गोपाल प्रसाद वश्याल
तानसेन, असार २४
पाल्पाको सदरमुकाम तानसेनस्थित मोहन कन्या माध्यमिक विद्यालयको आसन्ज हीरक महोत्सवका सन्दर्भमा भूतपूर्व विद्यार्थी समाज गठन गरिएको छ । तानसेनमा रहेका पूर्व विद्यार्थीहरूको सोमबार विद्यालयमा सम्पन्न भेलाले पूर्व विद्यार्थी सौन्दर्यवती शाक्यको अध्यक्षतामा समिति गठन गरेको हो । जस्को उपाध्यक्ष सामना गुभाजु, सचिव बविता गैरेसहित ११ सदस्यीय समिति निर्माण गरेको छ ।
भेलामा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बिधान प्रसाद श्रेष्ठ र प्रधानाध्यापक दिपक प्रसाद ज्ञवालीले विद्यालयका गतिविधिका बारेमा जानकारी गराउँदै हीरक महोत्सव भब्य एवम् सभ्य तरिकाले सम्पन्न गर्नका लागि सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । सहायक प्रधानाध्यापक रीना श्रेष्ठले सञ्चालन गर्नुभएको कार्यक्रममा हीरक महोत्सवका सन्दर्भमा गरिने कार्यक्रमहरूको जानकारी गराईएको थियो ।
यसैविच विद्यालयले कक्षा १ देखि ५ सम्म अध्ययनरत छात्राहरूका लागि बालिका छात्रबृत्ति तथा अपांग छात्रबृत्ति प्रदान गरेको छ । बि ब्य स अध्यक्ष बिधान श्रेष्ठ, प्रधानाध्यापक दिपक ज्ञवाली, शिक्षकहरू चोल प्रसाद ज्ञवाली र गोपाल प्रसाद वश्यालले बालिका छात्रबृत्तितर्फ रू १७ हजार २०० र अपांग तर्फ रू ९ हजार प्रदान गर्नुभयो ।
त्यसैगरी तानसेन नगरपालिका वडा नं. ३ स्थित बौद्ध महिला संघले आज मोहन कन्या माध्यमिक विद्यालयका कक्षा ३ सम्मका सम्पूर्ण छात्राहरूलाई कापी, पेन्सलसहितको स्टेशनरी सामग्री वितरण गरेको छ । कार्यक्रममा संस्थाको वार्षिकोत्सवका अवसरमा छात्राहरूलाई सहयोग गर्ने उद्देश्यकासाथ स्टेशनरी वितरण गरिएको संघकी अध्यक्ष सौन्दर्यवती शाक्यले बताउनु भयो ।     

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय