
पाल्पा, असार १
नेपाल निजामती कर्मचारी युनियन पाल्पाको अध्यक्षमा ओमप्रकाश न्यौपाने सर्वसम्मत भएका छन् । नवौं जिल्ला अधिवेशनले न्यौपानेकाे अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन गरेकाे हाे । जसको खुल्ला उपाध्यक्ष भगवती केसी, महिला उपाध्यक्ष पुजा परियार, सचिव हरिबहादुर थापा, सहसचिव हुमबहादुर कुँवर, कोषाध्यक्ष जीवन बस्याल चयन भएका छन् ।



यस्तै सदस्यहरुमा भीमसेन नेपाल, पशुपति न्यौपाने, सन्तोष दाहाल, मधु पाण्डेय, गंगा भण्डारी, संगीता दूधराज, विपना राणा, जितकुमारी ढेंगा, पंकज रायमाझी, प्रकाश केसी, कृष्णबहादुर थापा, रेश्मीराज न्यौपानेले भोजराज थापा चुनिएका छन् । केन्द्रीय प्रतिनिधिमा लीलामणि बस्याल, जीवन राना, रिमा आचार्य, गिरिराज घिमिरे, चन्द्रबहादुर वली चुनिएका छन् । प्रदेश प्रतिनिधिमा पुनम धिताल, टिकाराम बस्याल, मणिराज अधिकारी, तुलसीराम काफले, हरिप्रसाद पराजुली चयन भएको निर्वाचन अधिकृत शिवप्रसाद देवकोटाले बताए ।
युनियनले अधिवेशनका अवसरमा सेवा निवृत्त कर्मचारीहरु भक्तिसरा राना, महेश पाण्डे, इन्दिरा भट्टराई, चुराबहादुर गोदारलाई सम्मान गरेको छ । युनियनका निवर्तमान अध्यक्ष रवि अर्याललाई पाल्पाबाट सरुवा भइसकेकाले बिदाइ तथा सम्मान गरिएको छ ।
अधिवेशनको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री वीरबहादुर रानाले आम नागरिकमा छाएको निराशा राजनीतिक दल र कर्मचारीहरुबाट भएकाले इमान्दार भएर सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए । निजामती कर्मचारी युनियनका केन्द्रीय कार्यवाहक अध्यक्ष उत्तमकुमार कटुवालले नागरिकमा देखिएको निराशालाई आशामा बदल्न पनि कर्मचारीको महत्त्वपूर्ण भूमिका रहने बताए ।