latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

शीत काव्य समाज नेपालले शीत परिकल्पनाको पाँचौ वार्षिक दिवस समारोह कृति लोकार्पण र सम्मान सहित मनाएको छ । समाजद्वारा टोखा, काठमाडौमा आयोजित समारोहमा  प्रमुख अतिथि वाग्मती प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिंह लामाले शीत कृति लोकार्पण र शीत पुरस्कारद्वारा स्रष्टाहरूलाई सम्मान गरे ।

बाग्मतीका मुख्यमन्त्री लामाले भने,” समाज रूपान्तरणका लागि साहित्य ले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ । राज्यले भाषा कला साहित्यको विकासको लागि सक्दो सहयोग गरिनै रहेको छ । स्वयंसेवी रूपमा स्थापना भएका साहित्यिक संस्थाको योगदान महत्त्वपूर्ण रहेको छ ” भनी बताउनु भयो । समारोहमा शीत काव्य समाज नेपालका अध्यक्ष एवं प्रथम शीत ईश्वर कृष्ण के.सी. द्वारा आफ्नो स्वर्गीय पिता माताको स्मृतिमा स्थापना गरिएको शीतकर्ण शिवकुमारी पुरस्कारद्वारा शीत परिकल्पनाकार पुष्कर अथक रेग्मी र शीत ईश्वर दामोदर ढकाल’ दीपक’ लाई पुरस्कृत गरिनुका साथै शीत कृतिकार विमला ढकाल ‘ समीक्षा ‘ लाई एघारौं शीत ईश्वरको पदवीद्वारा विभूषित गरियो ।

विमला ढकाल ‘ समीक्षा ‘ द्वारा लिखित शीत काव्य सङ्ग्रह ‘कल्प’ ( २०८२) भित्र तिसवटा विभिन्न शीर्षकमा एकहजार आठवटाभन्दा बढी शीतहरू रहृेका छन् । कृति उदाहरणीय र संग्रहणीय रहनुकन साथै शीत काव्य  लेख्नका लागि सूत्र अर्थ मन्त्रपूर्ण रूपमा उपयोगी रहेका छन् । हालसम्म शीतका पन्ध्रवटा कृति प्रकाशित भइकेका छन् ।कविता विधाको लघुतम उपविधा शीतको जन्म पाल्पामा भएको हो । शीत लेख्न सजिलो भएकोले यस्को व्यापकता बढदो छ । शीत काव्य समाज नेपालद्वारा काठमाडौंमा शआयोजित समारोहमा कलाकार विष्णु गुरूङ, गायिका सरस्वती अर्याल , शीत ईश्वर सत्यनारायण ढकाल , शीत ईश्वर भोजभक्त कँडेल र बर्षा ढकालद्वारा शीत गायन हुनुका साथै कृतिकार  विमला ढकाल , साहित्यकारहरू द्वारिका कुइकेल, दुर्गा अधिकारी भमरकोटे, भागवत खनाल, दीर्घबहादुर चन्द ,छवि बैरागी ,डा. शैलेन्दु प्रकाश नेपाल र परिकल्पनाकार पुष्कर अथक रेग्मीद्वारा शुभकामना मन्तव्य व्यक्त गरिएको थियोे ।

कलाकार विष्णु गुरूङको स्वागत र महासचिव दामोदर ढकाल ‘ दीपक’ को संचालनमा भएको समारोहको अध्यक्षता शीत काव्य समाज नेपालका अध्यक्ष प्रथम शीत ईश्वर कृष्णबहादुर के.सी.द्वारा गरिएको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय