latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा, असार १

नेपाल निजामती कर्मचारी युनियन पाल्पाको अध्यक्षमा ओमप्रकाश न्यौपाने सर्वसम्मत भएका छन् । नवौं जिल्ला अधिवेशनले न्यौपानेकाे अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन गरेकाे हाे । जसको खुल्ला उपाध्यक्ष भगवती केसी, महिला उपाध्यक्ष पुजा परियार, सचिव हरिबहादुर थापा, सहसचिव हुमबहादुर कुँवर, कोषाध्यक्ष जीवन बस्याल चयन भएका छन् ।

यस्तै सदस्यहरुमा भीमसेन नेपाल, पशुपति न्यौपाने, सन्तोष दाहाल, मधु पाण्डेय, गंगा भण्डारी, संगीता दूधराज, विपना राणा, जितकुमारी ढेंगा, पंकज रायमाझी, प्रकाश केसी, कृष्णबहादुर थापा, रेश्मीराज न्यौपानेले भोजराज थापा चुनिएका छन् । केन्द्रीय प्रतिनिधिमा लीलामणि बस्याल, जीवन राना, रिमा आचार्य, गिरिराज घिमिरे, चन्द्रबहादुर वली चुनिएका छन् । प्रदेश प्रतिनिधिमा पुनम धिताल, टिकाराम बस्याल, मणिराज अधिकारी, तुलसीराम काफले, हरिप्रसाद पराजुली चयन भएको निर्वाचन अधिकृत शिवप्रसाद देवकोटाले बताए ।

युनियनले अधिवेशनका अवसरमा सेवा निवृत्त कर्मचारीहरु भक्तिसरा राना, महेश पाण्डे, इन्दिरा भट्टराई, चुराबहादुर गोदारलाई सम्मान गरेको छ । युनियनका निवर्तमान अध्यक्ष रवि अर्याललाई पाल्पाबाट सरुवा भइसकेकाले बिदाइ तथा सम्मान गरिएको छ ।

अधिवेशनको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री वीरबहादुर रानाले आम नागरिकमा छाएको निराशा राजनीतिक दल र कर्मचारीहरुबाट भएकाले इमान्दार भएर सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए । निजामती कर्मचारी युनियनका केन्द्रीय कार्यवाहक अध्यक्ष उत्तमकुमार कटुवालले नागरिकमा देखिएको निराशालाई आशामा बदल्न पनि कर्मचारीको महत्त्वपूर्ण भूमिका रहने बताए ।

युनियनका केन्द्रीय उपमहासचिव इन्दु शर्मा, कांग्रेसका जिल्ला सदस्य पुरुषोत्तम अर्याल, नेपाली कांग्रेस बीपी चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दीप राना, युनियन लुम्बिनी प्रदेश अध्यक्ष वामदेव शर्मा, युनियनका केन्द्रीय सदस्यहरु हरि ज्ञवाली, सुनिल लामिछाने, युनियन रुपन्देहीका चक्रपाणि पाण्डे, युनियन पाल्पाका निवर्तमान अध्यक्ष रवी अर्याल, नेपाल निजामती कर्मचारी संगठन पाल्पाका अध्यक्ष भोजबहादुर राना लगायतले संघीय निजामती सेवा ऐनको विधेयक राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेको भए पनि जारी नहुँदा संघीयता कार्यान्वयन, प्रदेश र स्थानीय सेवाका ऐनहरू कार्यान्वयन गर्न कठीनाइ भएकाे बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय