latest
सुशासन, छरितो सेवा र विकास निर्माणमा जोड : पाल्पाका नयाँ प्रजिअ पाण्डेको प्रतिबद्धता  ||    एचआइभी सङक्रमितलाइ मासिक ५ सयः तानसेनकाे नीति तथा कार्यक्रम  ||    शीत परिकल्पनाको छैटौं स्थापना दिवस  ||    गाउँमै विशेषज्ञस्तरको स्वास्थ्य सेवाः खस्यौली स्वास्थ्य केन्द्रले जित्दै बिरामीको मन  ||    पत्रकार बौडेललाई ज्यान मार्ने धम्की, नेपाल पत्रकार महासंघ पाल्पाको गम्भीर ध्यानाकर्षण  ||    रम्भामा स्थानीय पत्रकारको क्षमता विकाससम्बन्धी तालिम  ||    रम्भामा शिक्षकहरुको लागि शिक्षक पेशागत विकास कार्यक्रम  ||    नयाँ विद्यार्थीहरूका लागि पाणिनी कलेजले गर्यो दीक्षान्त प्रवेश अभिमुखीकरण  ||   
मंगलबार , असार ९, २०८३

भोजराज भट्टराई
१९ असार, पाल्पा
माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण विद्यार्थी र विद्यालयलाई बगनासकाली गाउँपालिकाले सम्मान गरेको छ । बिहिबार गाउँकार्यपालिकाको सभाहलमा एक समारोहको आयोजना गरी गाउँपालिकाभित्रका १० वटा माध्यमिक तहबाट एसईई सफल विद्यार्थीलाई खादा, मायाको चिनोसहित सम्मान गरिएको हो ।
गाउँपालिकाभित्रका ९ वटा वडामा रहेका १० वटा माध्यमिक विद्यालयबाट शैक्षिक सत्र २०८१ को एसईई परीक्षा पास गरेका १०९ विद्यार्थी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक समेतलाई सम्मान गरिएको शिक्षा शाखा प्रमुख नारायण तिमिल्सिनाले जानकारी दिनुभयो । परीक्षामा सहभागी १४० विद्यार्थी मध्ये १०९ उत्तीर्ण भएको र ३१ जना ग्रेड वृद्धिमा रहेको तिमिल्सिनाले बताउनुभयो । छात्रतर्फ गाउँपालिकाको वडा नं. ६ स्थित सीता माध्यमिक विद्यालयका भोजराज बस्यालले ३ दशमलव ८३ प्रतिशत सहित गाउँपालिका प्रथम भएको र छात्रातर्फ वडा नं. १ ग्राम्य मा.वि.का प्रेक्षा खनाल ३ दशमलव ७७ प्रतिशत गाउँपालिका प्रथम भएको समेत शिक्षा शाखा प्रमुख तिमिल्सिनाले बताउनुभयो ।
बगनासकाली गाउँपालिकाले समग्रमा ७७ दशमलव ८५ प्रतिशत उत्तीर्ण नतिजा ल्याई जिल्लाका दश वटा स्थानीय तहमध्ये पहिलो स्थान हासिल गरेको छ । सफल विद्यार्थीलाई शुभकामना व्यक्त गर्दै कार्यक्रमका प्रमुख अथिति संघीय सांसद ठाकुर प्रसाद गैरेले उत्साहजनक नतिजाको लागि गाउँपालिका परिवार, विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक र विद्यार्थीलाई धन्यवाद व्यक्त गर्दै आउने दिनमा अझ उन्नत मेहनतका साथ उत्तीर्ण प्रतिशत बढाउन सवै लाग्नुपर्नेमा जोड दिनुभयो । शैक्षिक सुधारको लागि सरकारको तर्फबाट शिक्षा नीति तथा कार्यक्रममा आवश्यक सहयोग रहने सांसद गैरेको भनाई थियो । यसका साथै सांसद गैरेले देश विग्रेको छैन, समाज विग्रेको छैन, यो देशमा राम्रो भविष्य छ भन्ने भावनाका साथ देशप्रति समर्पित रहँदै अगाडि बढ्न विद्यार्थीहरूलाई आग्रह गर्नुभयो ।
शिक्षक, विद्यार्थी, अभिभावक र सरोकारवालाको निरन्तर मेहनत र चासोका कारण गाउँपालिकाको यसपटकको एसईई नतिजा उत्कृष्ट भएको गाउँपालिका अध्यक्ष सरस्वती दर्लामी चिदीले बताउनुभयो । उहाँले गाउँपालिकाले गुणस्तरीय शैक्षिक सुधारको लागि वार्षिक नीति तथा कार्यक्रममा महत्त्वपूर्ण कार्यक्रम र बजेट व्यवस्थापन सहित निरन्तर लागेको जानकारी दिनुभयो । कक्षा ११ र १२ को नतिजामा समेत उत्कृष्ट नतिजा ल्याउने गरी अगाडि बढ्न विद्यार्थीहरूलाई अनुरोध गर्नुभयो । उहाँले शैक्षिक गुणस्तरलाई कायम राख्दै आगामी दिनमा थप उत्कृष्ट नतिजा ल्याउने वातावरण बनाउन सिङ्गो गाउँपालिका परिवार लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
सोही अवसरमा गाउँपालिका उपाध्यक्ष हरिप्रसाद पाठकले सिङ्गो गाउँपालिकाभित्रका सरोकारवाको सहयोगका कारण शैक्षिक सफलता मिलेको भन्दै सफल विद्यार्थी र विद्यालय परिवारलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । शिक्षक, विव्यस, विद्यार्थीको मेहनतका कारण गाउँपालिकाको शैक्षिक गुणस्तरको सम्भावना बढाएको बताउनुभयो ।
कार्यक्रममा प्रवक्ता टिकाबहादुर थापा, जिल्ला समिन्वय समिति पाल्पाका सदस्य विद्यालय व्यवस्थापन समितिका तर्फबाट सिद्धि माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष मोहन बहादुर थापा, सीता माध्यमिक विद्यालयका प्रधानाध्यापक तेजराज पाण्डे, गाउँपालिकाका पूर्व शिक्षा शाखा प्रमुख गुनाराम खनाल लगायतले विद्यार्थीहरूको सफलता गाउँपालिकाको बौद्धिक सम्पत्ती भएकोले आगामी उच्च शिक्षामा समेत निरन्तर लगनशीलताका साथ अगाडि बढ्न अनुरोध गर्नुभयो । सम्मानित विद्यार्थीको तर्फबाट आफ्नो धारणा राख्दै बगनासकाली बालसञ्जालका अध्यक्ष समेत रहेका सचिन वस्यालले गाउँसरकारले आफूहरूलाई सम्मान गरेकोमा विद्यालय शिक्षामा स्थानीय सरकारको लगानीको कदर भएको बताएका थिए । माध्यमिक तहको परीश्रमको फल नै एसईई भएको भन्दी विद्यार्थीले आगामी उच्च शिक्षाको लागि स्थानीय सरकारको सम्मानबाट उर्जा र उत्प्रेरणा मिल्ने बताएका थिए ।
गाउँपालिका अध्यक्ष सरस्वती दर्लामी चिदिको अध्यक्षता, प्रवक्ता टिकाबहादुर थापा र शिक्षा शाखा प्रमुख नारायण तिमिल्सिनाको सञ्चालनमा विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न भएको हो । बगनासकाली गाउँपालिकामा निजी र सामुदायिक गरी ३७ विद्यालय रहेकोमा माध्यमिक तर्फ १० विद्यालय रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय