिकाको आर्थिक समृद्धिमा बिशेष योगदान हुन सक्नेछ।
यथार्त के हो भने, विदेशबाट मदिराजन्य अति महङ्गा ह्विस्की र वाइन नेपालमा आयात गर्न रोक लगाई नेपाली समुदायले नै उत्पादन गर्ने प्राङ्गारिक मदिरालाई ब्राण्डिङ्ग गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तर मै बिक्रीवितरण गर्न राज्यले नै बिशेष पहल नगर्दासम्म नेपाली जनताहरू (बिशेष गरेर आदिवासी जनजाति समुदाय) आर्थिक रूपले समृद्ध बन्न सक्दैनन्।
थप समाचार
रम्भामा भेटिएको जडीबुटी यार्सागुम्बा पुष्टि, यस्ताे छ जीवनचक्र-उपयाेगिता