latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

तानसेन ११ बन्दिपोखरा पाल्पाका किसानहरुलाई मौरी र लोकल कुखुराका चल्ला वितरण गरिएको छ ।

किसानहरुलाई आत्मनिर्भर गराउने उद्देश्य सहित गोला सहितको मौरी घार र लोकल कुखुराको चल्ला वितरण गरिएको तानसेन नगरपालिका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले बताए । उनी भन्छन्, आर्थिक विकास पर्यटन र कृषिबाट सम्भव रहेकोले कृषिभूमीको अधिकतम सदुपयोग गर्न समय आएको छ । कृषिलाई उन्नत कसरी गराउन तानसेन योजनावद्द रुपमा अगाडी बढेको छ ।

तानसेन नगरपालिका नगर उपप्रमुख प्रतिक्षा गाहा सिंजालीले अनुदानमा पाएका चीजलाई संरक्षण गर्न किसानले जिम्मेवारीबोध गर्नुपर्ने बताईन् । कृषिका माध्यमबाट देशलाई आत्मनिर्भर बनाउन कृषकको ध्यान पुग्नुपर्ने उपप्रमुख प्रतिक्षा गाहाले बताईन् ।

तानसेन नगरपालिकाका वरिष्ठ अधिकृत दुर्गा बहादुर थापाले आयात प्रतिस्थापन र निर्यात प्रवर्दन गर्न कार्यक्रम फलदायी बन्ने बताए । उनले वैकल्पिक खेती गरे जंगली जनावरबाट पार पाउन सकिने बताए ।

रेडा पाल्पाका निर्देशक लिलाबहादुर कार्कीले आयआर्जन वृद्दि र सामाजिक सशक्तिकरण गर्न किसानमुखी कार्य गरिएको बताए । उनले टोल र बस्तिका सम्भावना तथा अवसरखोजी गर्दै समूहको माध्यमबाट अभियान सुरु गरिएको बताए ।

तानसेन नगरपालिका ११ वडा अध्यक्ष एवम् प्रवक्ता यादवसिंह कार्कीले कुखुराको चल्ला शत प्रतिशत र मौरी घार ५०% अनुदानमा कृषकलाई प्रदान गरिएको बताए ।

२२ घार र ५ हजार चल्ला वितरण गरिएको हो । तानसेन आर्थिक विकास परियोजना अन्तर्गत हेफर नेपालको प्राविधिक सहयोग, तानसेन नगरपालिकाको आर्थिक सहयोग र रेडा पाल्पाको सहजीकरणमा कार्यक्रम गरिएको हो । हेफरले चालु आर्थिक वर्षमा ६६ लाख रुपैयाँबाट कृषकमुखी कार्य गर्दैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय