latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा, जेठ २६

कर्तब्य ज्यान मुद्धाका अभियुक्त १४ बर्षपछि प्रहरी फन्दामा परेका छन् । पाल्पा जिल्ला साबिक चिदिपानी गाबिस ७ हाल माथागढी गाउँपालिका १ दमार बस्ने बर्ष ५७ को सन्त बहादुर सार्कीलाई प्रहरीले १४ बर्षपछि पक्राउ गरि सार्बजनिक गरेको हो ।

सन्त बहादुरले २०६८ साल कात्तिक ११ गते रातीको समयमा सोही स्थानका १८ बर्षिय नरवीर नेपालीको हत्या गरि फरार रहेका थिए । सन्त बहादुर २०६८ सालदेखी नै फरार रहेको र भारतमा लुकिछिपी बसेको भन्ने सूचना प्राप्त भई यही जेठ २५ गते नेपाल फर्किने क्रममा रुपन्देही जिल्ला सिद्धार्थनगर नगरपालिका १ बेलहिया स्थित बसपार्कबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सन्तबहादुरलाई मुलुकी अपराध संहिता,२०७४ को दफा १७७ बमोजिम ज्यान सम्बन्धी कसूरमा जिल्ला अदालत पाल्पाबाट फौजदारी कार्यबिधी संहिता, २०७४ को दफा १४(१)बमोजिम ६ दिन म्याद लिई थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुनिल मल्लले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय