latest
सुशासन, छरितो सेवा र विकास निर्माणमा जोड : पाल्पाका नयाँ प्रजिअ पाण्डेको प्रतिबद्धता  ||    एचआइभी सङक्रमितलाइ मासिक ५ सयः तानसेनकाे नीति तथा कार्यक्रम  ||    शीत परिकल्पनाको छैटौं स्थापना दिवस  ||    गाउँमै विशेषज्ञस्तरको स्वास्थ्य सेवाः खस्यौली स्वास्थ्य केन्द्रले जित्दै बिरामीको मन  ||    पत्रकार बौडेललाई ज्यान मार्ने धम्की, नेपाल पत्रकार महासंघ पाल्पाको गम्भीर ध्यानाकर्षण  ||    रम्भामा स्थानीय पत्रकारको क्षमता विकाससम्बन्धी तालिम  ||    रम्भामा शिक्षकहरुको लागि शिक्षक पेशागत विकास कार्यक्रम  ||    नयाँ विद्यार्थीहरूका लागि पाणिनी कलेजले गर्यो दीक्षान्त प्रवेश अभिमुखीकरण  ||   
मंगलबार , असार ९, २०८३

पाल्पा – रामपुर नगरपालिकामा महिला÷पुरुष भलिबल तथा फुटबल खेल सम्बन्धी प्रशिक्षण प्रदान गरेको छ । मेयर कप विविध खेलकुद प्रशिक्षण कार्यक्रम अन्तर्गत बालबालिकाहरुलाई भलिबल तथा फुटबल खेल सम्बन्धी प्रशिक्षण दिइएको हो ।

रामपुर नगरपालिकाको आयोजना र नगर खेलकुद विकास समितिको सञ्चालनमा गत जेठ ७ गते देखि भएको प्रशिक्षण कार्यक्रमको शनिबार समापन गरिएको छ । प्रशिक्षण कार्यक्रमको समापन गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले सक्षम खेलाडी उत्पादनका लागि तालिम सञ्चालन गरेको बताउनुभयो ।  समापन कार्यक्रममा बोल्दै नगर प्रमुख रमण बहादुर थापाले बालबालिकाको प्रतिभालाई उजागर गरि सक्षम खेलाडी उत्पादन गर्नका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । उहाँले बालबालिकालाई खेलकुदको माध्यमबाट अनुशासन, शारीरिक, मानसिक तथा भावनात्मक विकासमा टेवा पु¥याउने उद्देश्यले प्रशिक्षण सञ्चालन गरिएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “मेयर कप सञ्चालन हुँदा धेरै बालबालिकाले अवसर नपाएकाले, उनीहरूलाई खेल सिकाउन विशेष प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको हो। आगामी दिनमा अन्य खेल विधाहरूलाई पनि समेट्दै प्रशिक्षण कार्यक्रमलाई थप विस्तार गरिनेछ।”उहाँले खेल क्षेत्रको सम्भावना रहे पनि सरकारले सोही अनुसारको लगानी गर्न नसक्नु दुखद रहेको बताउनुभयो ।

खेलकुदले देशलाई चिनाउने भन्दै खेलाडीलाई हौसला र सुविधा दिनु पर्नेमा जोड दिनुभयो । साथै खेल क्षेत्र र खेलाडीको आवश्यकतालाई पुरा गर्न स्रोत साधनले भ्याए सम्म पुरा गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।  कार्यक्रममा इलाका प्रशासन कार्यालय रामपुरका प्रमुख उदयराज भट्टराईले बालबालिकाको प्रतिभा देखाउने अवसर प्रदान गरेको बताउनुभयो । उहाँले खेलले अनुशासन र इमान्दारिता विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभयो। रामपुर नगरपालिका वडा नं.५ का अध्यक्ष दुर्गा प्रसाद पोखरेलले खेलाडीहरूले खेलको माध्यमबाट नगरको पहिचान स्थापित गर्न सफल भएको उल्लेख गर्नुभयो। यस्तै वडा नं.६ का वडा अध्यक्ष दिवाकर देवकोटाले प्रशिक्षणले बालबालिकाको सोच र व्यवहारमा नै परिवर्तन ल्याएको बताउनुभयो । वडा नं. ७ का अध्यक्ष दोवराज तिवारीले नगरपालिकाले खेल क्षेत्रमा आवश्यक लगानी गर्दै आएको बताउनुभयो । दरैठाँटी माध्यमिक विद्यालयको सभाहल विजयपुरमा भएको कार्यक्रममा नेपाली कांग्रेस रामपुर नगर सभापति नेत्र प्रसाद भट्टराईले प्रशिक्षणले सिकाइसँगै बालबालिकाको प्रतिभा उजागर गर्न मद्दत गरेको बताउनुभयो। नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष गिता वि.क.ले महिलाहरूको सहभागिता गौरवको विषय भएको बताउनुभयो। यस्तै राष्ट्रिय जनमोर्चा रामपुर नगर समितिका अध्यक्ष रामप्रसाद गैरेले विद्यालय स्तरमै प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नु आवश्यक रहेको उल्लेख गर्नुभयो । दरैंठाँटी माध्यमिक विद्यालयका प्रधानाध्यापक सुन्दर प्रसाद देवकोटाले प्रशिक्षणले खेलकुद सीप मात्र नभई अनुशासन र मेहनत गर्न सिकाएको बताउनुभयो।यसैगरी नगर खेलकुद विकास समितिका अध्यक्ष कमल सेनले खेलाडी उत्पादनसँगै खेल क्षेत्रको विकासका लागि कार्यक्रमलाई अझ परिस्कृत बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो।

समापन अवसरमा लुम्बिनी प्रदेशस्तरीय विभिन्न खेलकुद प्रतियोगिता, राष्ट्रपति रनिङ शिल्ड, तथा पालिका स्तरीय प्रतियोगितामा विजयी खेलाडी र प्रशिक्षकहरूलाई सम्मान गरिएको थियो। नगर खेलकुद विकास समिति रामपुरका अध्यक्ष कमल सेनको अध्यक्षतामा भएको खेल प्रशिक्षण समापन कार्यक्रम रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । नगर खेलकुद विकास समिति रामपुरका सदस्य डोलराज श्रेष्ठको स्वागतबाट शुरु भएको कार्यक्रमको सञ्चालन सचिव जमुना रानाले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय