latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
शुक्रबार , साउन १, २०८३

पाल्पामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाईते भएका छन । बुटवलका एक जना ब्यक्तको मृत्यु भएको छ । एक जना घाईते भएका छन ।

अपरान्ह करिव सवा चार बजेको समयमा पाल्पा पूर्वखोला गाउँपालिका ५ वीरकोट स्थित आर्यभन्ज्याङ रामपुर कच्ची सडक खण्डमा बलेरो जिप दुर्घटना हुँदा त्यसका चालक पाल्पाको बगनासकाली गाउँपालिका १ गाप्टुङ घर भई हाल बुटवल उपमहानगरपालीका ११ मझुवा बस्ने बर्ष अन्दाजी बषै ४६ को बिनोद ढुङ्गाना र सोही उमेर समुहका नामथर खुल्न नसेकाका अर्का एक ब्यक्तिको मृत्यु भएको पाल्पा प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी डिएसपी सुनिल मल्लका अनुसार त्यसका चालक बुटवल उपमहानगरपालीका ११ का ३० बर्षीय राजु खड्का गम्भीर घाईते भएका छन । उनको लुम्बिनी मेडिकल कलेज पाल्पा प्रभासमा उपचार भईरहेको छ । उनिहरु मध्ये नाम ठेगना खुलेकालाई प्रभासको अस्पतलामा र अर्कालाई मिसन अस्पतालमा डाक्टरले मृत घोषणा गरेको डिएसपी मल्लले बताए । यो समाचार लेख्ने क्रममा अहिले साँझ पौने ९ बजेको समयमा डिएसपी मल्ल संग टेलिफन सम्पर्क गर्दा अर्का मृतकको नाम ठेगना खुल्न सकेको छैन ।

आर्यभन्ज्याङदेखि रामपुरतर्फ जाँदै गरेको अण्डा लोड गरेको लु १ च ६७५६ नम्बरको बोलेरो पिकअप जिप अचानक सडकदेखि अन्दाजी ३०० मिटर तल खसेको डिएसपी मल्लले पठाएको समाचार विवरणमा उल्लेख छ । उक्त सुचना पाउन साथ ईलाका प्रहरी कार्यालय ताँहुको प्रहरी टोली घटना स्थलमा पुगेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय